बलात्कार आरोपमा एक युवालाई ८ वर्ष कैद, क्षतिपूर्ति पनि तिर्नुपर्ने

अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा अदालत सङ्खुवासभाले एक युवकलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

सङ्खुवासभाको जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई  आठ वर्ष कैद सजायको फैसला सुनाएको हो ।


Advertisement

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै भोटेलाई आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसार्इँले जानकारी दिए । अदालतले कैद सजायसँगै रु दुई लाख जरिवाना र रु २५ हजार क्षतिपूर्ति भराउन आदेश र रु एक हजार ३०० पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार प्रसाईँले बताए। पीडित महिलालाई बलात्कार गरेको आरोपमा गत माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्