जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
कागती र सुन्तलामा पाइने एक तत्त्वको सहायताले वैज्ञानिकहरूले पारदर्शी काठ बनाएका छन् ।
यस काठबाट प्रकाश आरपार हुन्छ । यसले तातोलाई पनि रोकेर राख्छ । अनि यो शतप्रतिशत नवीकरणीय छ ।
केटीएच रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीकी वैज्ञानिक सेलीन मोन्टानारी र उनको टोलीले यसलाई बनाएका हुन् ।
यस्तो काठबाट घरै बनाउन सकिने वा घरका फर्निचर बनाउन सकिने मोन्टानारीको भनाइ छ ।
यो काठ बनाउनका लागि लिगनिनको उपयोग गरिएको मोन्टानारीको भनाइ छ । त्यसो त लिगनिन सबै काठमा पाइन्छ र यसले प्रकाशलाई धेरै खिच्छ । तर लिगनिनको बीचमा धेरै र सानासाना प्वाल हुन्छन् । तिनलाई राम्ररी भर्नुपर्ने हुन्छ । त्यसो गर्दा काठ पारदर्शी हुनुका साथै बलियो हुन्छ । फरक फरक मौसममा त्यो बिग्रन पनि भएन ।
मोन्टानारीका अनुसार, कागती, सुन्तला र अन्य अमिला फलहरूमा लाइमिन एक्रीलेट नामक रसायन हुन्छ । त्यसलाई लाइमिनबाट बनाइन्छ । कागती र सुन्तलाको फ्याँकिएको बोक्राबाट लाइमिन निकालिएको हो ।
लाइमिन निकालेपछि त्यसलाई पोलिमरमा परिणत गरिएको थियो । त्यसमा लिगनिनको जस्तो शक्ति हुन्छ र त्युले प्रकाशलाई वारपार जान पनि दिन्छ । पारदर्शी काठ १.२ मिलिमिटर मोटो छ । त्यसबाट ९० प्रतिशत स्पष्ट देख्न सकिन्छ ।
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् । ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...