×

NMB BANK
NIC ASIA

एमालेमा ‘अनौठो घटना’ : ओलीविरुद्ध आज सांसदहरूको सामूहिक राजीनामा आउँदै

बैशाख २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् ।

Muktinath Bank

यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिवार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प नभेटिएको नेता माधवकुमार नेपालले बताए ।


Advertisment
Nabil box
Kumari

नेता नेपालका अनुसार शनिवारको बैठकमा नेताहरूले ओली कुनै पनि हालतमा नसच्चिने र उनको जालोमा पर्न नहुने बताएका थिए र त्यसमा सबै सहमत छन् ।

Vianet communication
Laxmi Bank

‘वार्ता र सहमतिका प्रयास भएका हुन् तर सहमतिका लागि ओलीजी तयार देखिनुभएन,’ नेपालले भने, ‘त्यसैले हामीले राजीनामा गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं, भोलि (आइतवार) एकपटक बैठक बसेर राजीनामा दिन्छौं ।’ नेता नेपालले फागुन २८ गते ओली समूहले एकलौटी रूपमा गरेको निर्णयको खारेजी र २०७५ जेठ २ गतेमै पार्टीलाई फर्काउने आफूहरूको प्रस्तावमा ओली उदासीन भएको बताए । उनले आफूहरूले सांसद पदबाट राजीनामा दिनुलाई एमालेमै अन्तरसंघर्ष गर्ने भनेर बुझ्न आग्रह गरे ।

सांसद विरोध खतिवडाले नेपाल पक्षका सबै सांसदले संविधानको धारा ८९ (क) अनुसार राजीनामा बुझाउने तयारी गरेको बताए । ‘राजनीतिक घटनाक्रम रातभरिमा के होला, कसो होला म जान्दिनँ, अहिलेसम्म छलफलका आधारमा हाम्रो तर्फबाट सम्पूर्ण प्रतिनिधिसभा सदस्यले राजीनामा दिने हो,’ उनले भने, ‘भोलि राजीनामा आउँछ ।’

शनिवार बसेको नेपाल पक्षीय सांसदहरूको बैठकमा ओली समूहसँग अहिलेसम्म भएका वार्ता र त्यसको प्रगतिबारेमा नेताहरूले ब्रिफिङ गरेका थिए ।

त्यसपछि प्रत्यक्ष निर्वाचित २२ सांसदले मात्रै राजीनामा दिने कुरा उठेको थियो । अरूले ओलीविरुद्ध आफूहरू पनि रहेको र आफूहरूले पनि राजीनामा दिने बताएपछि खनाल–नेपाल तर्फका सबै सांसद राजीनामा दिन तयार भएका हुन् ।

एमालेमा दुवै समूहले समानान्तर गतिविधि गर्दा खनाल–नेपाल पक्षमा ३८ जना सांसद थिए । पछि केही सांसद ओली पक्षमा लागे । अहिले खनाल–नेपाल पक्षले आफ्नो समूहमा ३५ सांसद रहेको बताइरहेको छ । ओलीले खनाल–नेपाल पक्षका ३० सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

यसअघि पार्टीलाई एकढिक्का राख्ने उपाय खोज्न राष्ट्रपतिदेखि एमालेका दोस्रो तहका नेतासम्म सक्रिय भएका थिए । बिहीवार मध्यरातिसम्म र शुक्रवार दिनभरि भएको छलफलमा कार्यदल बनाउने र सहमतिको खाका तयार पार्ने विषयमा दोस्रो पुस्ताका नेता सहमत भएका थिए ।

खनाल–नेपाल समूहका एक स्थायी कमिटी सदस्यले बताएअनुसार ओली पक्षले थप संवादका लागि शनिवार खबर गर्ने भनेको थियो । तर बैठक बस्ने खबर दिनभरि नै आएन । त्यसपछि खनाल–नेपाल समूहका सांसदको बैठक बसेको थियो । 

स्रोतका अनुसार आइतवार दिउँसो खनाल–नेपालपक्षीय स्थायी कमिटी बैठक बसेपछि राजीनामाबारे औपचारिक निर्णय हुनेछ । त्यसपछि सांसदले एक्लाएक्लै राजीनामा बुझाउने छन्, सामूहिक रूपमा वक्तव्य निकाल्ने छन् ।

राजीनामा दिने सांसद स्वयं संसद् सचिवालयमा उपस्थित भएर सनाखत गर्नुपर्नेछ । ‘ओलीले प्रतिनिधिसभा चाहेका थिएनन्, उनले विघटन गरेको प्रतिनिधि सभालाई हाम्रो जोडबलमा ब्युँतायौं,’ उपमहासचिव घनश्याम भुसालले भने, ‘अहिले आफैंले ब्युँताएको प्रतिनिधिसभा सदस्यबाट हामीले नै राजीनामा दिनुपर्ने परिस्थिति आइलागेको छ, यो राजनीतिक इतिहासमा अनौठो घटना भएको छ ।’ उनले आफूहरू सांसद सदस्य रहे पनि नरहे पनि एमालेभित्रको संघर्ष कायम राख्ने बताए ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सोमवार विश्वासको मत लिँदैछन् । खनाल–नेपाल पक्षका सांसदको राजीनामापछि जनता समाजवादी पार्टीको सिंगै टीम ओलीतिर लागे पनि विश्वासको मत पुग्ने छैन । त्यसपछि कांग्रेसलाई गठबन्धन सरकार बनाउन थप सहज हुनेछ भने विभाजन उन्मुख रहेको एमाले टुक्रिनका लागि थप अर्काे आधार बन्नेछ । शनिवार नै बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने बताइसकेका छन् ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद्मा करीब दुईतिहाइ बहुमतसहित ठूलो दल भएको नेकपा छिन्नभिन्न भएको थियो । प्रतिनिधिसभा विघटनकै दिनदेखि ओली र दाहाल–नेपाल पक्षको कित्ता छुटिएको थियो । फागुन ११ मा सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएपछि नेकपाको दाहाल–नेपाल समूह उत्साहित भएको थियो । फागुन २३ गते सर्वाेच्चको फैसलाले नेकपालाई एकताअघि पुर्‍याएर एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेको खनाल–नेपाल समूहले पार्टीमा आन्तरिक संघर्ष गर्ने निर्णय गरेको थियो ।

तर फागुन २८ मा ओली पक्षले एकलौटी बैठक बसेर गरेका निर्णय एमाले फुटको आधार बन्यो । त्यसपछि ओली र खनाल–नेपाल पक्षका नेताहरू आआफ्नो गतिविधिमा लागेका थिए । पछिल्लो समय पार्टी एक गर्नुपर्छ भनेर प्रयास गरिए पनि असफल भएपछि नेपाल पक्षका नेताहरू सामूहिक राजीनामाको निष्कर्षमा पुगेका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x