०८ साउन २०८३, शुक्रबार
दोहोरिए मुख्यमन्त्री

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

बैशाख २९, २०७८
गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । 

प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुरुप संसदमा ठूलो दलको हैसियतले नेकपा (एमाले) संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

उनलाई आजै शपथ खुवाउने तयारी भएको छ । 

यसअघि, काँग्रेस सहित ४ दलको गठबन्धनले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरिनुपर्ने दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका थिए ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले हस्ताक्षर नगरेका कारण उनको पक्षमा बहुमत पुगेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्