भेन्टिलेटर सहितका स्वाथ्य सामग्री हस्तान्तरण

प्रतिकात्मक तस्वीर

आनी छोइङ डोल्मा फाउन्डेसन र प्रारम्भ सामाजिक संस्था ललितपुरले बिहीवार झापाका २ पालिकालाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

बिर्तामोड र अर्जुनधारा नगरपालिकालाई दुवै संस्थाले संयुक्तरूपमा १/१ थान भेन्टिलेटर, २/२ थान अक्सिजन कन्सन्ट्रेटर मशिन र १५ थानका दरले पीपीई सेट वितरण गरेका हुन् ।


Advertisement

स्वास्थ्य सामग्री दुवै नगरपालिकामै पुगेर बिर्तामोडका नगर प्रमुख धुव्र शिवाकोटी र अर्जुनधाराका नगर प्रमुख हरि रानालाई फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्मा र प्रारम्भ सामाजिक संस्थाकी अध्यक्ष कल्पना क्षेत्रीले हस्तान्तरण गरेकी छन् ।

आनी छोइङ डोल्मा नेपाली सांगीतिक जगतकी एक प्रसिद्ध गायिका हुन् ।

हस्तान्तरण कार्यक्रममा बिर्तामोडका नगर प्रमुुख शिवाकोटीले कोरोनाकालमा अक्सिजन र भेन्टिलेटर अभाव भइरहेको अवस्थामा महत्त्वपूर्ण स्वास्थ्य सामग्री सहयोग गरेकामा सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले सो स्वास्थ्य सामग्री पूर्व महान्यायधिवक्ता अग्नि खरेलको पहलमा आएको जानकारी दिए ।

उनले २८ करोड रुपैयाँको लागतमा बन्दै गरेको बिर्तामोड नगर अस्पतालमा सो भन्टिलेटर मशिन जडान गरिने बताए । उनका अनुसार नगरपालिकाले अस्पतालमा ६ वटा डायलिसिस मशिन र थप २ भेन्टिलेटर जडान गर्ने लक्ष्य राखेको छ ।

कमेन्ट गर्नुहोस्