×

NMB BANK
NIC ASIA

विपद्को चपेटामा हाइड्रो

जलविद्युत् आयोजनामा बाढीपहिरोको धक्का : निजी क्षेत्रको मात्र १० अर्बभन्दा बढी नोक्सान !

असार ७, २०७८

NTC
Premier Steels

‘हेड बक्समा राखेका निर्माण सामग्रीहरू सबै बगाएको छ । केही पनि छैन त्यहाँ । निर्माण उपकरण तथा स्टोर गरी राखिएका सामग्रीहरू पनि बगायो ।

Muktinath Bank

हामी अहिलेसम्म पुग्न सकेका छैनौं,’ यो भनाइ सुपर दोर्दी जलविद्युत् आयोजनाका प्रोजेक्ट म्यानेजर अर्जुनप्रसाद गौतमको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत असार १ गतेदेखि निरन्तर परेको वर्षाका कारण मुलुकका अधिकांश जलविद्युत् आयोजनामा क्षति पुगेको छ । 


Advertisment
Nabil box
Kumari

यसमध्ये ५४ मेगावाटको सुपर दोर्दीमा भएको क्षतिबारे लोकान्तरलाई जानकारी दिँदै उनले भने, ‘५/७ महिनामा सञ्चालनमा ल्याउने तयारी थियो । अब कहिले सञ्चालनमा आउँछ, भन्न सकिने अवस्था छैन ।’

Vianet communication

आयोजना प्रमुख गौतमले प्रारम्भिक रूपमा आयोजनामा ठूलै क्षति गरेको अनुमान गरिएको जनाए । तर पूरै हेरिसकेपछि मात्रै पूर्ण क्षतिको विवरण आउने उनको भनाइ छ ।

उनका अनुसार आयोजनाको सब ट्रान्समिसन लाइन पनि बगाएको छ भने अन्य उपकरणहरूको अवस्था पनि क्षतविक्षत् छ ।  

उनले भने, ‘बाढीका कारण आयोजनामा जाने बाटो समेत पूरै कोल्याप्स भएको छ ।’

क्षतविक्षत् आयोजनालाई पहिलेको अवस्थामा फर्काउन निकै खर्च लाग्ने आयोजना प्रमुख गौतम बताउँछन् । 

उनका अनुसार क्षतिको अवस्था हेरी खर्चको आकार बढ्ने देखिन्छ । 

‘हेडबक्स नै पूरै बनाउनुपर्ने अवस्था रहेछ भने अर्बभन्दा बढी खर्च लाग्छ । मर्मत मात्रै गरे हुने रहेछ भने कम लाग्छ ।’

सुपर दोर्दी ५४ मेगावाट सहित लमजुङमा विभिन्न ५ जलविद्युत् आयोजना निर्माणाधीन छन्, जसमध्ये अधिकांशको निर्माण कार्य करीब अन्तिम चरणमा पुगेको छ ।

करीब एक वर्षभित्रमा सञ्चालनमा आउने तयारीमा रहेका यी आयोजनाहरूको निर्माण कार्य अहिलेको बाढीका कारण केही समय लम्बिएको छ । यो कति समय लम्बिने हो निश्चित छैन ।

त्यहाँ रहेका आयोजनामध्ये एक २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा  पनि क्षतिको अवस्था उस्तै छ । लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरहेको यस आयोजनाको बाँध पनि बाढी तथा पहिरोले पुरेको छ ।

यस्तै पावर हाउस तथा इन्टेक पनि पुरिएको आयोजनाका एक कर्मचारीले लोकान्तरलाई जानकारी दिए । 

निर्माणाधीन ५ वटै आयोजनाहरू ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२.१ मेगावाटको दोर्दी–१ र छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत आयोजना छन् । यी सबै आयोजनामा बाढीको क्षति रहेको बताइएको छ । 

यस्तै कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन २४ मेगावाटको मादमे खोला जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको छ । 

जेठ ३०, ३१ र असार १ गते आएको भीषण वर्षा र पहिरोले निर्माणाधीन करीब ७ किलोमिटरको पहुँच मार्गको ७५ प्रतिशत भाग पहिरोले पुरेको र नदीले कटान गरेको आयोजनाकी कार्यकारी अध्यक्ष सुशन कर्माचार्यले लोकान्तरलाई जानकारी दिइन्  । 

उनका अनुसार आयोजनाको विद्युत् केबल, ४८ हजार ५ सय लिटर डिजेल, १ ड्रम ग्रिज तेल, २ ड्रम हाइड्रोलिक  तेल समेत बाढीले बगाएको छ । 

उनले भनिन्, ‘साइट क्याम्पको ४ वटा कोठा पहिरोले पुरिएको छ ।’ 

क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको भएपनि करीब १० करोड बराबरको क्षतिको अनुमान गरिएको उनले बताइन् । 

यस्तै सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा निर्माणाधीन ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत् आयोजनामा पनि वर्षा  र बाढी पहिरोले क्षति पुर्‍याएको छ । 

आयोजनाको साइट क्याम्पमा निर्माण गरिएको शौचालय, साइट अफिस भवन, स्टाफ क्वार्टर, भान्सा घरलगायत नदीले कटान गरेको कार्यकारी अध्यक्ष कर्माचार्यले जानकारी दिइन् । 

यस्तै बाढीले पावर हाउस र साइट क्याम्पको सुरक्षाका लागि बनाइएको ‘प्रोटेक्सन वाल’ मा पनि कटान गरेको छ । 

यस आयोजनामा बाढीले केकति नोक्सान गर्‍यो भन्ने बारे पूर्ण जानकारी नआइसकेको उनले बताइन् । ​

इपान भन्छ- १० अर्बको नोक्सानी भयो 

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)का अध्यक्ष कृष्ण आचार्यले बाढी पहिरोका कारण निजी स्तरमा निर्माण भएका र निर्माणाधीन आयोजनाहरूमा करीब १० अर्ब बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । 

कतिपय आयोजनाहरूमा पहुँच मार्ग नै बिग्रिएकाले प्राविधिकसहितको टिम गएर अध्ययन गर्न नसकेको भन्दै उनले यो नोक्सानी अझै बढ्ने सम्भावना औंल्याए । 

लोकान्तरसँग उनले भने, ‘कतिपय आयोजनामा प्राविधिक टीमसहित गएर अध्ययन गर्न सकिएको छैन । करीब १० अर्ब जति नोक्सानी भयो भन्ने प्रारम्भिक अनुमान छ ।’

उनले निर्माणको अन्तिम चरणमा पुगेको सुपर मादी जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको सुनाए । 

उनले भने, ‘मादीको ३/४ वटा प्रोजेक्टहरूमा ठूलो असर पुगेको छ भने कम्प्लिट भइसकेको अपर मादीमा पनि असर पुगेको छ ।’

सञ्चालनमा आइसकेको माथिल्लो मर्स्याङ्दीमा पनि ठूलो असर परेको उनको भनाइ छ । 

अध्यक्ष आचार्यले बाढी पहिरोले असर पुर्‍याएसँगै निर्माणाधीन आयोजनाहरू सञ्चालनमा आउने समय लम्बिने भएको छ । 

‘कतिपय आयोजनाहरू केही महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी थियो, अब यसको निर्माणको काम पछि धकेलिन्छ,’ उनले भने । 

अध्यक्ष आचार्यका अनुसार निजी क्षेत्रबाट निर्माण भइरहेका करीब डेढ दर्जन आयोजनाहरू प्रभावित भएका छन् । 

मनसुनको शुरूआतमै आयोजनाहरूमा ठूलो क्षति भएको भन्दै उनले अझै क्षति बढ्न सक्ने औंल्याए । 

उनले भने, ‘मनसुनको पहिलो स्टेजमै यति ठूलो क्षति भयो, अझै कति क्षति हुने हो भन्न सकिने अवस्था छैन ।’

बाढीले क्षति पुर्‍याएको सुपर मादी आयोजना

प्राधिकरण भन्छ : पूर्ण विवरण आएको छैन, ठूला आयोजना प्रभावित भए 

१ गतेको साँझपखदेखि प्राधिकरणका करीब ४ सय मेगावाट जतिका विद्युत् आयोजना प्रभावित भएका छन् ।

कुलेखानी बाहेक अधिकांश जलविद्युत आयोजनाहरू प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार कालिगण्डकी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, माथिल्लो त्रिशुली थ्री ए, चमेलिया लगायत प्रभावित भए । 

पछि २ गते साँझबाट कालिगण्डकी चलेको र अहिले क्रमशः चल्न थालेको उनले बताए । 

‘१ गते र त्यसपछि आएका बाढी तथा पहिरोले आयोजना आसपासमा बालुवा थुपारेको छ कतिपय क्षति पुर्‍याएका कारण केही समय बन्द नै गर्नुपरेको थियो, अहिले क्रमश पुनः सञ्चालनमा आउँदैछन्,’ लोकान्तरसँग प्रवक्ता तिम्सिनाले भने । 

उनका अनुसार बाढी तथा पहिरोले लमजुङको १ सय ३२ केभी प्रसारण लाइनको ४ वटा टावर बगाएको छ । 

यस्तै कालिगण्डकी, मर्स्याङ्दी, तल्लो मर्स्याङ्दीको ड्याम साइडमा धेरै नै क्षति भएको उनले बताए । उनका अनुसार क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x