युवा संघले मनाङका बाढी प्रभावितलाई १५ लाखभन्दा बढीको राहत वितरण गर्ने

राष्ट्रिय युवा संघ नेपालले मनाङका बाढी तथा पहिरोबाट प्रभावित समुदायलाई १५ लाख रुपैयाँभन्दा बढिको नगद तथा जिन्सी राहत वितरण गर्ने भएको छ ।

राहत सामग्रीहरुमा चामल, तेल, दाल, नुन, लत्ता कपडा, चाउचाउ, बिस्कुट, त्रिपाल, ब्याङ्केट लगायत रहेका छन्।


Advertisement

हत वितरणको लागि  संघका केन्द्रीय अध्यक्ष किरण पौडेल सहितको केन्द्रीय टोली मनाङ तर्फ लागिसकेको  युवा संघले जनाएको छ ।

टोलीमा  उपाध्यक्षहरू अमित लामा, क्षितिज थेवे महासचिव रमेश आचार्य  उपमहासचिव रामजी सापकोटा लगायत केन्द्रीय सचिव, स्थायी कमिटी सदस्य लगायत छन्।

टोलीलाई  नेकपा एमालेका केन्द्रीय सदस्य एवम् संघका इन्चार्ज महेश बस्नेतले केन्द्रीय कार्यालय नयाँ बानेश्वरबाट बिदाई गरेका थिए।

बिदाइको क्रममा युवा नेता बस्नेतले राहतको नाममा रकम उठाउँदै आफ्नो व्यक्तिगत व्यवस्थापन गर्ने जस्ता अनियमितता मौलाएको टिप्पणी गरेका थिए ।

युवा संघले संघ भित्रका स्व इच्छाले सहयोग गर्न चाहने व्यवसायीक व्यक्तिबाट मात्र सहयोग संकलन गरि पारदर्शी वितरण गर्नुपर्नेमा नेता बस्नेतको जोड थियो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्