×

NMB BANK
NIC ASIA

प्रचण्डको टिप्पणी : केपी ओलीभन्दा कांग्रेस सयौं गुणा वामपन्थी !

असार १०, २०७८

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको नेतृत्वमा रहेको अहिलेको विपक्षी गठबन्धन सिद्धान्तहीन नभएको दाबी गरेका छन् ।

Muktinath Bank

प्रचण्डले लोकतन्त्र र संविधान बचाउनको लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनाइएको दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको कुराकानीका क्रममा प्रचण्डले प्रधानमन्त्री केपी शर्माभन्दा कांग्रेस सयौं गुणा वामपन्थी रहेको दाबी गरे । 


Advertisment
Nabil box
Kumari

‘केपी ओलीले फोन गरेर वामपन्थी सरकार ढालेर कांग्रेसको सरकार बनाउन लाग्नुभयो भन्नुभयो,’ ओलीलाई दिएको जवाफबारे प्रचण्डले भने, ‘कांग्रेस त तपाईंभन्दा सयौं गुणा लोकतान्त्रिक, गणतन्त्रवादी र वामपन्थी हो ।’

Vianet communication

ओलीलाई दिएको जवाफबारे प्रचण्डले अगाडि भने, ‘कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने भनेको छ, तपाईं सिध्याउन लाग्नुभएको छ । लोकतन्त्र बचाऊ भन्ने कांग्रेस दक्षिणपन्थी र संविधान मास्ने तपाईं वामपन्थी कहाँ हुनुभयो ?’ 

प्रचण्डले पूर्व प्रधानमन्त्रीको वक्तव्य कुनै देशको विरोधमा नभएको बताए । ‘नेपालको बारेमा निर्णय नेपालीले नै गर्ने हो, प्रत्यक्ष र परोक्ष रूपमा विदेशी चलखेल नहोस् भनेर विज्ञप्ति जारी गरिएको हो परिस्थिति गम्भीर नभई गरिएको होइन । यो स्थितिबारे जनतालाई जानकारी नगरे कसले गर्छ ?’ प्रचण्डले भने, ‘पाँच जना पूर्व प्रधानमन्त्रीले गर्दा त्यो अपील ठूलो हुन्छ भन्ने लाग्यो र गर्‍यौं, हाम्रो जिम्मेवारी पनि हुन्थ्यो । हामी उस्तै भए त विदेशीको आशीर्वाद गर्न प्रतिस्पर्धा गर्ने थियौं ।’

प्रचण्डले सबै नेता उस्तै हुन् भनेर मूल्यांकन गर्दा आफूहरूलाई अन्याय हुने बताए । ‘लोकतन्त्रका लागि आन्दोलन गर्ने र आन्दोलनको विरोध गर्ने उस्तै हुन् त ? नैतिकताको प्रश्न उठेपछि राजीनामा गर्ने र सत्ताका लागि जे पनि गर्न उद्यत हुने उस्तै हुन् त ?’ प्रचण्डले प्रश्न गरे ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x