×

NIC ASIA

क्यासेट घन्काएर चुनावी प्रचारमा एक कवि

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
Marvel
इटहरी, २७ जेठ – उमेरका हिसाबले जिन्दगी ‘डुब्ने बेलाको घाम’ भइसकेको छ । सत्तरी वर्षीय उनको उमेरका धेरैजना ‘धर्म कमाउन’ तीर्थ धाइरहेका छन् । तर वाग्मती गाउँपालिका ८, मकवानपुरका भीमप्रसाद दुलाललाई भने देश र भावी सन्ततिको चिन्ता छ । त्यसैले त उनी कवितामार्फत युवा जगाउन देश दौडाहामा छन् ।

बीस वर्षपछि हुन लागेको स्थानीय चुनावले स्थानीय मतदातामा जस्तै कवि दुलालमा पनि उत्साह भरिएको छ । पहिलो चरणको निर्वाचनमा मतदान गरिसकेका दुलाल दोस्रो चरणको निर्वाचनमा ‘दल हैन, व्यक्ति छान्न’ भन्दै मतदातालाई सचेत गराउन पूर्वी नेपालका गाउँ डुल्दैछन् ।Birat1


दोस्रो चरणको स्थानीय चुनावको मिति नजिकिँदै जाँदा विभिन्न चोक र चियापसलमा दलीय एजेन्डा र उम्मेदवारबारे हुने बहसका अलावा १ नम्बर प्रदेशको सम्भावित राजधानी इटहरीमा दुलालका कविता पनि बज्न थालेका छन् ।


सैंतीस वर्षदेखि समाज जागरणका लागि कविता लेखनीमा सक्रिय दुलालले चुनावकै लागि भनेर ‘पञ्चवर्षीय भाग्यचित्र’ शीर्षकमा संग्रह नै प्रकाशन गरेका छन् । एक घण्टा लामो वाचन रेकर्ड गरेर उनका कविता क्यासेटमार्फत वस्तीहरूमा गुन्जिन थालेका छन् ।

कस्ले जित्ला भन्ने हैन, कस्लाई जिताऔं भनौं
हाम्रो हातमा अधिकार आयो, असल व्यक्ति छानौं ।

उनका कविता सन्देशमूलक मात्र हैन, मन छुने खालका पनि छन् । आफ्नो गाउँभन्दा धेरै टाढाको शहरमा चुनावी माहौल तताउन सक्रिय दुलालले खर्चको जोहो पनि आफैंले गरेका छन् ।

कविता सुनाएबापत मनकारीले दिने पैसाबाट कविता छपाउँछन् र बचेको पैसाले दैनिकी चलाउँछन् । कविता सुनेर चासो देखाउने मान्छेलाई उनी २० रुपैयाँ पर्ने कविताको पुस्तक पनि देखाउँछन् । कसैले किन्छन्, कसैले त्यत्तिकै हेरेर जान्छन् ।Birat2

पहिलो चरणको चुनावका लागि वैशाख १५ गतेदेखि नै चुनावी सचेतनाको कविता रेकर्ड गराएर सुनाउँदै हिँडेको दुलालले सुनाए । हालसम्म राजधानी र आसपासका नौ जिल्लामा चुनावी कविता सुनाइसकेको उनले बताए । अब दोस्रो चरणको चुनावसम्म पूर्वका जिल्लामा सक्रिय रहने दुलालको योजना छ ।

गाउँमा प्रतिनिधिविहीन १९ वर्ष भयो
जनयुद्ध शुरुदेखि यो देश घुमिरह्यो ।।

विगतबाट पाठ सिक्दै भविष्यका योजना बनाउनुपर्ने सन्देश उनको कवितामा छ । नयाँ संविधान जारी भएपछि असन्तुष्ट रहेको मधेश र मधेशीले पनि चुुनावमा साथ दिने उनको बुझाइ छ ।

मधेसी नेताहरूले चुनाव टार्न खोजेपनि मधेसका जनताले चुनाव चाहेको उनले सुनाए । चुनाव घोषणापछि तराई–मधेसका जिल्ला डुलेर उनले लेखेको कविता यस्तो छ : 

तराईवासी जनता छन् भोट दिनलाई तयार
बखेडा झिकी दलाली नेता बनेका छन् कायर ।।

पञ्चायती व्यवस्थाविरुद्ध २०३८ सालमै कविता लेख्न शुरु गरेका दुलाल १२ पटक जेल समेत परिसकेका छन् । ‘म शोषक र सामन्तको विरोधमा कविता लेख्छु । त्यसैले पञ्चायतकालमा थुप्रैपटक जेल बस्नुप–यो,’ दुलालले सुनाए ।

लोकतन्त्र प्राप्तिका लागि भएको दोस्रो जनआन्दोलनअघि पनि उनी तीन वर्ष जेल परे, माओवादी भएको आरोपमा । तर उनी माओवादीसँग आफ्नो कुनै लेनादेना नभएको बताउँछन् ।

मकवानपुर बसाइँ सर्नुअघि उनी ललितपुरको ठूलोदर्लिङ गाविसका बासिन्दा थिए । त्यहाँ उनी पञ्चायतकालको अन्तिम स्थानीय निर्वाचनबाट ‘जनपक्षीय’ वडाध्यक्ष समेत चुनिएका थिए । ठूलोदर्लिङको वडा नम्बर तीनमा दुईतिहाइ मत पाएर वडाध्यक्ष जिते पनि पञ्चायतका समर्थकले उनलाई गरिखान दिएनन् ।

सानैदेखि कम्युनिस्ट राजनीतिप्रति भुकाव राख्ने उनी अहिलेसम्म कुनै पार्टीको पनि सदस्य नभएको बताउँछन् । उनी आफूलाई ‘स्वतन्त्र वामपन्थी’को रूपमा चिनाउन चाहन्छन् । देशमा कम्युनिस्ट पार्टी धेरै भएपनि सच्चा कम्युनिस्ट नेता नभएको उनले सुनाए ।Birat3

कम्युनिस्ट पार्टी नै एकअर्काको विरुद्ध लागेको देखेर दुलालको मन दुख्दोरहेछ । त्यसैले त उनले कविता लेखेरै खिन्नता प्रकट गरेका छन् : 

कम्युनिस्टकै खुट्टा तान्छन् कम्युनिस्टहरू
आफ्नै आफ्नै झगडा गर्छन् चाहिँदैन अरू ।।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको समाजवादलाई आफ्नो आदर्श मान्ने उनी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा भने खुशी छैनन् ।

शेरबहादुरलाई भन्छु म त पाखण्डी नेता
ज्ञानेन्द्रलाई निम्ता गर्न जाने हुन् कि के था ।।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Rupse Holidays
Nabil box
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x