कात्तिक २८, २०८०
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित एसयूभी स्कोडा कुशक नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले ५ भेरिएन्टमा युरोपियन एसयुभी स्कोडा कुशक नेपाली बजारमा ल्याएको हो ।
एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ।
यसअनुसार कुशक एक्टिभ एमटी ४९ लाख ९० हजार, एम्बिसन एमटी ५३ लाख ९० हजार, एम्बिसन एटीको ५८ लाख ९० हजार, स्टाइल एमटीको ६० लाख ९० हजार र स्टाइल एटीको ६५ लाख ९० हजार मूल्य रहेको छ।
पाली बजारमा आइतवारदेखि यसको सिंक रिभ्यु गरिएको छ ।
औपचारिक रूपमा सार्वजनिक भने बिहीवार गर्ने एमएडब्लुले जनाएको छ ।
कम्पनीले ग्राहकलाई कुशकको टेस्ट ड्राइभ गर्न समेत दिएको छ। रोबस्ट र मस्कुलर लुक रहने कुशकले नेपाली गाडीप्रेमीको मन जित्ने कम्पनीले विश्वास गरेको छ।
कुशकको अगाडिको भागमा चौडा र स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फग ल्याम्प हुनेछ। साथै रुफ रेल र १७ इन्चको डाइमन्ड कट एलोइ ह्विल हुनेछ।
पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्याप–अराउन्ड एलडी टेललाइट रहने कम्पनीले जनाएको छ ।
यसमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि रहनेछ।
साथै, सुरक्षाका लागि गाडीमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम रहेको छ।
ईएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो। यसले स्पिडमा आएको गाडी चिप्लने, पल्टने समस्या हुँदैन। गाडीको टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ।
स्कोडा कुशकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन हुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो।
टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ।
भिडियो
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...