नेप्सेमा दोहोरो अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले घटेको छ ।


Advertisement

लगातार नयाँ–नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो । 


Advertisement

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने हप्ताको अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर ३ हजार ७९.८३ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले घटेर ५७०.८५ मा ओर्लेको छ । 


Advertisement

कूल २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँमा कारोबार भयो ।

बिहीवारको कारोबारपछि बजार पूँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख ९० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन ४५.४१ र विकास बैंक ५३.४ बिन्दुले बढेको छ ।

बैंकिङ १०.४४, व्यापार ४.४२, जलविद्युत् २८.४३, वित्त ५३.८२, निर्जीवन बीमा ६९.५७, उत्पादन ५३.३, अन्य १२.८२, लघुवित्त ४.९७, जीवन बीमा ८६.५५, सामूहिक लगानी कोष ०.०३ र लगानी १.३७ बिन्दुले ओरालो लागेको छ । 

कारोबारका आधारमा गूडविल फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ३३ करोड ९२ लाख ५६ हजार ५६ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी २९ करोड ४४ लाख ३७ हजार २३०, युनाइटेड मोदी २५ करोड ४३ लाख १५ हजार ४७३, हिमालयन जनरल इन्स्योरेन्स २४ करोड ७५ लाख ८ हजार ४९ र रिडी हाइड्रो पावरको २२ करोड ४२ लाख ६४ हजार ९४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

रिडी हाइड्रोपावर ९.९५, जीवन विकास लघुवित्त ८.२२, सप्तकोशी डेभलपमेन्ट बैंक ७.६५, युनाइटेड इदी मदी हाइड्रोपावर ७.५५ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.०५ प्रतिशतले कमाएका छन् ।

गूडविल फाइनान्स ७.३३, माउन्टेन हाइड्रो नेपाल ६.१७, जानकी फाइनान्स ५.५०, जोशी हाइड्रो पावर ३.७३ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.६६ प्रतिशतले गुमाए ।

कमेन्ट गर्नुहोस्