×

NMB BANK
NIC ASIA

कोरोनाको कहरबीच ठमेलमा चारतारे होटल सञ्चालन

साउन ३०, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरबीच २ अर्ब ५० करोड लगानीमा चारतारे होटल सञ्चालनमा आएको छ । 

Muktinath Bank

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना संक्रमण बढिरहेको बेलामा डालिया इभेस्टमेन्ट कम्पनी र गैरआवासीय नेपाली संघ (एनआरएनए) को लगानीमा ‘रमदा इन्कोर बाई वाईनहेम काठमाडौं’ सञ्चालनमा आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

होटल अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो । चारतारे होटल नेपाल भ्रमण वर्ष २०२० को शुरूआतमा सञ्चालनमा ल्याउने गरी तयारी थालिए पनि कोरोनाका कारण १ वर्ष ढिला गरी सञ्चालनमा आएको हो । 


Advertisment
Nabil box
Kumari

मध्यम वर्गदेखि उच्च घरानिया वर्गलाई लक्षित गरी सञ्चालनमा आएको होटल विश्वमा ९ हजार २०० भन्दा बढी रहेका छन् । रमदा इन्कोरको भारतमा ५२ र चीनमा १ हजार ४०० भन्दा बढी चेन होटल छन् ।

Vianet communication

विश्वका ८० देशमा रमदा इन्कोर बाई वाईनहेमका तीनतारेदेखि पाँचतारे होटल सञ्चालनमा रहेका छन् । नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न जाने गरेका छन् । 

होटलका सञ्चालक एवं डालिया इभेस्टमेन्ट कम्पनीका अध्यक्ष गोपाल पङ्गेनी भर्खरै सञ्चालनमा आएको रमदा होटल ठमेलमा अन्तर्राष्ट्रिय ब्राण्डको चेन होटल भएको बताउँछन् । ‘अहिले ठमेलमा सञ्चालनमा आएको रमदा होटल चाँडै नै चितवनको सौराहामा सञ्चालन गर्दैछौं,’ पङ्गेनी भन्छन् ।

काठमाडौं महानगरपालिका–१६ ठमेलमा ९० कोठा रहेको ९ तले होटलभित्र २ वटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र २ वटा कन्फरेन्स हल रहेका छन् । होटलको छतबाट काठमाडौं उपत्यकाको रमणीय वातावरण देख्न सकिन्छ । 

होटलका महाप्रबन्धक महेश फुयाँल रमदा होटलले २ वटा रेस्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचि अनुसारको खानेकुरा प्रदान गर्दै आएको बताउँछन् ।

‘एउटा रेस्टुराँमार्फत स्पेनिस, अरविक, टर्किस, मोरक्कन र अर्को रेस्टुराँमार्फत पानेसियन र इण्डियन लगायतका खाना प्रदान गरेका छौं,’ उनी भन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x