×

NMB BANK
NIC ASIA

चीनले बालबालिकालाई हप्ताको तीन घन्टाभन्दा बढी समय भिडियो गेम खेल्नबाट प्रतिबन्ध लगाउने निर्णय लिएको छ । 

Muktinath Bank

विगत केही समयदेखि प्रविधि क्षेत्रमा लगाम कसिरहेको चीनको यो पछिल्लो कदम हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो पनि पढ्नुहोस् : 


Advertisment
Nabil box
Kumari

अलीबाबापछि अरू ठूल्ठूला कम्पनीमाथि पनि चीनको 'वज्र', किन लगाम कस्दैछन् सी ?

Vianet communication
Laxmi Bank

अबउप्रान्त चिनियाँ बालबालिकाले शुक्रवार बेलुका ८ देखि ९ बजेसम्म, सप्ताहान्तमा र सार्वजनिक बिदाका बेलामा मात्र भिडियो गेम खेल्न पाउने सूचना राष्ट्रिय प्रेस तथा प्रकाशन प्रशासनले जारी गरेको छ ।

यसअघि दिनको डेढ घन्टा अनि सार्वजनिक बिदाको दिन तीन घन्टा भिडियो गेम खेल्ने अनुमति बालबालिकालाई दिइएको थियो । 

नयाँ नियम लागू गरिएपछि चीनका ठूला प्रविधि कम्पनीहरूलाई असर पर्ने भएको छ । चीनको टेनसेन्ट कम्पनीले बनाएको अनर अफ किंग्स नामक भिडियो गेम संसारभरि लोकप्रिय छ । त्यसलाई यस निर्णयले व्यापक असर पारेको छ । 

भिडियो गेम खेल्ने समय घटाउने निर्णय सार्वजनिक गरिएपछि टेनसेन्टको बजार पूँजीमा ३०० अर्ब डलरको कमी आएको छ । 

चीनको सरकारी पत्रिका इकोनोमिक इन्फर्मेसन डेलीले भिडियो गेम उद्योगको आलोचना गर्दै यी गेमहरूलाई आध्यात्मिक अफिम संज्ञा दिएको थियो । लगत्तै टेनसेन्टको स्टक मूल्य ११ प्रतिशतले घटेको थियो । 

चिनियाँ पत्रिकाले भिडियो गेमका लागि अफिमको संज्ञा दिएर चीनको इतिहासको कालो क्षणलाई स्मरण गराएको देखिन्छ । पश्चिमी मुलुकहरूले १९औं शताब्दीमा चीनविरुद्ध चलाएको अफिम युद्धले गर्दा चीनले आफ्नो सार्वभौमसत्तामा प्रहार सहनुपरेको थियो । चिनियाँहरू त्यसबेलादेखि जनगणतन्त्र चीनको स्थापना नहुन्जेलको समयलाई लज्जाको शताब्दीका रूपमा परिभाषित गर्ने गर्छन् । 

भिडियो गेम खेल्ने अवधिको पालनमा आमाबुवाको भूमिका महत्त्वपूर्ण हुन्छ । छोराछोरी भिडियो गेमका लती बनेर पढाइ बिगारिरहेकोमा कुन आमाबुवाले चित्त बुझाउँछन् होला र ? त्यसैले आमाबुवा आफैंले छोराछोरीलाई अनुशासनमा राख्नका लागि प्रयास गर्न सक्छन् । 

विश्लेषक टम फाउडीका अनुसार, पश्चिमका उपनिवेशी शक्तिहरूले आफ्नो विचारधारात्मक, आर्थिक तथा रणनीतिक प्रभुत्व चीनमाथि कायम गरी चीनलाई घेराबन्दी गर्न खोजिरहेको वर्तमान स्थितिलाई त्यही अफिम युद्धसँग तुलना गर्न मिल्छ । त्यतिखेर पतनको स्थितिमा पुगेको छिङ राजवंशले पश्चिमीहरूको आक्रमणको प्रतिकार गर्न सकेको थिएन । तर, अहिले शक्तिशाली राष्ट्रपति सी चिनपिङको नेतृत्वमा राष्ट्रिय पुनरुत्थान गरिरहेको चीन पश्चिमीहरूको हैकमलाई परास्त गर्न सक्षम बनिसकेको छ । 

अनि भिडियो गेमको लत अफिमको लत जस्तै हानिकारक हुन्छ । जसरी अफिमको लत लागेको व्यक्तिको शरीर र मस्तिष्क दुवै खिइँदै गएर बेकामे हुन्छ, त्यसैगरी भिडियो गेमको लती हुने बालबालिकाले समाजका लागि गतिलो योगदान गर्न नसक्ने र भार बन्ने काम मात्र गर्छन् ।

संसारभरिका आमाबुवा हिजोआज छोराछोरीहरू भिडियो गेम र स्मार्टफोनको लती बनेकोमा चिन्ता व्यक्त गरिरहेका छन् । यस घातक लतलाई रोक्ने जिम्मेवारी राज्यको हो । जनताको अभिभावकीय दायित्व निर्वाह गर्ने चिनियाँ राज्य यसमा सचेत छ ।

अब यहाँ एउटा प्रश्न उठ्छ । बालबालिकाले भिडियो गेम निर्धारित समयभन्दा बढी खेले नखेलेको कसरी निगरानी गर्ने त ? यसका लागि चीनका नियामक संस्थाहरूले सुपरीवेक्षण संयन्त्रलाई बलियो बनाउने तथा अनलाइन गेम कम्पनीहरूले नियम पालना गरिरहेका छन् कि छैनन् भनी छड्के निगरानी गरिरहने बताएका छन् । 

नियम पालन नगर्ने कम्पनीहरूलाई कठोर सजायको व्यवस्था गरिनेछ । चीनमा नागरिकमाथिको निगरानी संयन्त्र अत्यन्तै मजबूत छ । प्रयोगकर्ताका डेटा पनि देशकै सर्भरमा राख्नुपर्ने व्यवस्था गरिएकाले ती डेटामा राज्यको पहुँच दह्रो छ । 

प्रयोगकर्ताले गेम खेल्ने प्ल्याटफर्ममा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने र दर्ता हुनका लागि पहिचानपत्र बुझाउनैपर्ने बाध्यता लगाइने सम्भावना छ । उमेर खुलाउने सक्कली पहिचानपत्र अप्लोड नगरी गेम नै नखुल्ने व्यवस्था मिलाइन सक्छ । अनि त्यसै आधारमा एक घन्टा बितेपछि गेम आफैं बन्द गरिन सक्छ । 

तर, यसमा एउटा चुनौती चाहिँ छ । यी बन्देजहरूलाई छल्नका लागि भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएनको उपयोग गरिन सक्छ । अहिले पनि चीनको कथित ग्रेट फायरवालले विभिन्न साइटमा पहुँचलाई रोकेको भए पनि लाखौं चिनियाँहरू भीपीएन प्रयोग गरेर बर्जित वेबसाइट पनि हेरिरहेका हुन्छन् । 

भिडियो गेम खेल्ने अवधिको पालनमा आमाबुवाको भूमिका महत्त्वपूर्ण हुन्छ । छोराछोरी भिडियो गेमका लती बनेर पढाइ बिगारिरहेकोमा कुन आमाबुवाले चित्त बुझाउँछन् होला र ? त्यसैले आमाबुवा आफैंले छोराछोरीलाई अनुशासनमा राख्नका लागि प्रयास गर्न सक्छन् । 

उच्च प्रविधि उत्पादन भएसँगै त्यसको परिचालनका लागि तीखो दिमाग भएका मेधावी छात्रछात्राहरू आवश्यक पर्छन् । तर भिडियो गेम जस्तो अनुत्पादक कुरामा समय खेर फालेर बस्ने बालबालिकाबाट यस्तो उच्च प्रविधिको अध्ययन सम्भव हुँदैन । 

त्यसै पनि चीनमा राम्रो शैक्षिक संस्थामा भर्ना हुन कठोर परीक्षा पास गर्नुपर्ने दबाब चर्को छ । बुवाआमाले नै छोराछोरीलाई त्यस्तो किसिमको दबाब दिइरहेका हुन्छन् । पढाइ बिगार्ने भिडियो गेममा आफ्ना बच्चाको अमूल्य समय खेर फाल्न नदिन आमाबुवा नै सचेत हुने देखिन्छ । 

चीनले यसरी बालबालिकालाई भिडियो गेमको लती बन्न नदिनका लागि गरेको प्रयास अमेरिकासँगको भूराजनीतिक प्रतिस्पर्धाको पनि एउटा कडी हो । अहिले अमेरिका र चीनबीच प्रभुत्वका लागि प्रविधिको क्षेत्रमा चर्को प्रतिस्पर्धा चलिरहेको छ । 

त्यस प्रतिस्पर्धामा अघि रहन चीनले उच्च प्रविधि निर्माण तथा सञ्चालनमा दक्ष जनशक्ति खोजिरहेको छ । भविष्यमा पनि त्यस्तो जनशक्ति चीनका लागि आवश्यक छ । 

सेमीकन्डक्टर प्रविधि, रोबोट लगायत कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि, क्वान्टम कम्प्युटिङ जस्तो अत्याधुनिक प्रविधि र उच्चस्तरीय चिप प्रविधिमा विश्वकै अग्रणी बन्ने सोच चीनले लिएको छ । 

अनि विश्वको कारखाना भनी चिनिने चीनको कुल गार्हस्थ्य उत्पादनमा विगत केही वर्षयता उत्पादन क्षेत्रको योगदान कम हुँदै गएको तथ्यलाई पनि चीन सरकारले मनन गरेको छ । ट्रेडिङइकोनोमिक्स डट्कमका अनुसार, सन् २०२० मा चीनको उत्पादन क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा २६.१ प्रतिशत थियो । चीन सरकारले उत्पादनमा आधारित अर्थतन्त्रलाई नै निरन्तर मजबूत बनाइरहन खोजेको छ र उच्च प्रविधि उत्पादनमा जोड दिन चाहेको छ । 

उच्च प्रविधि उत्पादन भएसँगै त्यसको परिचालनका लागि तीखो दिमाग भएका मेधावी छात्रछात्राहरू आवश्यक पर्छन् । तर भिडियो गेम जस्तो अनुत्पादक कुरामा समय खेर फालेर बस्ने बालबालिकाबाट यस्तो उच्च प्रविधिको अध्ययन सम्भव हुँदैन । 

यही कुरा अमेरिकाले पनि बुझेको छ । आखिर उसले पनि उच्च प्राविधिक जनशक्तिको अभावको समस्या भोगिरहेको छ । अन्य मुलुकका मेधावी व्यक्तिहरूलाई आफूकहाँ निम्त्याएर उसले उच्च प्रविधिमा काम गराइरहेको छ । तर स्थानीयहरूमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टेम) पढ्ने इच्छा नरहेकाले समस्या आइरहेको छ ।

ती विषयहरू कठिन भएकाले विद्यार्थीहरूको रुचि त्यसमा नभएको भनी प्यु रिसर्च सेन्टरले सन् २०१८ मा गरेको सर्भेले देखाएको थियो । त्यसअघि अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले पनि यस विषयमा चिन्ता व्यक्त गरेका थिए । 

सन् २०२५ सम्ममा अमेरिकाले स्टेममा ३५ लाख पदपूर्ति गर्नुपर्ने तर उच्च दक्षता हासिल गरेका मानिसको अभावका कारण २० लाख पद खाली हुन लागेको भनी नेसनल एसोसिएसन अफ म्यानुफ्याक्चरिङ यान्ड डेलोआको प्रतिवेदनले सचेत गराएको थियो । अमेरिका पतनको दिशामा अघि बढिरहेको संकेत यसबाट पनि पाइने निष्कर्ष निकाल्दै चीनले उसको जस्तो नियति नभोग्नका लागि आफ्नो जनशक्तिलाई दक्ष बनाउन खोजिरहेको छ । 

पश्चिमको छाडा समाजमा बालबालिकाले जे मन लाग्यो त्यही गर्ने गरेकोमा सामाजिक विग्रहका अनेकौं आधार खडा भएका छन् । त्यस्तो कुरा चीनमा नहोस् भन्नका लागि सी सचेत छन् र कन्जर्भेटिभ आदर्शलाई अपनाएर समाजलाई सही दिशा देखाउनका लागि दत्तचित्त भएर लागिरहेका छन् । उनको यो सामाजिक परीक्षणले चीनलाई सन् २०४९ सम्ममा पूर्ण विकसित, समृद्ध र शक्तिशाली मुलुक बनाउने दिशामा सार्थक योगदान गर्ने देखिन्छ । 

चीनको यस कदममा विचारधारात्मक सुदृढताले पनि काम गरेको देखिन्छ । अमेरिका तथा पश्चिमले अपनाएको नवउदारवादी अर्थव्यवस्थाका कारण सीमित व्यक्तिहरू अचाक्ली धनी भइरहेको अनि जनसंख्याको ठूलो हिस्सा गरीबीमा पिल्सिइरहेको कटुतथ्य विभिन्न आँकडाहरूले देखाएका छन् । पुभर्टीयूएसए डट्ओआरजीमा प्रकाशित तथ्यांकअनुसार, सन् २०१८ मा अमेरिकाका ३ करोड ८१ लाख मानिस गरीब थिए । कोरोनाअघिको स्थिति यस्तो थियो भने कोरोनापछि यस संख्यामा बढोत्तरी भएको हुनुपर्छ । 

उता ठूला प्रविधि कम्पनीहरूले भने यस अवधिमा अकूत नाफा कमाए । प्लेटफर्म क्यापिटलिजम (प्रविधि पूँजीवाद) का कारण यस्तो स्थिति आएको हो । निक स्रनिचेकको पुस्तक ‘प्लेटफर्म क्यापिटलिजम’मा उल्लेख गरिएअनुसार, चरम दोहनमा आधारित प्रविधि कम्पनीहरूको पूँजीवादी कारोबारी शैलीले अन्ततोगत्वा देशको अर्थतन्त्र नै खोक्रो बनाइदिन्छ । साना कम्पनीहरूलाई प्रतिस्पर्धा गर्न नदिई ठूलाले तिनलाई किनिदिने वा अस्तित्व नामेट पार्न दबाब दिने काम गर्दा नवप्रवर्तनका लागि प्रेरणा समेत प्राप्त हुँदैन । 

अनि यस्तो पूँजीवादले धनीहरूलाई झनै धनी बनाउने काम मात्र गर्छ । चीन आफूकहाँ त्यस्तो स्थिति नआओस् भनी कामना गर्छ जबकि अहिले चीनमै सबभन्दा धेरै अर्बपतिहरू छन् । त्यसैले अर्बपतिहरूको संख्या बढ्न नदिन र आय असमानतालाई घटाउन राष्ट्रपति सीले समाजवादी सिद्धान्त अपनाएर चीनको अर्थतन्त्रलाई डोहोर्‍याउने प्रयास गरिरहेका छन् । 

अर्बपतिहरू ठूलो संख्यामा हुनु कुनै अर्थतन्त्र बलियो भएको संकेत हैन, त्यो त समतामूलक समाज बन्न नसकेको लक्षण हो भन्ने विषयमा सी स्पष्ट छन् । अमेरिकामा ठूला प्रविधि कम्पनीले सरकारलाई समेत नटेरेको पनि उनले देखेका छन् । 

त्यसैले ठूला कम्पनीहरूमा लगाम कस्ने कदमहरू सीले चालिरहेका हुन् । त्यसैक्रममा टेनसेन्ट र नेटईज जस्ता भिडियो तथा अनलाइन गेम कम्पनीलाई नियमनको दायरामा ल्याउन सी लागिपरेका छन् र भिडियो गेमको नकारात्मक असरबाट बालबालिकालाई संरक्षण गर्ने दायित्व पनि उनले लिएका छन् । 

बालबालिकालाई निजी ट्युसनमा धेरै खर्च गर्न प्रेरित गरेर अकूत नाफा कमाउने टीएएल, काओतु टेकएडु, चाइना बेस्टस्टडी एजुकेसन ग्रुप लगायतमा पनि उनले लगाम कसेका हुन् । 

सीलाई गेम खेलेर समय खेर फाल्ने मानिसहरूको समाज चाहिएको छैन । चिङगुवा विश्वविद्यालयबाट केमिकल इन्जिनीयरिङमा स्नातकोत्तर गरेका सी इन्जिनीयर, वैज्ञानिक, चिकित्सक र नवप्रवर्तकहरू भएको चिनियाँ समाजको परिकल्पना गर्छन् । त्यस्ता प्राविधिक रूपमा दक्ष व्यक्तिहरूले प्रविधिको प्रतिस्पर्धामा चीनलाई अग्रणी स्थानमा राख्ने र अमेरिकालाई पछि पार्ने काममा योगदान गर्न सक्छन् । 

पश्चिमको छाडा समाजमा बालबालिकाले जे मन लाग्यो त्यही गर्ने गरेकोमा सामाजिक विग्रहका अनेकौं आधार खडा भएका छन् । त्यस्तो कुरा चीनमा नहोस् भन्नका लागि सी सचेत छन् र कन्जर्भेटिभ आदर्शलाई अपनाएर समाजलाई सही दिशा देखाउनका लागि दत्तचित्त भएर लागिरहेका छन् । उनको यो सामाजिक परीक्षणले चीनलाई सन् २०४९ सम्ममा पूर्ण विकसित, समृद्ध र शक्तिशाली मुलुक बनाउने दिशामा सार्थक योगदान गर्ने देखिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x