गठबन्धनप्रति ओलीको टिप्पणी- चुनावमा जाँदा होक्काँ-होक्काँ, चुनावपछि स्याँ-स्याँ !

फाइल तस्वीर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि सत्ता गठबन्धनको हालत हारेको गोरुको जस्तो हुने टिप्पणी गरेका छन् । अहिलेको सरकारलाई भत्काउन मात्र आउने र बनाउने हैसियत नभएको टिप्पणी गरे ।


Advertisement

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बिहीवार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ओलीले सत्ता गठबन्धनको फुर्ती चुनावसम्म मात्र भएको टिप्पणी गरेका हुन् । 


Advertisement

‘हाम्रो सरकारले धरहरा बनाएको देखेपछि यिनीहरूले घण्टाघर भत्काउँदैछन्, यिनीहरूले घण्टाघर बनाउँछन् भन्ने विश्वास छ ? बनाउँदैनन्, चुनौती दिएर भन्छु बनाउन सक्दैनन्, बनाउन नसक्नेले नभत्काउ,’ ओलीले भने, ‘भत्काइहाले भने अब १४ महिनापछि चुनाव हुन्छ । चुनावमा यिनीहरूको हालत के हुन्छ थाहा छ ? चुनावमा जाँदा जाँदा होक्काँ-होक्काँ, चुनावपछि–स्याँ-स्याँ !’

ओलीले सरकारले गरीबका नाममा कार्यकर्तालाई १० हजार दशैं खर्च दिन खोजेको आरोप लगाए । ‘दशैंमा ५ लाखलाई १० हजार खर्च दिने रे, दाइ दशैं खर्च चाहियो भन्न जानेलाई दिने होला, उनीहरू नै गरीब हुन् । कुनै मापदण्ड छ ? ५ लाख मान्छेलाई १० हजार बाँडेर गरीबी हट्छ ? रोजगारी सिर्जना हुन्छ ?,’ ओलीले भने । 


Advertisement

ओलीले आफ्ना मान्छेलाई जागिर खुवाउन भूमि आयोग पुनर्गठन गरेको आरोप लगाए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्