×

NMB BANK
NIC ASIA

जग्गा बेचेर ऋण तिर्न थाले इँटा व्यवसायीले

असोज ४, २०७८

NTC
Premier Steels

मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८  उद्योगमध्ये गत वर्ष दुई  उद्योग आंशिक सञ्चालन भएका थिए ।

Muktinath Bank

जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन् । चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार यस वर्ष चार÷पाँच  उद्योगले मात्र सञ्चालन गर्ने तयारी गरेका छन् । अन्य उद्योग सधैँका लागि बन्द हुने अवस्थामा पुगेको बताइएको छ । महामारीका कारण एउटा उद्योगले रु दुई करोड हाराहारी नोक्सान बेहोर्नुपरेको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतिपय उद्योगले जग्गा बेचेर ऋण तिर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए । यस वर्ष कोइलाको मूल्यमा झण्डै दोब्बर वृद्धि भएको छ । सरकारले कोभिडबाट पूर्णरुपमा प्रभावित भएका इँटा उद्योगलाई ऋणको ब्याजमा अनुदान नदिएको उनले गुनासो गरे । खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित उद्योग सञ्चालन गर्न नसक्ने भए पछि उद्योगको नामको जग्गानै बेचेर ऋण तिर्न लागेको जानकारी दिए । उनले भने, “ऋण तिर्न सकिएन अब जग्गा बेच्दै छाँै । यो पेसाबाट विस्थापित हुन आएको छ । धेरैको अवस्था आफ्नो उद्योगको जस्तै भएको छ ।”  


Advertisment
Nabil box
Kumari

यहाँको इँटा मकवानपुर, नवलपुर, गोर्खा, तनहुँ, पोखरा, काठमाडौँसम्म बिक्री हुने गर्दथ्यो । उनले भने, “सरकारले उद्योग जोगाउने योजनासम्म ल्याएन ।” राप्तीको लालपुरको मनकामना र खैरहनीको चैनपुरको न्यू सङ्गम इँटा उद्योग गत वर्ष चलेका थिए । स्थानीयको प्रदूषणको गुनासो, माटोको अभाव र महँगो, कोइलाको अश्वभाविक मूल्यवृद्धि, मजदुरको अभावलगायतका कारण उद्योगी पुनः उद्योग सञ्चालन गर्ने मनस्थितिमा छैनन् ।

Vianet communication

इँटा व्यवसायी विनोदकुमार श्रेष्ठले गत वर्षदेखि ३५ वर्ष पुरानो श्री इँटा उद्योग चलाउन सक्नुभएको छैन । उनले गुनासो गरे , “कच्चापदार्थनै महँगिएको छ, लगानी उठाउने अवस्थै रहेन विस्थापितनै बन्नुपर्यो ।” गत वर्ष आंशिकरुपमा चलेको मनकामना इँटा उद्योगका सञ्चालक पुष्पकुमार पिया यस वर्ष अन्यौलमा छन् । गत वर्ष मुस्किलले उत्पादन गरेको १०  प्रतिशत इँटा बिक्री भएको उनले गुनासो गरे । पूर्वतिरबाट सस्तो मूल्यका इँटा आउन थालेपछि जिल्लाका गुणस्तरीय इँटा खपत हुन नसकेको व्यवसायीको भनाइ छ ।

काँँचो इँटा पानीले बिगार्दा कुनै क्षतिपूर्ति नपाइने र बीमा पनि नभएको व्यवसायी बताउँछन् । इँटाका लागि गिट्टी, बालुवा नमिसिएको चिम्टाइलो माटो चाहिन्छ । कात्तिकदेखि वैशाखसम्म बनाउने र पकाउने काम हुन्छ । इँटा पकाउन अत्याधुनिक प्रविधिमा लगानी गरेका व्यवसायी पलायनका स्थितिमा पुगेका हुन ।

जिल्लाका उद्योगमा एक वर्षमा आठ हजारले रोजगार पाउने गरेको सङ्घले जनाएको छ । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहेका सापकोटाले एउटा उद्योग सञ्चालन गर्न रु तीन करोडभन्दा बढी लगानी हुने जानकारी दिए । नेपालमा एक हजार ३०० इँटा उद्योग रहेका छन् । तीमध्ये ४० प्रतिशत बन्द हुने अवस्थामा रहेको बताइएको छ । नारायण अधिकारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x