सरकारले पैसा दिन नमिलेर पदक दिएको हो : प्रेम सुवाल

सरकारले पैसा दिन नमिलेर पदक दिएको हो : प्रेम सुवाल
फाइल तस्वीर।

नेपाल मजदुर किसान पार्टीले मनलाग्दी ढंगले पदक वितरण गरेको भन्दै आरोप लगाएको छ ।


Advertisement

सोमवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक माथि खर्च कटौती प्रस्ताव राख्दै नेमकिपा सांसद प्रेम सुवालले पदक वितरणमा देखिएको बेथितिले राज्यसत्तामा मानिस फेरिए पनि नयाँ राजा रजौटा जन्मिएको आरोप लगाएका हुन् ।


Advertisement

‘सरकारले पैसा दिन नमिलेर पदक दिएको हो । राज्यसत्तामा मानिस फेरियो नयाँ राजा रजौटा जन्मिए । पदक होइन सत्तामा गएकाले आफ्नो सम्पत्ति दिनुपर्छ,’ सुवालले भने ।

उनले कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईलाई मेलम्ची पदक दिनु उपयुक्त हुने बताए ।


Advertisement

संविधान दिवसको अवसरमा सरकारले विभिन्न व्यक्तिलाई पदक दिने घोषणा गरेको थियो । पदक वितरण गर्दा मापदण्ड भन्दा आसेपासेलाई वितरण गरिएको भन्दै आलोचना भइरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्