×

NMB BANK
NIC ASIA

कांग्रेस नगर अधिवेशनअघि छुट्टाछुट्टै प्यानलबाट उम्मेदवारी घोषणा

असोज ७, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत शनिवार गाउँ/नगरको अधिवेशन हुँदैछ ।

Muktinath Bank

कांग्रेसमा प्यानलसहित उम्मेदवारी घोषणा गरिँदैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपन्देहीका सबैजसो पालिकामा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै भेला गरी उम्मेदवारी घोषणा गरेका छन् ।


Advertisment
Nabil box
Kumari

रूपन्देहीको बुटवल उपमहानगरपालिकामा कांग्रेस नगर अधिवेशनका लागि खेलराज पाण्डेको नेतृत्वमा प्यानल घोषणा भएको छ । 

Vianet communication

पाण्डे रामचन्द्र पौडेल समूह निकट हुन् । पाण्डेको नेतृत्वमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरूषोत्तम खनाल रहेका छन् । कार्यक्रममा रामबहादुर कार्कीले प्यानल घोषणा गरे ।

बुटवलकै लागि रिता केसीको नेतृत्वमा अर्को प्यानल तयार भएको छ । केसी देउवा समूह निकट हुन् । केसी प्यानलमा उपसभापतिमा नरबहादुर रजाली मगर, उपसभापति हरिलाल सुनार, सचिवमा सन्तोष पौडेल, सचिव जयप्रकाश भट्टराई, सहसचिवमा सुदन बास्कोटा र सहसचिवमा गणेश घिमिरे उम्मेदवारी घोषणा गरेका छन् । 

तिलोत्तमा नगर समितिमा समेत उम्मेदवारी घोषणा भएको छ । देउवा समूहबाट नगर सभापतिमा हरिलाल पाण्डेको नेतृत्वमा उपसभापति कल्याण पौडेल, माया चौधरी, सचिव प्रदीप थापा, हुमप्रसाद पौडेल, सहसचिवमा दिपक थापा र रमेश पराजुलीको उम्मेदवारी घोषणा भएको छ । 

नेपाली काग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले कार्यक्रमको उद्घाटन गर्दै प्रजातान्त्रिक पद्धति अनुसार नै पार्टीलाई चुस्त दुरुष्ट बनाएको बताए । 

तिलोत्तमामै रामचन्द्र पौडेल निकट समूहले नारायण न्यौपानेले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । न्यौपाने प्यानलबाट उपसभापतिमा मधुसुदन गैरे, र अशोक कुमार क्षेत्री, सचिवमा शोभा कुमारी राना र प्रकाश गैरे, सह सचिवमा दिनेश कुँवर केशरी उपाध्याय उम्मेदवार छन् । 

सैनामैना नगरपालिकाको नगर समितिको निर्वाचनका लागि देउवा समूह निकटले उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार घोषणासभा गरी उम्मेदवारी घोषणा गरिएको हो । 

नगर सभापति कृष्ण प्रसाद पोख्रेलको नेतृत्वमा उपसभापति निल प्रसाद थापा, उपसभापति मिना श्रेष्ठ, सचिव कृष्ण प्रसाद कंडेल, सचिव सुभाष पौडेल, सहसचिव श्याम प्रसाद अधिकारी र सहसचिव सुरेश परियारको टीमले घोषणा गरेका छन् । प्रजातान्त्रिक सेनानी तथा पार्टीको पुराना नेता परशुराम पोखरेलले कार्यक्रमको उद्घाटन गरेका थिए ।

रुपन्देहीको सिद्धार्थनगर नगर सभापतिका लागि युवा नेता कोसिस खड्काको नेतृत्वमा नगर अधिवेशनका लागि उम्मेदवारी घोषणा गरिएको छ । बिहीवार भैरहवामा खड्काले सभापतिमा उम्मेदवारी घोषणा गर्दै समावेशी प्यानल घोषणा गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x