×

NMB BANK
NIC ASIA

‘३८ क्वीन्टल’ सुन बरामद नहुँदा उच्च प्रहरी अधिकारी र गोरेकी पत्नीसहित ४८ जनालाई सफाइ

असोज १९, २०७८

NTC
फाइल फोटो
Premier Steels

मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले दाबी गरिएको सुन बरामद नहुँदा उच्च प्रहरी अधिकारी र गोरेकी पत्नी निरु भनिने नर्वदा खरेलसहित ४८ जनालाई सफाइ दिएको छ ।

Muktinath Bank

मुद्दामा अदालतले ८ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश भरत लम्सालको इजलासले मंगलवार ८ जना आरोपीलाई दोषी ठहर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आरोपीमध्ये मुख्य अभियुक्त मोरङको उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । १ जनालाई ३ वर्ष र अर्का १ जनालाई ६ महिना कैद सजायको फैसला भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको छ । 

Vianet communication

अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेको कसूर कायम भएको छ । धमलाका अनुसार यसको सजाय निर्धारणका लागि पुनः पेश गरिने छ । मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए ।

मुद्दामा दोषी ठहर भएकाहरू गोरेको समूहका सहयोगी र उनका सवारी चालक हुन् । 

मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये उच्च प्रहरी अधिकारी र गोरेकी पत्नी निरु भनिने नर्वदा खरेलसहित ४८ जनाले सफाइ पाएको जानकारी राणाले दिए ।

मुद्दामा नेपाल प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतका प्रहरी कर्मचारीलाई प्रतिवादी बनाइएको थियो । 

संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा ४८ जनाले सफाइ पाएका छन् । फरार रहेका २१ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार राणाले बताए । उनका अनुसार २ वर्षसम्म अभियुक्त पक्राउ नपरेमा वा हाजिर नभएमा मुल्तवीमा रहेको मुद्दालाई जगाएर अदालतले फैसला गर्नेछ ।

२०७४ माघ ९ गते गोरेको समूहले दुबईबाट तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको थियो । सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले २०७४ फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ का सनम शाक्यको हत्या गरेको थियो । 

हत्या गरिएको भोलिपल्ट विराटनगरबाट शाक्यको शवसहित बा१२च ५९६३ नम्बरको स्कोरपिओ र मे१च ५३९८ नम्बरको कारसहित प्रहरीले चालक मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्‍यो । घटनाको अनुसन्धान गर्दा गोरेको योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानी र प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको दाबी गरिएको थियो तर तस्करीको सुन बरामद हुन सकेन ।

प्रमाणका रूपमा पेश गर्नुपर्ने सुन बरामद नभएपछि तस्करीमा संलग्न भनिएकाले मुद्दामा सफाइ पाएको बताइएको छ । 

जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर ४ वटा शीर्षकमा मुद्दा दायर भएको थियो । सरकारी वकिल कार्यालय मोरङले दर्ता गरेको मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४०० रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करीब ३८ क्वीन्टल) सुन अवैध रूपमा आयात गरिएको दाबी गरियो । त्यही बराबरको बिगो मागदाबी सहितको मुद्दा दर्ता गरिएको थियो ।

मुद्दाको अन्तिम सुनुवाइ अघिल्लो आइतवारबाट शुरू भएको थियो । सुनुवाइका क्रममा कानून व्यवसायीको बहस सकिएपछि मुद्दामा फैसला भएको छ । वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबू पोखरेलले बहस गरेका थिए । 

बहुचर्चित घटनाको छानबिनका लागि सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा  समिति गठन गरेको थियो । समितिले गरेको छानबिन र प्रहरीको अनुसन्धानमा गोरे मुख्य नाइके रहेर दुबईबाट नेपालतिर हुँदै आएको भनिएको सुन तस्करी प्रकरणमा पूर्वदेखि बहालवाला प्रहरी अधिकारी र धनाढ्य व्यापारी समेत मुछिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x