×

NIC ASIA

भारत–भूटान सीमा क्षेत्रमा पनि हात्तीको समस्या उस्तै

कात्तिक १३, २०७८

Prabhu Bank
NTC
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रूपमा रहेको छ ।

त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईवस्तु हिँडेझैं हरेक साँझ आहार खोज्दै जंगली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूटानको प्रवेशविन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा १ लाखभन्दा बढी नेपाली भाषी बसोबास गर्छन् । जहाँ दैनिक ४०० को हाराहारीमा आउने हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गरेको डुबर्स न्यूज च्यानलका सम्पादक नविन आचार्यले बताए ।


Advertisment
Rupse Holidays
Nabil box

पश्चिम बंगाल सरकारले जल्दापाडा राष्ट्रिय निकुञ्जको वरिपरि विद्युतीय घेराबार गरेर हात्ती गाउँ पस्न नदिने उपाय गर्दै आएपछि समस्या केही कम भएको उनको भनाइ छ तर हात्ती आउने क्रम भने रोकिएको छैन ।

Vianet communication

किसानले धानबाली जोगाउन खेतमा बनाइएका काठ र बासका अग्ला मचान (स्थानीय भाषामा टुङ)मा अनिँदै रात बिताउने गरेको उनले जानकारी दिए ।

जिल्लाको बानरहाट, मेघनाथ, साहनाथ, वीरपाडा, कालचिनी लगायतका क्षेत्रमा नेपाली भाषीको ठूलो बसोबास रहेको छ । उनीहरूको मुख्य पेशा कृषि नै भए पनि हात्ती आतंकका कारण उनीहरूले अन्नखेती गर्न छाडेर सुपारी लगाउन थालेका स्थानीय साहित्यकार किरण उपाध्यायले बताए । बाली पाकेर घरमा भित्र्याउन नपाउँदै क्षति हुन थालेपछि धान, मकै, गहुँ लगाउन किसानले छाडिसकेको बताउँदै उपाध्यायले भने, ‘जीविकाका लागि सुपारी खेतीतिर मानिस लागेका छन् । व्यापार र पर्यटनमा पनि आकर्षण बढ्दै गएको छ ।’

स्थानीय नेपाली भाषी पेसा बदलेर पशुपालनमा समेत लाग्न थालेका छन् ।

उनले सो क्षेत्रमा आसामबाट जंगली हात्ती आउने गरेको र किसानले बढी दुःखकष्ट व्यहोर्ने गरेको जनाए । हात्तीबाट मृत्यु भएका परिवारलाई भारत सरकारले प्रतिव्यक्ति भारु ४ लाख नगद र परिवारका १ सदस्यलाई राष्ट्रिय निकुञ्जभित्रै सुरक्षागार्डको रोजगारीको व्यवस्था गर्दै आएको उनले बताए ।

जिल्लामा जुनसकै राजनीतिक दलका उम्मेदवारलाई जिताउने निर्णायक मत रहेको दाबी गर्दै आएका नेपाली भाषीले हात्तीसँग सधैं हार्ने गरेको दुखेसो सुनाउने गरेका छन् । भारत सरकारले जंगली जनावर मार्न नपाइने कडा कानूनी व्यवस्था गरेको तर स्थानीयको सुरक्षामा पर्याप्त ध्यान नदिएको उनीहरूको गुनासो छ ।

भूटानी सीमा नजिकको भारतीय डुबर्स क्षेत्र, नेपाल र भूटानमा जंगली हात्तीले पुर्‍याउँदै आएको क्षति विषयमा अलिपुरद्वारको जल्दापाडा निकुञ्जमा २ दिनअघि सम्पन्न एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मको अन्तरदेशीय बैठकमा समेत छलफल भएको थियो । नेपाली टोलीले बैठकमा मानव–हात्ती द्वन्द्वको अवस्थाबारे अवगत गराएको थियो । 

आसामबाट आउने जंगली हात्ती डुबर्सको मदारीहाट हुँदै टिस्टा र त्यहाँबाट सिधै नेपाल आउने गरेको एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मका अध्यक्ष राज वसुले बताए । भूटानको दक्षिणी क्षेत्र, भारतको डुबर्स र नेपालको कोशीटप्पुसम्मको लामो भूभाग हात्तीको परम्परागत विचरण क्षेत्र भएको उनले बताए ।

‘हात्तीको कुनै देश हुँदैन, मानव र हात्तीबीचको द्वन्द्व कुनै एउटा देशको मात्र समस्या होइन,’ हिमालयले छोएको देशमा पर्यटन प्रवद्र्धनको साझा अभियान सञ्चालन हुनुपर्ने वकालत गर्दै आएका भारतीय संरक्षणविद् वसुले भने, ‘यो द्वन्द्वलाई अब पर्यटन विकासमा रूपान्तरण गर्नुको विकल्प छैन ।’

डुबर्स क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज वरपर र पहाडी क्षेत्रमा हजारौं होमस्टे र टुरिस्ट गाइड व्यवसायको प्रवद्र्धनमा आफ्नो संस्था जुटिरहेको जानकारी दिँदै नेपाल, भूटान र म्यानमारमा समेत यसका लागि पहल भइरहेको उनले बताए । द्वन्द्वलाई पर्यटनमा रूपान्तरण गर्दा स्थानीय हात्तीपीडित वासिन्दाको आर्थिक उपार्जन दीगो हुने र वन्यजन्तुको समेत संरक्षण हुने वसुको धारणा छ ।

भारतबाटै आउने जंगली हात्तीले १ नम्बर प्रदेशको झापामा वर्षौंदेखि ठूलो सास्ती दिँदै आएको छ । यो समस्याको न्यूनीकरणमा सरकार र सरोकारवाला निकायले धेरै पहल गरेका छन् तर समस्याको दीगो समाधान हुन सकिरहेको छैन । भूटान, भारत र नेपालले मानव–हात्ती द्वन्द्वलाई पर्यटन विकासमा बदल्न सक्ने साझा पहलका लागि सरकार र जनस्तरमा जुट्न ढिला गर्न नहुने उनको आग्रह छ । 

झापामा मानव–हात्ती द्वन्द्वलाई ग्रामीण पर्यटनमा रूपान्तरण गर्ने अभियानमा जुटेको ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले मदारीहाटको अवस्था देखेपछि नेपाल, भारत र भूटानमा जंगली हात्तीको समस्या उस्तैउस्तै रहेको आफ्नो निष्कर्ष सुनाए ।

उनले समस्या समाधानका लागि भइरहेका प्रयासका आफ्ना अनुभवलाई अन्तरदेशीय मञ्चमा आदानप्रदान गरिनुपर्ने बताए ।

‘भारतको मदारीहाट र नेपालको बाहुनडाँगीमा हात्तीको समस्या अध्ययन गर्ने हो भने कुनै फरक पाइँदैन,’ झापाको उत्तरी भागमा हात्ती करिडोरको संरक्षण गरेर पर्यटन गन्तव्य बनाइनुपर्ने विषयमा पैरवी गर्दै आएका कार्की भन्छन्, ‘डुबर्समा हात्ती विचरण क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर पर्यटक आकर्षण गरेको पाइन्छ । नेपालमा चाहिँ यसबारे सरकार र सरोकारवाला कसैले सोचेको पाइँदैन ।’ – चन्द्रकला भण्डारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x