×

NMB BANK
NIC ASIA

विकासमा विलम्ब

नख्खु–चुनिखेल सडकको दुर्दशाः ५ वर्षमा सकिएन ५ किलोमिटर सडक विस्तारको काम !

कात्तिक १४, २०७८

NTC
Premier Steels

ललितपुरको नख्खु खोला–भैँसेपाटी–बुङमती सडक खण्ड विगत लामो समयदेखि अस्तव्यस्त छ ।

Muktinath Bank

यस खण्डकोअस्तव्यस्तताले सडकको स्वरूप मात्र बिग्रिएको छैन, स्थानीय जनता र यात्रुहरूलाई निकै सास्ती परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो विशेषगरी ‘भीआईपी’हरूको बस्ती रहेको क्षेत्र हो । तर यही क्षेत्रको सडकको अवस्था निकै पट्यारलाग्दो छ । 


Advertisment
Nabil box
Kumari

घाममा धूलैधूलो, पानीमा हिलैहिलो मात्र हैन सडकको दायाँबायाँ र बीचमा समेत खाल्डाखुल्डीले यात्रा निकै कष्टकर बन्दै आएको छ । 

Vianet communication

यस सडक खण्डको जिम्मा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पाएको छ । 

उसले सडक खण्डलाई २ भागमा छुट्याएको छ । 

नख्खु पुलदेखि सोह्रखुट्टेसम्म एउटा भाग र सोह्रखुट्टेदेखि चुनिखेलसम्म अर्को भागका रूपमा विभाजन गरिएको छ ।

दुई भागमा बाँडिएको यो ५.०७० किलोमिटरको यो सडकखण्ड विस्तारका लागि २ वटा ठेक्का लागेको वर्षौं भइसक्यो । 

नख्खु पुलदेखि सोह्रखुट्टेसम्मको सडक खण्डको ठेक्का आशिष–बिरुवा–सीएम जेभी कम्पनीले पाएको थियो ।

यस्तै सोह्रखुट्टेदेखि चुनिखेलसम्मको ठेक्का पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले पाएको थियो । 

पहिलो खण्ड २०७३ असार ३० गते कम्पनीसँग सडक विस्तार आयोजनाले ठेक्का सम्झौता गरेको थियो । 

साढे ३ किलोमिटर सडक विस्तार तथा मर्मतका लागि ठेक्का पाएको सो कम्पनीले समयमै काम गर्न नसक्दा सडक अहिले अलपत्र छ । 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इञ्जिनीयर वसन्तकुमार गाईंका अनुसार अहिलेसम्म सो सडक खण्डको २ किलोमिटर सडक कालोपत्रे भएको छ ।

बाँकी साढे एक किलोमिटर सडकखण्डमा भने विभिन्न समस्या आएपछि काम गर्न नपाएको इञ्जिनीयर गाईं बताउँछन् । 

उनका अनुसार अहिले नख्खु पुलदेखि आवास गेटसम्म र डिशहोमदेखि सोह्रखुट्टेसम्मको सडक विस्तार गर्न बाँकी छ ।

ठेकेदार कम्पनीले ठेक्का पाएको मितिले अहिलेसम्म सामान्य हिसाब गर्ने हो भने पनि ५ वर्ष नाघिसकेको छ । 

५ वर्ष ४ महिना पूरा हुनै लाग्दा सो सडक खण्डको काम ६० प्रतिशत मात्रै सम्पन्न भएको छ । 

समयमै काम नसकिँदा आयोजनाको म्याद ३ पटक थप भइसकेको छ । 

इञ्जिनीयर गाईंका अनुसार ठेकेदार कम्पनीले २०७३ असार ३० गते ठेक्का सम्झौता पाएको थियो ।

समयमा काम नसकिएको भन्दै कम्पनीको आग्रहमा त्यसपछि २०७६ जेठ ८ गते म्याद थप गरियो ।

पहिलो पटकको म्याद पनि सकिएपछि दोस्रोपटक २०७७ जेठ  २२ गते पनि सडकखण्ड विस्तारको समयावधि थप गरियो, तर काम भएन ।

अहिले सडक विस्तार आयोजनाले तेस्रो पटकको म्याद थप गर्ने प्रक्रिया शुरू गरिसकेको छ, जसअनुसार अबको समयावधि भने २०७८ चैत ३० गतेसम्म रहने आयोजनाका इञ्जिनीयर गाईं बताउँछन् ।

सो सडकखण्ड विस्तारका लागि २८ करोड ६२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ, जसमध्ये हालसम्म १७ करोड २२ लाख रुपैयाँ खर्च भइसकेको छ । 

दोस्रो खण्ड (सोह्रखुट्टेदेखि चुनिखेलसम्मा)मा सडक विस्तारका लागि पप्पु–महालक्ष्मी–वल्र्डवाइड जेभीले २०७४ साउन ११ गते ठेक्का पाएको थियो ।

सो सडकखण्ड विस्तार गर्न पनि पटक–पटक ठेक्का सम्झौता थप गरिएको छ । जसअनुसार २०७६ साउन १० मा पहिलोपटक म्याद थप गरिएको छ भने दोस्रोपटक २०७८ असार ३१ गतेसम्मका लागि म्याद थप गरिएकोमा काम नसकिँदा फेरि थप भएको छ । 

पछिल्लोपटक सो खण्ड विस्तारका लागि आगामी चैत ३० गतेसम्मका लागि समय थप गरिएको आयोजनाका इञ्जिनीयर सुनिता दाहालले लोकान्तरलाई जानकारी दिइन् । 

कोरोना भाइरसको महामारीका कारण पछिल्लोपटक समयावधि थप गरिएको उनले सुनाइन् । 

सो सडक खण्ड विस्तारका लागि २६ करोड ९ लाख ४३ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । 

किन भयो ढिलाई ?

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इञ्जिनियर वसन्तकुमार गाईंले काम ढिला हुनुमा अन्तरनिकाय बीचको समन्वय अभाव प्रमुख कारण रहेको बताए ।

कतिपय ठाउँमा स्थानीय र सम्बन्धित निकायले सहयोग नगर्दा समेत काममा असर पुगेको उनको दाबी छ ।

उनका अनुसार नेपालका लागि म्यानमारको राजदूतावास भवनको थोरै भाग सो सडकखण्डमा पर्छ । 

सडक विस्तारका क्रममा २० मिटर चौँडाईं बनाउनुपर्ने हुन्छ । 

‘तर यो चौँडाईं बनाउनका लागि सो भवनको थोरै भाग सडकमा पर्ने देखियो, यसलाई क्षतिपूर्ति दिएर भत्काउनका लागि पटक–पटक भनिएपनि भत्काइएको छैन,’ विभागका इञ्जिनियर गाईंले लोकान्तरसँग भने ।

सर्वोच्च अदालतले नै घर र जग्गाको क्षतिपूर्ति नदिई भत्काउन मिल्दैन भनेर आदेश दिएको छ ।  

क्षतिपूर्ति दिने निकाय काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरलाई पटक–पटक आग्रह गरिएको समेत विभागले जनाएको छ । 

आयोजनाले प्राधिकरणलाई पटक–पटक समन्वय गरिदिन भनेपनि समस्या समाधान हुन नसकेको उनले सुनाए । 

यस्तै सोही सडकखण्डको फूलबारी मार्गनजिक बाँयातर्फको ३ वटा घर टहरा नहटाएका कारण पनि काममा ढिलाइ भएको इञ्जिनीयर गाईं बताउँछन् ।

अहिले ३ वटा घर टहरामध्ये २ वटा भत्काइएको र बाँकी एक टहरा भत्काउने प्रक्रियामा रहेको काठमाडौं उपत्यका विकास प्राधिकरण, ललितपुरका सूचना अधिकारी पूर्ण महर्जनले लोकान्तरसँग बताए । 

उनले भने, ‘ती टहरालाई क्षतिपूर्ति दिइसकेको छ, काम गर्न बाधा छैन ।’

तर म्यानमार राजदूतावासको भवनले छोएको भाग भत्काउन भने नसकिएको उनले बताए । 

‘हामीले २, ३ पटक गएर चिह्न लगाएर घरधनीलाई त्यो सार्न भनेका छौँ, तर उनीहरूले मानेका छैनन् । हुन्छ भन्छन्, तर काम गर्न भने दिएका छैनन्,’ उनले भने ।

यस्तै सडकमा पानीको पाइप फुट्ने समस्या देखिएकाले त्यसलाई हटाउनका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई आग्रह गरिएको उनले बताए ।  

विद्युत् प्राधिकरण र खानेपानीको पाइप नहट्दा पनि काममा ढिलाई भएको उनले सुनाए । 

तर अहिले भने यी समस्याहरू समाधान भइसकेको इञ्जिनीयर गाईं बताउँछन् ।

यस्तै दोस्रो खण्डमा पनि घरटहराको मुआब्जा विवादका कारण काम गर्न नसकिएको इञ्जिनीयर दाहालले बताइन् । 

अहिले पनि सो खण्डमा १० देखि १२ वटासम्म घरमा मुआब्जा विवाद रहेको उनको भनाइ छ । 

ठेकेदारको मुद्दा !

काम गर्न साइट उपलब्ध नगराएको र काम गर्न नपाएको भन्दै ठेकेदारले आयोजनाविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत हालेको छ । 

काममा ढिलाइ भएपछि आफूले आयोजनाविरुद्ध मुद्दा हालेको ठेकेदार कम्पनी आशिष–बिरुवा–सीएम जेभीका सञ्चालक बालकृष्ण थापाले लोकान्तरलाई बताए ।

‘सम्झौताअनुसार ५० प्रतिशत ३ महिनाभित्र र बाँकी ५० प्रतिशत ६ महिनाभित्र साइट क्लियरेन्स गर्ने हाम्रो सम्झौतामा उल्लेख छ,’ उनले भने, ‘तर ५ वर्षमा २० मिटर चौँडाई कहीँ पुगेन, त्यसैले हामीले काम नै काम गर्न पाएनौँ र मुद्दा हालेँ ।’

कम्पनीले काम गर्नका लागि साइट उपलब्ध नभएको, जग्गा उपलब्ध नगराएको कारण काम गर्न नपाएको कारण क्षतिपूर्ति माग गर्दै मुद्दा हालेको उनले सुनाए ।

‘आयोजनाले मलाई तैँले काम गरिनस् भने ठेक्का तोडिदिन्छु भनेर पटक–पटक भन्यो, त्यसपछि मैले मुद्दा हालेँ,’ उनले सुनाए । 

कहिलेसम्ममा सकिन्छ काम ? 

आयोजनाले ३ किलोमिटर सडकमध्ये आवासगेटदेखि डिशहोमको कार्यालय रहेको ठाउँसम्म करीब १७ सय किलोमिटर सडक केही वर्ष पहिले नै कालोपत्रे गरेको छ ।

‘हामीले काम गर्न साइट उपलब्ध भएको ठाउँमा त २ वर्ष पहिले नै काम गर्‍यौँ, बाँकी काम गर्न साइट नभएरै हो,’ आयोजनाका इञ्जिनीयर गाईंले दाबी गरे । 

बाँकी ठाउँमा आगामी चैत मसान्तभित्रमा काम सक्ने उनको दाबी छ ।

उनले भने, ‘धेरै समस्या समाधान भइसकेको छ, आगामी चैत मसान्तसम्म एनी हाउ हामी काम चाहिँ सक्काउँछौँ ।’

उनका अनुसार समन्वय अभाव नै रहेमा उपलब्ध ठाउँमा नै कालोपत्रे गरिने छ । चैत मसान्तबाट भने त्यहाँ यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्न नपर्ने उनले दाबी गरे । 

‘पछिल्लो चरणमा आयोजनाले विभागबाट स्विकृति लिएका छौँ । एकपटक प्रयास गर्छौं, भत्काउन पाइएन भने जहाँ जति बाटो छ, त्यसैलाई कालोपत्रे गर्छौं,’ उनले भने, ‘त्यसपछि त्यहाँका स्थानीय र यात्रुहरूले सास्ती भोग्नुपर्दैन भन्ने विश्वास छ ।’ 

अहिले चुनिखेलसम्मको सडक खण्डमा ग्राबेल गर्ने काम भइरहेको उनले सुनाइन् । 

चैत मसान्तभित्रमा काम सकिने उनले दाबी गरिन् ।

‘शुरूमा विवाद भएर काम रोकियो । पछि महामारीका कारण ढिलाई भयो । अब उपलब्ध चौडाईंमा काम गरेरै भएपनि चैतसम्ममा काम सक्छौँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x