×

NMB BANK
NIC ASIA

एमालेका मेयरले माओवादीका वडाध्यक्षलाई यसरी गलहत्त्याएर बैठकबाट निकाले

कात्तिक ३०, २०७८

NTC
Premier Steels

मोरङको पथरीशनिश्चरे नगरपालिकाको कार्यक्रममा वडाध्यक्षलाई नगर प्रहरी लगाएर बैठकस्थलबाट बाहिर निकालिएको छ ।

Muktinath Bank

आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा बैठकबाट ४ नम्बरका वडाध्यक्ष गोविन्दबहादुर भण्डारीलाई नगर प्रमुख (मेयर) दिलिपकुमार राईले नगर प्रहरी लगाएर गलहत्त्याएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘१ वर्षमा नगरपालिकामा ४२ लाख रुपैयाँको इन्धन खरिद भएको रहेछ,’ उनले भने, ‘३ महिनादेखि यत्रो इन्धन कसरी प्रयोग भयो ? कसकसले प्रयोग गरिरहेका छन् भनेर सूचना माग्दा नदिएपछि कार्यक्रममा कुरा उठाउँदा मलाई नगर प्रहरी लगाएर बाहिर निकालियो ।’


Advertisment
Nabil box
Kumari

५० लाख रुपैयाँको फर्निचर खरिद गरिँदा ‘कार्यपालिकाको निर्णय खै’ भन्दा मेयरले ‘यसलाई निकाल’ भनेपछि ३ जना नगर प्रहरी आएर लछारपछार पार्दै कार्यक्रमस्थलबाट निकालेको आरोप उनले लगाए । मेयरले कार्यपालिका बैठकमा बस्न नदिने भनेको गुनासो समेत उनले लगाए । 

Vianet communication

तर मेयर राईले वडाध्यक्षमाथि उल्टै आरोप लगाएका छन् । जनताको कामभन्दा आफ्ना काम कहिले हुन्छ भन्ने उद्देश्य बोकेर जनप्रतिनिधिहरू हिँड्ने गरेका कारण प्रगति हुन नसकेको मेयर राईले बताए ।

‘अध्यक्षज्यूले मोटरसाइकल मर्मत गरेर बिल ल्याउनुभएको रहेछ,’ मेयर राईले भने, ‘उहाँको बिल लेखा शाखामा रोकिएको रहेछ, पैसा छिटो किन नदिएको भनेर जथाभावी बोल्न थालेपछि  निकालिएको हो ।’

बिल पास नभएको भन्दै कार्यक्रमस्थलमा आएर अन्य जनप्रतिनिधिलाई पनि अभद्र व्यवहार गरेपछि सम्झाउँदा नमानेकाले नगर प्रहरी लगाएर निकालिएको राईले बताए । उनले वडाध्यक्ष भण्डारीलाई भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिए ।

वडाध्यक्ष भण्डारीले आफ्नो जिउज्यानको सुरक्षाको माग राख्दै ईलाका प्रहरी कार्यालयमा जाहेरी दिए पनि दर्ता गर्न नमानेको आरोप लगाए । वडाध्यक्ष भण्डारीले गत साउनदेखि यता मोटरसाइकल मर्मत गरेको बिल ल्याएको स्वीकारेका छन् । १० हजार बिल ल्याएर दिँदा लेखा प्रमुखले फालिदिएको उनले आरोप लगाए ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा गएर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गर्न माग गर्ने समेत उनले बताए ।

भण्डारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् भने नगर प्रमुख राई नेकपा एमालेबाट निर्वाचित हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x