×

X
Nic Asia
Marvel

गुल्मीमा कांग्रेसको नेतृत्वका लागि २ नेताले गरे उम्मेदवारी घोषणा

बुटवल | मंसिर ९, २०७८

NTC
Premier Steels
British college
TVS INSIDE

गुल्मी कांग्रेस नेतृत्वका लागि दुई जना युवा नेताले उम्मेदवारी घोषणा गरेका छन् ।

DHARA
LAxmi BAnk

गुल्मीको आठौं जिल्ला अधिवेशन शुक्रबार शनिबार हुँदैछ । अहिलेसम्म सभापतिका दुई आकांक्षीले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

महाधिवेशन प्रतिनिधिद्वय खिलध्वज पन्थी र बेद बहादुर थापामगरले सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

पन्थी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । पन्थीले पत्रकार सम्मेलन र थापाले सामाजिक संजालमार्फत उम्मेदवारीको घोषणा गरेका हुन् । खिलध्वज पन्थी नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव हुन् । 


Advertisment
Saurya island

पन्थी भर्खरै सम्पन्न भएको क्षेत्र नं १ को कांग्रेस क्षेत्रीय निर्वाचनमा सबैभन्दा बढी ६२३ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । बिजय भएर उत्सब मनाएका र पराजित भएर मन दुखाएका सवै साथीहरुलाई एकतावद्ध बनाएर आर्थिक क्रान्ति र वास्तविक समाजवाद निर्माणमा आफुले काम गर्ने पन्थीको भनाइ छ । 

बेद थापामगर पनि कांग्रेस सभापतिका दावेदार हुन् । उनी अहिले कालीगण्डकी गाउँपालिकाका प्रमुख छन । उनी क्षेत्र नं १ को कांग्रेस क्षेत्रीय निर्वाचनमा ५८७ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि भए । थापामगर यस अगाडि जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार थिए । उनले पार्टीलाई संस्थागत गर्न, गुटबन्दीको अन्त्य गरेर वडा, पालिका, क्षेत्र तथा महाधिवेशन प्रतिनिधिमा पराजित मित्रहरूलाई सँगै लिएर अगाडि बढ्न सभापतिमा उम्मेदवारीको घोषणा गरेको बताए । 

Vianet communication
IME BANK INNEWS

उनले महाधिवेशनका सवै प्रतिनिधी विवेकशील भएकाले अभिमतको कदर गर्न आफु तयार रहेको बताए । थापामगर देउवा पक्षका उम्मेदवार हुन् । जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले सर्वसम्मत नेतृत्व आफुले पाउनुपर्ने तर्क गर्दै आएका छन् । तर, आधिकारिक उम्मेदवारीको घोषणा गरेका छैनन् । सभापतिको दाबेदार महेन्द्र भण्डारी, विष्णु सापकोटा, विष्णु बलाल, श्रीप्रसाद भलामी लगायतका नेताले औपचारिक घोषणा गरेका छैनन् । अहिलेसम्म जिल्लामा देउवा र पौडेल पक्षको चर्चा देखिएको छ । 

प्रतिनिधिको हिसावले पौडेल पक्ष बलियो देखिए पनि सजिलोसँग नेतृत्व पौडेल पक्षलाई नदिने दाउमा देउवा पक्ष छ । क्षेत्र नं २ मा दरिलो देखिएको पौडेल पक्षको आडमा खिलध्वज पन्थीले सभापतिको उम्मेदवारी घोषणा गरेका छन्  भने  क्षेत्र नं १ मा बेद थापा मगरले आफुले प्राप्त गरेको मतसँगै क्षेत्र नं १ र २ मा पौडेल पक्षबाट असन्तुष्ट मतहरु बटुलेर नेतृत्व लिने कसरतमा लागेको कांग्रेसका एक नेताले बताए । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

प्रदेशसभामा सिट बाँडफाडको जिम्मा प्रदेश कमिटीलाई नदिएपछि प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् ।  गठबन्धनमा आबद्ध दलहरूले प्रदेशसभाको सिट बाँ...

असोज ९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी  बढाउन निर्देशन दिएका छन् । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसहित चार मन्त्री र सचिवहरूसहितको उच्च...

असोज ९, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली सेना परिचालन गर्नका लागि स्वीकृत दिएकी छन् । आइतवार उनले सेना परिचालनको स्वीकृति प्रदान गरेकी हुन् ।  ...

असोज ९, २०७९

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामुख अग्निप्रसाद सापकोटाको वैधताबारे प्रश्न उठाएका छन् । सापेकाटाले सभामुखको हैसियतमा गरेका निर्णयहरूमाथि उनले प्रश्न उठाएका हुन् । आइतवार संघीय संसद् सचिवालयका मह...

असोज ९, २०७९

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताका बारेमा राजनीतिक दलहरूको फरक–फरक मत आएको बताएका छन् । उनले आगामी दिनमा पनि दलहरूको परामर्श र सरसल्लाहमा सहजीकरण गर्दै जाने प्रतिबद्धता प्रमुख ...

असोज ९, २०७९

राजनीतिक दलका नेताहरूले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलक...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x