×
Bajaj Top
Khukuri
FONEPAY

साहसिक पर्यटनको क्षेत्रमा वर्षाैंदेखि कानून अभाव

काठमाडाैं | मंसिर ११, २०७८

NTC
TVS INSIDE

हिमाल, उच्च पहाड, भीर, पहरा, नदीनाला, छहराको देश नेपालमा साहसिक पर्यटनको सम्भावना प्रशस्त छ ।

Sanima Bank
morang Auto yamaha

यद्यपि त्यसको व्यावसायिक विकासका लागि स्पष्ट कानूनी अभावको सम्बोधन भने हुन नसकेको गुनासो छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

साहसिक पर्यटन प्रवद्र्धनका कार्य देशका विभिन्न भागमा भइरहेका छन् । बन्जी जम्प, जिप फ्लायर, र्‍याफ्टिङ, मोटरबोट, केबलकार, रोपलाइन सञ्चालनमा रहे पनि यसको सञ्चालन अनुमतिसम्बन्धी स्पष्ट कानूनी आधार छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमका अनुसार रज्जुमार्ग तथा केबलकार सञ्चालनसम्बन्धी नीति निर्माण गरी मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको करीब १ वर्ष भइसकेको छ । यद्यपि नीति मन्त्रिपरिषद्बाट अहिलेसम्म स्वीकृति भएको छैन ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अहिलेसम्म रज्जुमार्ग कहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कहिले पर्यटन मन्त्रालय त कहिले उद्योग मन्त्रालयको पटके निर्णयका आधारमा सञ्चालन हुँदैआएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अधिकार क्षेत्रमा भने २०७५ सालदेखि आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा नवीन पर्यटकीय सेवा तथा कार्यहरू टे«किङ, कायाकिङ, क्यानोनिङ बन्जी जम्प, जिप फ्लायर, र्‍याफ्टिङ, मोटरबोट, केबलकार लगायत मनोरञ्जनका माध्यमको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमनसम्बन्धी कार्य स्थानीय तहको क्षेत्राधिकारमा पर्ने उल्लेख गरिए पनि सञ्चालनको अनुमति दिने कुरा ऐनमा स्पष्ट उल्लेख नभएको गौतमले बताए ।

‘कतिपय व्यवसायीले स्थानीय तहको स्वीकृतिमा नेपालका विभिन्न स्थानमा केबलकार सञ्चालनमा ल्याएका छन्,’ उनले भने, ‘केबलकार लगायतका सबै रज्जुमार्ग मनोरञ्जनसँगै जोखिमयुक्त यात्रा भएकाले यससम्बन्धी सञ्चालन व्यवस्थापनको नीति अत्यावश्यक छ ।’

उनका अनुसार रज्जुमार्ग तथा केबलकारको निर्माण एवं सञ्चालन अनुमति प्रदान गर्ने, अनुगमन, नियमन गर्ने र लाभको बाँडफाँट जस्ता विषयमा तहगत सरकारबीच स्पष्ट कार्यजिम्मेवारी निर्धारण नहुँदा लगानीको वातावरण सहज हुन सकेको छैन । गोरखापत्रमा खबर छ ।
 

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

केही  दिनदेखि  निरन्तर  ओरालो लागिरहेको  शेयर बजार  २८  सयको  बिन्दुभन्दा  पनि  तल लागेको छ । सेयर बजार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आउन...

माघ १३, २०७८

ताप्लेजुङको       पाथीभरा       याङ्वरक       गाउँपालिका–१   नाङ्खोल्याङस्थित   खहरे   टोलका  प्रत्येक  घरमा  खानेपानीको &n...

माघ १३, २०७८

कोभिड–१९   को   नयाँ   भेरियन्ट ओमिक्रोनले   विश्वलाई   आक्रान्त बनाउन  थालेपछि  विश्व  अर्थतन्त्र अपेक्षितभन्दा  अझ  कमजोर  हुने प्रक्षेपण गर्न थालिए...

माघ १३, २०७८

मोबाइल फोनबाट दिनहुँ सम्पर्क गरेर विवाह गर्ने भन्दै ललाइफकाइ गरी भारततर्फ बेच्न लैजाँदै गरेकी बैतडी घरभएकी १४ वर्षीया बालिकालाई प्रहरीले वीरगञ्जबाट उद्धार गरेको छ । ​ मानव  बेचबिखनमा  संलग्न &nbs...

माघ १३, २०७८

काठमाडौं र ललितपुरका विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिएको २८ दिनपछि यही माघ २४ गतेबाट दोस्रो मात्राको खोप अभियान शुरू हुने भएको छ । यसका लागि विद्या...

माघ १३, २०७८

पृथ्वीमा मानिसलाई हमला गर्ने सबैभन्दा खतरनाक जीवमा लामखुट्टेको नाम पहिलो स्थानमा छ । यही एकमात्र जीव हो जसले सर्वाधिक मानिसलाई आफ्नो शिकार बनाइरहेको छ ।  लामखुट्टेले टोकेपछि अनेक प्रकारको रोग लागे...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...