×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन : झापाका १७ जना केन्द्रीय कमिटीका आकाङ्क्षी

मंसिर ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

झापा जिल्लाको राजनीतिक भूगोलमा सक्रिय नेकपा (एमाले)का शीर्षस्थदेखि जिल्ला नेता चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा सदस्य पदमा उम्मेद्वार बन्ने भएका छन् ।

Muktinath Bank

झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर मुलुकको प्रधानमन्त्री भइसकेका पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पुनः एक कार्यकाल अध्यक्ष बन्नका लागि उम्मेद्वार बन्ने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीको प्रदेश नं १ कमिटीका अध्यक्ष देबराज घिमिरेले जारी महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । उनी यसअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भइसकेका हुन्।


Advertisment
Nabil box
Kumari

यसैगरी पार्टीको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका अग्नि खरेल, देवेन्द्र दाहाल, रबिन कोइराला, हिक्मत कार्की, हरि राजवंशी र जितु गौतम १०औँ महाधिवेशनमा समेत केन्द्रीय सदस्य पदको आकाङ्क्षी रहेका छ । नेता खरेल पूर्वकानुनमन्त्री, दाहाल राष्ट्रियसभा सदस्य, कोइराला संविधानसभा सदस्य, कार्की प्रदेश नं १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री, राजवंशी सांसद र गौतम संविधानसभा सदस्य छन्।

Vianet communication
Laxmi Bank

प्रदेश नं १ की पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक, प्रदेश सांसद एकराज कार्की, प्रदेश सांसद वसन्त बानियाँ र संविधानसभा सदस्य दीपक कार्कीले पनि केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमालेमा सक्रिय नेता दुर्गा प्रसाईँले केन्द्रीय सदस्यका लागि उम्मेद्वार बन्ने आकाङ्क्षा राखेका छन् । सहमतिबाट केन्द्रीय पदाधिकारी चयन गर्न प्रयास भइरहे तापनि केन्द्रीय सदस्य पदका आकाङ्क्षी धेरै भएकाले निर्वाचन नै हुने सम्भावना भएको आकाङ्क्षीहरू नै बताउँछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x