×

NMB BANK
NIC ASIA

नाम जनताको जलविद्युत्, काम औसत

मंसिर १३, २०७८

NTC
Premier Steels

सरकारले विशेष प्राथमिकताका साथ जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेका तीन जलविद्युत् आयोजनामा आशातीत प्रगति हुन सकेको छैन ।

रसुवामा आयोजना स्थल रहेका ती आयोजनाको हरेक वर्ष विद्युत् उत्पादनको मिति सर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले पटकपटक स्थलगत निरीक्षण गरेर निर्देशन दिए पनि आयोजनाको काम प्रभावकारी हुन सकेको छैन ।

Muktinath Bank

नेपालको जलविद्युत् क्षेत्रमा एउटा उदाहरण बनेको चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका ती आयोजनाबाट कहिले विद्युत् उत्पादन हुन्छ भनेर निर्क्यौल गर्नसमेत अप्ठ्यारो हुन थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राकृतिक विपद्, कोरोना भाइरस सङ्क्रमण जोखिमलगायत कारणले आयोजनाको समय र लागत दुवै बढ्दै गएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । आयोजना छिटो सक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लगातार ताकेता गर्दै आउनु भए पनि अवस्था उस्तै छ ।


Advertisment
Nabil box
Kumari

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेका आयोजनाहरु सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणको नेतृत्व ताते पनि प्रसारण लाइनको अवस्था उस्तै छ । कहिले प्रसारण लाइन सकिने र आयोजनाको काम सकिए पनि बिजुली जोड्ने कुनै ठेगान छैन । भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढीपहिरो, कोभिड–१९ को महामारी लगायतका कारणले आयोजना निर्माणमा जटिलता उत्पन्न भए पनि सहज अवस्थामा समेत काममा गति देखिएको छैन ।

Vianet communication

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्। चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले नै तीनवटै आयोजनाको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाएका थिए । 'मुख्य सिभिल संरचनाहरुको निर्माण सम्पन्न भइसकेका छन्, सर्वसाधारणको पनि लगानी रहेको आयोजनाको निर्माण यथासक्य छिट्टो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ', उनले भने, 'बाँकी रहेका कामहरु समानान्तर रुपमा अगाडि बढाएर सात÷आठ महिनाभित्रमा सम्पन्न गर्नुपर्छ ।'

माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायत सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान  सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ । माथिल्लो सान्जेनको क्यासकेडका रुपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिक चीनबाट नआउँदा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिक मङ्गलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकले उपकरणहरु जडान सुरु गर्नेछन् । प्रसारण लाइनको टावरहरु निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकी छ ।

रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।

'इलेक्ट्रोमेकानिक ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ, उपकरणहरु जडानका लागि ठाउँको अभाव छैन, कामदार थपेर सबै ठाउँमा समानान्तर रुपमा काम गरी आठ÷नौ महिनाभित्र सक्नुहोस्, ठेकेदारले व्यहोरिरहेको समस्या समाधानका लागि हामी सहजीकरण गर्नेछौँ', कार्यकारी निर्देशक घिसिङले भने।

तीनवटै आयोजनाहरुको विद्युत् निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिनेछ । चिलिमे  तथा त्रिशूली थ्री बी हब सबस्टेसन र चिलिमी–त्रिशूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।  रमेश लम्साल,रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x