कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मंसिर १५, २०७८
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा स्टार्टअप इकोसिस्टमलाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन् ।
बुधवार अन्तर्राष्ट्रिय श्रम संगठनद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झेल्नुपरेको बताए । यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको उनको भनाइ छ ।
उनले दक्षिण एशियामा ठूलो बजारका कारण स्टार्टअप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्टअपहरुलाई अनुकूल वातावरण समेत रहेको बताए ।
‘विशेष गरी युवा व्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसाय गर्ने नयाँ–नयाँ तरिकाको बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्टअप व्यवसायहरूको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ,’ उनले भने ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले यस्ता नवप्रवर्तन व्यवसायीहरू र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेको बताउँदै उनले विशेष गरी महिला र युवाहरूलाई महासंघले सहयोग गरेको बताए ।
‘महासंघले आईहब र स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत् महिला तथा युवा व्यवसायीहरूलाई विशेष सहयोग तथा सहजीकरण गर्ने गरेको छ,’ उनले भने, ‘आईहबमा हामीले व्यवसायमा लाग्न चाहने युवाहरूलाई सूचनामा पहुँच दिई उनीहरूलाई व्यवसाय, बजार तथा सूचना प्रविधिबारे सिक्ने अवसर प्रदान गर्ने गरेका छौं ।’
त्यसैगरी स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत् नेपाल सरकारसँगको सहकार्यमा स्टार्टअप नीति बनाउने काम भइरहेको उनले बताए । साथै महासंघले स्टार्टअप तथा नवप्रवर्तन व्यवसायीहरूलाई सहयोग तथा सहजीकरणका लागि सातवटै प्रदेशमा नेपाल सरकारसँगको सहकार्यमा इन्क्यूबेटर सेन्टरहरू स्थापना गर्न गइरहेकोसमेत उनले जानकारी दिए ।
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...