×

NMB BANK
NIC ASIA

एनएमबी बैंकले पायो ‘बैंक अफ द इयर–एसिया’ अवार्ड, अध्यक्ष गोल्यानले भने : अबको पाँच वर्षभित्र विश्वकै सर्वोत्कृष्ट बन्ने सपना छ

मंसिर १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

एनएमबि बैंक 'बैंक अफ दि इयर-एसिया' २०२१ घोषित भएको छ ।

Muktinath Bank

एनएमबि बैंक एशियाको उत्कृष्ट बैंक बन्ने नेपालको पहिलो बैंक हुँदै ५ वर्षमा चौथोपटक बैंक अफ द इयरसमेत बनेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द फाईनान्सियल टाइमसको द बैंकर म्यागेजिनले प्रदान गर्दै आइरहेको विश्वका उत्कृष्ट बैंक अवार्ड एनएमबी बैंकले पाएको हो ।


Advertisment
Nabil box
Kumari

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अवार्ड सार्वजनिक गरेको हो। बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड बैंकलाई हस्तान्तरण गरेका थिए। नेपालमा यसअघि यो अवार्ड कुनै बैंकले पाएका छैनन्।

Vianet communication
Laxmi Bank

बैंकको १३ वर्षको करिअरमा एनएमबी बैंक यो स्थानमा पुग्नु गर्वको कुरा भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

व्यवस्थापन र ग्राहकको विश्वासका कारण एनएमबी बैंकले सफलता पाएको सीईओ केसीको दावी छ ।

'अरुको भन्दा फरक ढिलो बाटो तर गन्तव्यमा पुग्ने बाटो एनएमबिले रोजेको छ,' सीईओ केसीले भने । 

विश्वका विभिन्न चर्चित बैंकसँग प्रतिस्पर्धा गरेर एनएमबी छनोट भएको सीईओ केसीको भनाइ छ ।

'एनएमबिले वर्ल्डको टप बैंकसँग प्रतिस्पर्धा गरेको र दिगो बैंकिङको एजेन्डा लिएकै कारणले नेपालका अन्य बैंक भन्दा पृथक र अघि भएको हो,' उनले भने, 'बैंकले ४५ भन्दा बढी हाइड्रो प्रोजेक्टमा लगानी गरेको छ, सिमेन्टमा लगानी गरि मुलुकलाई सिमेन्टमा आत्मानिर्भर बैंकले बनाउन सहयोग गरेको छ ।'

सीईओ केसीले एशियाका ४८ मुलुकको सर्वोत्कृष्ट बैंक बन्नु एनएमबीको मात्र नभएर नेपाल राष्ट्र बैंकको समेत जीत भएको उनले बताए ।

'एशियाका ४८ मुलुकको सर्वोत्कृष्ट बैंक बन्नु सबैको जीत हो, बैंक मात्रै हैन नेपाल र नेपाल राष्ट्र बैकको जित हो,' केसीले थपे, 'आफूभन्दा अघि आएका बैंकहरु भन्दा एनएमबिले दिगो विकासका लागि काम गरेको हुँदा उत्कृष्ट भएको, नेपालको मात्रै नभएर अन्य मुलुकका बैंकलाई पनि पछि पारेको छ ।'

उक्त अवार्ड पछि नेपालले एसियाका अन्य बैंक तथा वित्तीय संस्थासम्म पहुँच पुर्‍याउन थप सहज हुने केसीले बताए। अवार्ड जितेपछि विदेशी बैंक तथा वित्तीय संस्थाले नेपाली संस्थालाई पत्याउन सक्ने आधार तय गरेको जिकिर गरे।

बैंकले यसअघि चार वर्षमा तीनपटक 'बैंक अफ द इयर अवार्ड' जितेको थियो।

फाइनान्सिलय टाइम्सले बैंकलाई सन् २०१७, २०१८ र २०२० मा गरी तीनपटक यो अवार्ड दिएको थियो। २०२१ मा भने बैंकले एसियाकै सर्वोत्कृष्ट बैंकको टाइटल अवार्ड जितेको हो । यससँगै 'बैंक अफ दि एयर २०२१' अवार्ड पनि एनएमबिले नै चौथो पटक पनि पाएको छ।

बैंकका अध्यक्ष पवनकुमार गोल्यानले आफूले चार वर्षअघि देखेको सपना पूरा भएको बताएका छन् ।

लन्डनमा पहिलो अवार्ड पाउँदा तीन वर्षभित्र यो अवार्ड पाउने गरी काम गर्न सीईओ केसीसँग छलफल गरेको स्मरण गर्दै अध्यक्ष गोल्यानले एक वर्ष ढिलो गरी भए पनि अवार्ड पाउनु सुखद उपलब्धि भएको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै गोल्यानले भने, 'अबको पाँच वर्षभित्र विश्वकै सर्वोत्कृष्ट बैंक बन्ने सपना छ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x