×
Bajaj Top
Khukuri
FONEPAY

राप्रपा महाधिवेशनको लक्ष्यः ‘राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना’

काठमाडाैं | मंसिर १६, २०७८

NTC
TVS INSIDE

राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको साझा लक्ष्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले राजधानीको भृकुटीमण्डपमा बुधबार संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गरेका हुन् ।

Sanima Bank
morang Auto yamaha

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपाले संसद्मा बहुमत पु¥याएर संविधान संशोधन गरी राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापना गर्नेभन्दा सके संसद् नसके सडकबाटै आन्दोलनमार्फत जनदबाब बढाएर राजतन्त्र र हिन्दुराष्ट्र पुर्नस्थापना गर्ने रणनीति अघि बढाउने बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island


‘नागार्जुन रहेका राजालाई नारायणहिटी ल्याउँछौं, हाम्रो ध्येय यही हो, राप्रपाले सके संसद् नसके सडकबाट आन्दोलनमार्फत राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापनाको एजेन्डा अघि बढाउँछ, अबको लक्ष्य जनता आऊ राजा ल्याऊ हो,’ थापाले भने ।
उनले संसद्बाहिर रहेका दलसहितका अन्य शक्तिलाई पनि राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापनाको साझा एजेन्डामा समेट्ने गरी रणनीति लिनेसमेत बताए ।

नेतृत्वका लागि थापा र लिङ्देन मैदानमा

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

अध्यक्ष थापाले विगतको निर्वाचनमा प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये पाँच क्षेत्र र ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये २ सय २५ निर्वाचन क्षेत्रमा उम्मेदवारी नदिँदा राप्रपा कमजोर बनेको स्वीकार गरे । उनले अन्य राजनीतिक दलहरूको आरोहअवरोह पनि देखेको भन्दै राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावले नलेख्नेसमेत दाबी गरे ।

एकता महाधिवेशन भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । यसपटकको महाधिवेशनमा हालका अध्यक्ष त्रयमध्येका जबरा र लोहनी भने मैदान बाहिरै रहने निर्णयमा पुगेका छन् । राप्रपाले नयाँ नेतृत्व चयन गर्न आजै प्रक्रिया सुरु गर्दै छ ।

राप्रपा महाधिवेशनमा ४५ सय महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । राप्रपाले यसपटक सिधै सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर केन्द्रीय नेतृत्व चुन्न लागेको हो ।

राप्रपाको संशोधित विधानअनुसार केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । १७ गतेसम्म चल्ने महाधिवेशनमार्फत भने राप्रपाले १ सय ४९ जनालाई निर्वाचनमार्फत केन्द्रीय समितिमा चयन गर्नेछ । राप्रपा विधानमा ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी विधान संशोधन गरिएको हो ।

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार यसअघि अध्यक्ष चुन्न मात्रै मतदान हुने गरेकामा यसपटकबाट भने अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन हुन लागेको हो ।

राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ ।

जसमध्ये अध्यक्ष, एक महिलासहित तीन जना उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री निर्वाचनबाट चयन हुने नेता श्रेष्ठले जानकारी दिएका हुन् । उनका अनुसार राप्रपाको इतिहासमा अध्यक्षबाहेकका पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको यो पहिलोपटक हो ।

निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना भने महिला रहनेछन् । बाँकी १ सय जना भने पुरुष हुनेछन् ।

राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना (आठ पुरुष र ६ महिला), मधेसी ११ जना (६ पुरुष, ५ महिला), उत्पीडित तीन जना (दुई पुरुष एक महिला), कर्णाली तथा पिछडिएको क्षेत्र दुई जना (एक महिला एक पुरुष) मुस्लिम तीन जना (दुई पुरुष एक महिला), थारु दुई जना (एक पुरुष एक महिला) र प्रवासबाट दुई जना निर्वाचित हुनेछन् ।
संशोधित विधानलाई पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले पारित गरिसकेको छ भने महाधिवेशनबाट सो संशोधित विधान अनुमोदन गर्ने राप्रपाको तयारी छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ११, २०७८

सेलिब्रेटीहका विभिन्न क्रियाकलाप, लवाइखुवाइदेखि कहिलेकाहीँ सामान्य विषय पनि चर्चाको विषय बन्ने गर्छ ।  विभिन्न अवसरमा महँगा कपडा लगाएका कारण सेलिब्रेटीहरू चर्चामा रहने गर्छन् । नवविवाहित बलिउड अभिने...

माघ ११, २०७८

सर्लाहीको दक्षिणी भेगस्थित भारतसँग सीमा जोडिएको  विष्णु  गाउँपालिकाले  प्रत्येक  परिवारलाई  ग्यास  चुलो  वितरण गर्न शुरू गरेको छ । गाउँपालिकालाई   धुवाँमुक्त  ...

माघ ११, २०७८

नेपालगञ्ज उपमहानगरपालिका २२ किंगरियन परिवारकी यास्मिन बानोको दिनचर्या आजकल फेरिएको छ । अघिपछिका दिनमा घरमै बसेर बालबच्चा हेर्ने र चुलो चौको गरेर दिन बिताउने उनी आजकल साढे ३ वर्ष, डेढ वर्ष र ६ महिनाका त...

माघ ११, २०७८

दुई पटककी ग्रान्डस्लाम विजेता सिमोना हालेप अस्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएकी छन् ।  सोमवार मेलबर्नमा भएको चौथो चरणको खेलमा फ्रान्सकी अलिज कोर्नेटसँग पराजय बेहोरेपछि हालेप अस्ट्रेलियन ओपनबाट बाहिरिएकी ...

माघ ११, २०७८

झापाको दमकस्थित सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको इमरजेन्सी सेवासमेत बन्द गर्नु पर्ने अवस्था आउन लागेको छ । अस्पतालको प्रयोगशालामा कार्यरत अधिकांश कर्मचारीमा कोरो...

माघ ११, २०७८

गत डिसेम्बरमा विवाह बन्धनमा बाँधिएका थिए बलिउड अभिनेत्री कट्रिना कैफ र बिक्की कौशल ।  अहिले कट्रिना माल्दिभ्समा छिन् । उनी पति बिक्की बिनै माल्दिभ्स पुगेकी हुन् ।  विवाहलगत्तै हनिमुन मनाउन माल्दिभ्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...