×
Bajaj Top
Khukuri
FONEPAY

राजनीति

काँग्रेसको प्रदेश अधिवेशन आजदेखि, शनिबार निर्वाचन

काठमाडाैं | मंसिर १६, २०७८

NTC
TVS INSIDE

महाधिवेशनमा जुटेको नेपाली काँग्रेसको प्रदेश अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ । बिहीबार सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुने तय भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

Sanima Bank
morang Auto yamaha

उनका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ यस्तै शनिबार निर्वाचन हुने उनको भनाइ छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

कांग्रेसको प्रदेश अधिवेशन प्रदेश १ को विराटनगरमा हुनेछ । यस्तै २ को जनकपुरधाममा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ । त्यसका लागि यसअघि नै केन्द्रीय नेताहरुलाई जिम्मेवारी प्रदान गरिसकेको छ ।

अधिवेशनको उद्घाटनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा बागमती प्रदेशको हेटौँडा पुग्ने कार्यक्रम रहेको छ ।  साथै उनबाट सम्बोधन हुने कार्यक्रम रहेको छ । बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको सो अधिवेशनका संयोजक प्रदीप कोइरालाले जानकारी दिए । सो कार्यक्रम हेटौँडामा रहेको वनविज्ञान अध्ययन संस्थानको कम्पाउण्डमा  बिहान ११ बजे हुने बताइएको छ । यस्तै देउवाले सातै प्रदेशको अधिवेशनलाई भर्जुअल माध्यमबाट सम्बोधन गर्ने पनि बताइएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४६७६ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना संक्रमित थपिएका हुन् । काठमाडौंमा ३८ हजार ५...

माघ ९, २०७८

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ नमूना परीक्षणमध्ये ५५९८ पीसीआर र ८६४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  ...

माघ १०, २०७८

पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ नमूना परीक्षणमध्ये ८०५४ पीसीआर र २२६५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । ...

माघ १०, २०७८

आज मिति २०७८ साल मंसिर महिनाको १० गते सोमबार । बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई ‘लोकान्तर राउण्ड अप’ मा समेटिएको छ  । स्थानीय तहको चुनाव वैशाखमै गर्नुपर्ने चौतर्फी दवाबलाई वेवास्ता गर्...

माघ १०, २०७८

वैदेशिक रोजगारीमा गएका एक व्यक्ति सुन तस्करको अपहरणमा परेको रहस्य ३ महिनापछि खुलेको छ ।  सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ का ३० वर्षीय रामेश्वर राम वैदेशिक रोजगारीमा गएर फर्किंदा काठमाडौ...

माघ ९, २०७८

नेपालमा थप २८ जनामा कोरोना ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...