कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
मंसिर २४, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दलहरूबीचको प्रतिस्पर्धाभित्र पनि एकता खोज्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई शुक्रवार भृकुटीमण्डपमा सम्बोधन गर्दै प्रचण्डले दलहरूबीच प्रतिस्पर्धा भए पनि त्यसभित्र एकता खोज्नुपर्ने बताएका हुन् ।
'कहिलेकाहीँ म सुन्छु, पार्टी र साथीहरू एक्लै हिँड्ने कुरा गर्नुहुन्छ । एक्लै हिँड्ने अहंकार कसैले नगरौं । प्रतिस्पर्धा गरे पनि त्यसभित्र एकता खोज्नैपर्ने हुन्छ,' प्रचण्डले भने, 'अहिलेसम्मका सफलता दलहरूको एकताबाटै भएको हो ।'
उनले अहंकार गर्दा ओरालो यात्रा शुरू हुने भन्दै मञ्चमै रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इंगित समेत गरे ।
'जसले अहंकार गर्यो, त्यसको ओरालो यात्रा शुरू भयो भन्ने कुरा नेपालको इतिहासले देखाएको छ,' प्रचण्डले भने ।
उनले जनतामा गरेका वाचा सरकारमा गएपछि पूरा गर्न नसकेको भन्दै नेताहरूले समीक्षा गर्नुपर्ने बताए ।
'एकल पार्टी सत्तामा जाँदा पनि वा संयुक्त रूपले सत्तामा जाँदा पनि हामीले जनतामा जे वाचा गरेका हुन्छौं, त्यो पूरा गर्न सकेका छैनौं,' प्रचण्डले भने, 'हामीले कहीँ न कहीँ धर्ती छाडेको जस्तो महशुस हुन्छ । जनतामा गरिएका वाचाबाट विचलित भएका उदाहरण छन् ।'
प्रचण्डले कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति गलत भएको पनि बताए ।
'एक जनाले भन्नुभयो, नेता आउँदा चोर आयो भन्छन् । के त्यस्तो हो त ? होइन, गलत हो,' प्रचण्डले भने, 'यो केका निम्ति भनियो ? जतिबेला लोकतान्त्रिक राजनीतिक दल, लोकतन्त्रका निम्ति लडेका नेतालाई बदनाम गर्न खोजिन्छ, त्यसलाई तानाशाही ब्यूँताउने षड्यन्त्र हो भनेर बुझिन्छ ।'
उनले निरंकुशताविरुद्ध एवं तानाशाहीविरुद्ध दलहरू एकजुट भएर लडेको स्मरण समेत गरे ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...