×

NIC ASIA

कांग्रेस महाधिवेशन उद्घाटन समारोह

गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्छ, त्यो मेरो जिम्मा भयो– शेरबहादुर देउवा

मंसिर २४, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले सही निर्णय गरे आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्ने बताएका छन् ।

Muktinath Bank

कांग्रेसको वर्तमान सरकार रहिरहे आगामी दिनमा स्थानीय सरकार र केन्द्रीय सरकार पनि कांग्रेसले नै बनाउने दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रवार भृकुटीमण्डपमा सम्बोधन गर्दै देउवाले भविष्यमा केपी ओलीको जस्तो तानाशाही सरकार बन्न नदिने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘जुन हाम्रो सरकार बन्यो, त्यो भन्दा अगाडिको दिन सम्झनुस्, कस्तो थियो ? म प्रधानमन्त्री भएको भोलिपल्ट सारा जनताले मुक्ति पाएजस्तो भयो । सबै मान्छेले ओलीको शासनबाट मुक्ति पाए । हामीले पाएको मुक्ति बचाउने हो कि नबचाउने हो ? यो महाधिवेशनले तय गर्छ,’ देउवाले भने । 

Vianet communication

साँझ अबेरसम्म चलेको उद्घाटन समारोहमा संक्षिप्त मन्तव्य राख्दै देउवाले भविष्यमा तानाशाही सरकार बन्न दिने कि नदिने भन्ने विषयमा महाधिवेशनले निर्णय गर्नुपर्ने बताए । 

‘फेरि तानाशाही सरकार नआओस्, भन्नका लागि यो महाधिवेशनले निर्णय गर्नुपर्छ । निर्णय गरेको खण्डमा गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बन्छ, त्यो मेरो जिम्मा भयो,’ देउवाले भने । 

सभापति देउवाले कांग्रेसको महाधिवेशनमा हुने प्रतिस्पर्धाको मनोमालिन्यबाट माथि उठ्न कार्यकर्तालाई आग्रह गरे । 

‘देशभरीबाट साथीहरू कतै सर्वसम्मत र कतै प्रतिस्पर्धाबाट आउनुभएको छ । मनोमालिन्यबाट माथि उठ्नु पर्नेछ । आन्तरिक निर्वाचनले स्थानीय निर्वाचनमा र राष्ट्रिय निर्वाचनमा समस्या नआओस्,’ देउवाले भने, ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसका हुनेछ । कांग्रेसको सरकार रहिरह्यो भने केन्द्र सरकार पनि कांग्रेसको हुनेछ । त्यसकारण मलाई जिताइदिनुस् । डर त्रासबाट मुक्त सरकार ल्याएर छाडिन्छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x