×

NMB BANK
NIC ASIA

अबको चुनावमा एमालेलाई १ सीट पनि जित्न दिँदैनौं : सहमहामन्त्री यादव

पुस २१, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताहरूलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । उनले अब हुने निर्वाचनमा एमालेलाई १ सीट पनि जित्न नदिने दाबी गरेका छन् ।

Muktinath Bank

रिपोर्टर्स क्लबले बुधवार आयोजना गरेको कार्यक्रममा यादवले भने, ‘अब हुने निर्वाचन हाम्रो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ । हामी ५ दलीय गठबन्धनलाई साथ लिएर आगामी निर्वाचनमा जान्छौं र प्रतिगमनलाई पूरै परास्त गर्छौं । हामी एमालेलाई देशभर एउटा पनि सीट जित्न दिँदैनौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अबको चुनावपछि एमालेप्रति जनताको विश्वास खत्तम हुने पनि दाबी गरे । देउवाकै नेतृत्वमा चुनाव हुने र निर्वाचनसम्म ५ दलीय गठबन्धन कायम रहने पनि यादवले बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘अब जनताले यसअघि गरेको गल्ती सच्याउने छन् ।’ उनले पार्टीभित्र गुटगत किचलो गर्न नहुने धारणा राखे पनि राखे ।

Vianet communication

उनले भने, ‘यो गर्नु गलत हो । जे सुझाव दिने हो, सिधै सभापतिलाई दिनुहोस् । त्यो सुझावको सुनुवाइ हुन्छ ।’

पार्टी सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान खोजेको उनले सुनाए । उनले भने, ‘१४औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले २ वटा केन्द्रीय कमिटीको बैठक राख्नुभयो, अहिलेसम्म १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभयो । कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भएको छ । वडा अधिवेशनबाट प्रारम्भ भएर केन्द्रीय महाधिवेशन सम्पन्न हुँदासम्म, जुनखालको आन्तरिक प्रतिस्पर्धा भएको छ । एशियाली मुलुकका लागि मात्रै होइन, संसारकै लोकतान्त्रिक देशलाई चुनौती भएको छ । तपाईंले एमालेकै महाधिवेशन हेर्नुभयो । खोलाको किनारामा केही मान्छेलाई जम्मा गरेर, पञ्च र्‍यालीजस्तो भयो । अन्य पार्टीको पनि हेर्नुभयो तर नेपाली कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा भयो ।’

पार्टी सभापति देउवा नेपालभित्र र कांग्रेसभित्र पनि लोकतान्त्रिक अभ्यासलाई सर्वोच्च रूपमा, सबभन्दा बढी अभ्यास गराउने नेतामा गनिएका उनले चित्रण गरे । उनले भने, ‘सबैको साझा सभापति हो, हुन त उहाँले सभापतिमा निर्वाचित भएपछि प्रमाणपत्र लिने बेलामा म भोट दिनेको पनि र नदिनेको पनि सभापति हुँ भन्नुभयो । उहाँले कुनै पूर्वाग्रह राख्नुभएको छैन ।’ 

उनले १४औं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा भाग नै नलिएका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेको र दोस्रो वरियतामा राखेको बताए । उनले भने, ‘प्रकाशमानजी, विमलेन्द्र निधिलाई केन्द्रीय समितिमा मनोनित गर्नुभयो । कृष्णप्रसाद सिटौलालाई पनि मनोनति गर्नुभयो । अहिलेसम्म १३ जनाको मनोनित भएको छ । यो मनोनित कुनै गुटको होइन । वरिष्ठ नेता भनेको भोट ल्याएर हुँदैन, पार्टीमा त्याग र तपस्या गरेको नेता भनेको रामचन्द्र पौडेल नै हो । शेरबहादुर देउवापछि पौडेल नै वरिष्ठ नेता हो ।  वरिष्ठ नेता कार्यकर्ताको मनले मानेको हुनुपर्छ । पार्टीलाई योगदान गरेको नेता हुनुपर्छ । अहिले सबै कार्यकर्र्ताको मनमा देउवापछि पौडेल नै हुनुहुन्छ । अहिले देउवाले सम्मान व्यक्त गर्नुभयो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x