×

NMB BANK
NIC ASIA

मामाभान्जाको कृषि फार्ममा २०० गाईबाट दैनिक ५ हजार लिटर दूध उत्पादन, घरघरमै सेवा

पुस २८, २०७८

NTC
Premier Steels

गाउँमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विराटनगरका मामाभान्जाले कृषि उद्यममा हात हालेका छन ।

Muktinath Bank

८ करोड रुपैयाँ लगानीमा विराटनगर महानगरपालिका–१२ का मामा गजेन्द्र शर्मा बञ्जरा र भान्जा सञ्जय चापागाईंले वडाको दरैया बस्तीमा कृषि उद्यम सञ्चालन गरेका छन् । दुवैले ८ महिना अघिदेखि फार्म सञ्चालन गरिरहेका छन् । फार्ममा हाल ५० वटा गाई छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फार्मले दैनिक ८०० लिटर दूध उत्पादन गर्न थालेको छ । आगामी वैशाख महिनादेखि दैनिक १ हजार ५०० लिटर दूध उत्पादन गर्ने गरी कामलाई तीब्रता दिएको चापागाईंले बताए ।


Advertisment
Nabil box
Kumari

फागुनसम्ममा ५० माउ गाई थप गरेर १ हजार ५०० लिटर दूध बेच्ने उनले बताए । मामाभान्जाको फार्मको नाम भने ‘बञ्जरा कृषि फार्म’ राखिएको छ । अहिले फार्ममा २५–४२ लिटरसम्म दूध दिने होलस्टेन जर्सी गाईहरू छन् । मामा गजेन्द्र शर्मा चीनमा रोजगारीमा छन् ।
 
केही दिनभित्रै थप १५ वटा गाई भारतको पञ्जाबबाट आइपुग्ने फार्मले जनाएको छ । ३ चरणमा ५० करोड लगानी गर्ने लक्ष्य राखेर ८ महिनाअघि शुरू गरेको कृषि फार्मले अटोमेटिक प्रविधिमा आधारित डेरी उद्योग सञ्चालनको तयारी समेत शुरू गरेको छ ।

Vianet communication

गाईलाई घाँस तथा पानी खुवाउने, गोबर सोहोर्ने, दूध दुहुने लगायतका काम उपकरणबाट गरिने फार्म सञ्चालक सञ्जयले बताए ।

फार्म पूर्णरूपमा सञ्चालनमा आएपछि दैनिक ५ हजार लिटर दूध र ५०० किलोग्राम तरकारी उत्पादन गरी बजारमा पठाउने योजना फार्मको रहेको छ । ५ बिगाहा जमिनमा फैलिएको फार्ममा दूधसँगै तरकारी समेत उत्पादन गर्ने गरिएको छ ।

दैनिक ५ हजार लिटर दूध र ५०० किलोग्राम अग्र्यानिक तरकारी उत्पादन गरेर स्थानीय बजारमै पुर्‍याएर बेच्ने गरिएको छ । २५ जनाले दैनिक रोजगारी पाइरहेका सञ्जयले बताए ।

दुग्धजन्य वस्तुको उत्पादन, गाईको ब्रिडिङ, दानाको रूपमा प्रयोग हुने साइलेज पूर्ण क्षमतामा उत्पादन गरी कृषकहरूलाई बिक्री गर्ने योजना रहेको सञ्जयले सुनाए । अग्र्यानिक गड्यौले मल उत्पादन गर्ने तयारी गरिएको समेत उनले बताए ।

तेस्रो चरणमा सन् २०२३ सम्म कूल लगानी ५० करोड रुपैयाँ पुर्‍याइने सञ्चालकको तयारी छ । ‘हाइब्रिड’ बाच्छी उत्पादन गरेर किसानलाई उपलब्ध गराउने लक्ष्य समेत लिएको उनले बताए । 

गाईको आहारका लागि देवानगञ्जका किसानले ५० बिघा खेतमा लगाएको मकै किनेर ल्याएर साइलेज बनाउन दिने गरेका छन् । स्थानीय किसानले वर्षमा २ पटक मकैखेती गर्ने गरेका छन् । फार्मले मकै काट्ने र साइलेज बनाउने ‘मोबाइल मशिन’ किसानको खेतमै पुर्‍याउने गरेको छ । खेतमा रोपेको मकै ८५औं दिनमा काटेर साइलेज बनाइरहेको र आगामी दिनमा थप क्षेत्रफलका लागि किसानसँग सम्झौता गर्ने तयारी भइरहेको चापागाईंले बताए ।

भारतको पंजावबाट १ जना पशु डाक्टर समेत फार्मले ल्याएर राखेको छ । फार्मबाट गाई तथा बाच्छीहरू किनेर लाने किसानलाई निःशुल्क डाक्टरको सेवा समेत उपलब्ध गराउने गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x