×

NMB BANK
NIC ASIA

कैलालीका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका सेनाका मेजर शाही बर्खास्त

माघ ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका कैलालीका सेनानी (मेजर) अशोकजंग शाहीलाई सैनिक अदालतले सेवाबाट बर्खास्त गरेको छ । 

Muktinath Bank

‘उहाँलाई केही दिनअघि सैनिक अदालतले बर्खास्त गरेको हो,’ सैनिक प्रवक्ता नारायण सिलवालले लोकान्तरसँग भने, ‘उहाँलाई कैलालीको विषयमा बर्खास्त गरिएको हो ।’
 
के थियो प्रकरण ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बडुवाल हत्या घटनाभन्दा २ दिनअघि कात्तिक २१ गते राति करीब १० बजे मेजर शाही मदिराले मात्तिएर लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित संगम होटलमा पछाडिपट्टिबाट पसेका थिए ।


Advertisment
Nabil box
Kumari

जान खोजेकोभन्दा अर्कै होटलमा बन्द भइसकेको अवस्थामा उनी भित्र प्रवेश गरेका थिए ।

Vianet communication
Laxmi Bank

लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी (मेजर) शाहीले आफ्नो पदीय रवाफमा स्थानीय तथा होटल सञ्चालकमाथि मुख छाडेपछि उनी चढेको गाडी र ईलाका प्रहरी कार्यालयमा तोडफोड भयो । 

आक्रोशित स्थानीयले १६ टाँका लगाउनुपर्ने गरी शाहीको टाउकोमा ढुंगा बसाए । मेजर शाहीको आचरण विपरीतको हर्कत र बदलामा शाहीमाथि ज्यानै जाने गरी कुटपिट, प्रहरी कार्यालयमा तोडफोड सहितको घटनामा प्रहरी चुपचाप बस्यो ।

पदीय रवाफ प्रदर्शन गर्ने शाहीमाथि न कुनै मुद्दा चलाइयो, न प्रहरी कार्यालय र गाडी तोडफोड गर्नेमाथि मुद्दा चलाइयो । 

फिल्मी शैलीमा राजनीतिक दल, जनप्रतिनिधि र प्रहरी सबै मिलापत्र गराउन र दोषीलाई जोगाउनमै केन्द्रित भए । आफ्नो कार्यालय नै तोडफोड हुँदा पनि प्रहरीले त्यो घटना मिलापत्रमा टुंग्याउन भूमिका खेल्यो ।

ईलाका प्रहरी कार्यालय लम्कीमा कात्तिक २२ गते भएको छलफलपछि मेजर शाहीले आफू अर्कै होटल लुक्स पस्न खोजेको तर अर्कै होटल पसेको भन्दै घटनाप्रति क्षमा मागेका थिए । 

तोडफोड भएको गाडी मेजर शाहीले आफैं बनाउने र ईलाका प्रहरी कार्यालय भवनमाथि भएको तोडफोडको जिम्मा तोडफोड गर्ने समूहले लिने सहमति बन्यो । आपसमै मर्मत गर्ने सहमतिपछि घटना नै टुंग्याइयो । कसैले कसैमाथि मुद्दा नचाउने सहमति गरे । त्यसताका कसैविरुद्ध उजुरी नपरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले घटनालाई नजरअन्दाज गर्‍यो ।

तर बडुवाल हत्या प्रकरणले प्रहरीको अनुसन्धानलाई झन्झन् जटिल र गिजोल्न थालेपछि प्रहरी अधिकारीहरू पुर्पुरोमा हात लगाउनुपर्ने अवस्थामा छन् । 

मेजर शाही कुटपिट तथा प्रहरी कार्यालय तोडफोड घटनामा प्रत्यक्ष संलग्न रहेका त्यही संगम होटलका सञ्चालक नवीन रावल र आफन्त धीरज शाहीलगायत हत्या घटनामा मुछिएपछि प्रहरी नै छक्क परेको छ । रावल हालसम्म फरार छन् ।

लम्की र टीकापुर क्षेत्रमा बडुवाल हत्या हुनुभन्दा पहिले नै मेजर शाही घटनामा मुछिएका रावल र अर्को गरी २ समूहबीच ग्याङ फाइट हुने सूचना प्रहरीलाई थियो तर ती सबै सूचना र घटनाक्रमलाई प्रहरीले नजरअन्दाज गर्दा विवाद बढ्यो ।

बडुवाल हत्याकाण्डको भित्री पाटो– सेनाका मेजर शाही 'काण्ड’ मिलापत्रमा टुंग्याउँदाको परिणाम !

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x