जेठ १२, २०७९
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
३० वर्षकी एक महिलाले इटहरीस्थित एक घरमा शुक्रबारदेखि काम गर्न थालिन्।
साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै थिइन्। गछिया खोला पुलनजिक ओर्लिएर एक युवकलाई उनले ‘लोकेसन’ सोधिन्। ती युवकले बहिनीको घर पुर्याइदिने भनी गाडीमा राखेर लगे। तर, झुक्याएर होटलमा पुर्याई राति तीन जनाले बलात्कार गरेको खुलेको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठ पक्राउ परेका छन्। झापा घर बताउने रामबहादुर नेपाली फरार छन्। सुन्दरहरैंचा–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमिली लजका सञ्चालक हुन् अर्जुन। उनी र आरती भने पीडितलाई लिएर उपचार गर्न शनिबार विराटनगर आएका थिए। त्यही बेला उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मञ्जिल मुकारुङले बताए।
आरती त्यही होटलकी कामदार भएको खुलेको छ। उक्त घटनाबारे बेलैमा प्रहरीलाई जानकारी नदिएको, पीडित र उनका आफन्तलाई दुव्र्यवहार गरेको पाइएको डीएसपी मुकारुङले बताए। ‘होटलको एउटा कोठामा थुनेर रातभर महिलालाई तीन जनाले पालैपालो बलात्कार गरेको खुलेको छ’, मुकारुङले भने, ‘प्रहरीले घटनाका बारेमा शनिबार दिउँसो १ बजेतिर मात्रै थाहा पायो।’
अत्यधिक रक्तस्रावका कारण पीडितको अवस्था गम्भीर छ। उनी राम्ररी बोल्न सक्दिनन्। उनलाई कोसी अस्पतालमा भर्ना गरिएको छ। अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले रक्तस्राव रोक्ने प्रयास जारी रहेको बताइन्। ‘रक्तस्राव अत्यधिक भइरहेको छ। रगत धेरै बगेका कारण रक्तचाप पनि निक्कै कम भएर गयो,’ उनले भनिन्, ‘पीडितको उपचारमा कुनै कमजोरी हुन नदिन सक्दो प्रयास गरिरहेका छौं। अवस्था निक्कै गम्भीर छ।’ अन्नपूर्ण पोस्ट दैनिकमा किशोर बुढाथोकीले खबर लेखेका छन् ।
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...