×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा खस्यो ७० प्रतिशत मत

माघ १२, २०७८

NTC
Premier Steels

राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश १ मा हालसम्म ७० प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत भरत लम्सालले साढे ११ बजेसम्ममा ७० प्रतिशत मत खसिसकेको जानकारी दिएका हुन् ।  

Muktinath Bank

बिहान ९ बजेदेखि शुरू मतदानमा तीन पदका लागि ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले तथा राप्रपाका तीन उम्मेदवार एक्ला–एक्लै चुनावी मैदानमा छन् । 


Advertisment
Nabil box
Kumari

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् ।

Vianet communication

स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्य मतदाता हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् ।

निर्वाचनमा प्रदेश सभाका ९३ जना मतदाता हुनेमा टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कारवाही गरेपछि उनको पद रिक्त छ । १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा दुई जनाको निधन भएको कारण २७२ जना मतदाता छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ मुल्याहा गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवा गढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएपछि स्थानीय तहको दुई पद खाली छ । 

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मत भार १८ हुने कानूनी प्रावधान छ । जसअनुसार ९२ प्रदेश सभा सदस्यहरूको मत भार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मत भार ४ हजार ८९६ गरी जम्मा मत भार ९ हजार ३१२ रहेको छ । 

प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको चार हजार ५२४ मत भार रहेको छ भने गठबन्धनको पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मत भार चार हजार ६६८ छ । 

राप्रपाको मतभार १२० छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x