×

NMB BANK
NIC ASIA

चुनाव सार्ने गठबन्धनको कुरा संविधानसम्मत छैन, त्यसलाई कांग्रेसले बोक्नु हुँदैन : गगन थापा

माघ १४, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत गर्नुपर्ने बताएका छन् ।

Muktinath Bank

शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनको सम्बन्धमा अघि सारेका विकल्पहरू संविधानसम्मत नभएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कानून संशोधन गरेर निर्वाचन गरे संविधानसम्मत नहुने भन्दै उनले संविधानसम्मत नभएको कुरालाई कांग्रेसले बोक्न नहुने बताए । पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूले सो कुरा राखिसकेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

गठबन्धनले संविधानसँग बाझिने गरी कुनै पनि काम नगर्नेमा उनले विश्वास व्यक्त गरे ।

Vianet communication

उनले भने, ‘नेपाली कांग्रेसका सभापतिजीलाई मैले आजको छलफलमा पनि भनिसकेको छु र योभन्दा अगाडि पनि भनिसकेको छु र गठबन्धनका नेताहरूसँग मेरो प्रत्यक्ष रूपमा भेटघाट नभएको हुनाले गर्दा म यो माध्यमबाट पनि उहाँहरूलाई के भन्न चाहन्छु भने स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरू गठबन्धनभित्र प्रवेश भएको छ र जुन–जुन विकल्पहरूको बारेमा छलफल भयो भनेर सञ्चारमाध्यमबाट बाहिर आएका छन् । ती कुनै पनि विषयहरू संविधानसम्मत छैन । हामीले त्यो कोणबाट हाम्रो संविधानलाई बुझ्यौ र त्यसको आधारमा स्थानीय निर्वाचनका बारेमा हामी अहिले कानून संशोधन गरेर निर्णय गर्छौं भनेर जुन कुरा आइरहेको छ, गर्‍यौं भने यो संविधानसम्मत हुँदैन । यो संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनै पनि कारण छैन । बोक्नु हुँदैन भन्ने कुरा हामीले हाम्रो सभापतिजीलाई भनिसकेका छौं र गठबन्धनका नेताहरूले पनि यो कुरा बुझ्नुहुन्छ र संविधानसँग बाझिने गरिकन कुनै पनि काम गठबन्धनले गर्दैन भन्ने कुराको मलाई विश्वास छ ।’

सभापति देउवाले सो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिबद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिए । शनिवार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको उनको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x