×

NMB BANK
NIC ASIA

बागमतीमा ‘ब्याक’ भयो सत्ता गठबन्धन, दुई संसदीय समितिमा एमालेको एकल उम्मेदवारी

माघ १६, २०७८

NTC
Premier Steels

बागमती प्रदेश सभामा सोमवार हुने दुईवटा संसदीय समितिको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मात्र उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनले निर्वाचन प्रक्रियामा आफ्नो उम्मेदवार खडा नगर्दा एमालेको मात्रै एकल उम्मेदवारी परेको हो । 

Muktinath Bank

बागमती प्रदेश सभा सचिवालयले अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापतिको निर्वाचनका लागि आइतवार मनोनयन दर्ताको तालिका तय गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ । 


Advertisment
Nabil box
Kumari

सिलवालको प्रस्तावकमा शशीजंग थापा र समर्थकमा आशामाया तामाङ छन् । त्यस्तै पोखरेलको प्रस्तावकमा दावा दोर्जे लामा र समर्थकमा प्रकाश श्रेष्ठ रहेका छन् ।

Vianet communication

गठबन्धनको उम्मेदवार नहुँदा एमालेका उम्मेदवार सर्वसम्मत हुने निश्चित भएको छ । दुईवटै समिति सभापतिका लागि हुने निर्वाचनमा समितिका सदस्यहरूले मात्र निर्वाचन प्रक्रियामा भाग लिने हुँदा दुवै समितिमा एमालेको बहुमत रहेकाले पनि गठबन्धनले उम्मेदवार तय नगरेको बताइन्छ । 

२० जना सदस्य रहेको अर्थ समितिमा एमालेको १२, नेकपा माओवादी केन्द्रको ४, नेकपा (एकीकृत समाजवादी)को २, नेपाली कांग्रेसको १ र विवेकशील साझा पार्टीका १ जना सदस्य छन् । 

शिक्षा समितिमा पनि एमालेको १२, माओवादी केन्द्रको ३, नेपाली कांग्रेसको ३ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को १ जना सदस्य छन् । 

वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिका सदस्यहरू सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहेकाले उनीहरू निर्वाचनमा सहभागी हुन पाउँदैनन् ।

अर्थ तथा विकास समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री बनेसँगै उक्त पद रिक्त थियो । 

शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त हुँदै आएको थियो । 

प्रदेश सभाका सचिव कृष्णहरि खड्काका अनुसार अर्थ तथा विकास समिति सभापति पदको निर्वाचन भोलि सोमवार मध्यान्ह १२ बजेका लागि तय भएको बताए । त्यस्तै शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति पदको निर्वाचन २ बजेका लागि तय गरिएको उनले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x