जेठ ३०, २०८०
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
तपाईंले विश्व इतिहासमा धेरै युद्ध र लडाइँहरूबारे पढ्नुभएको र सुन्नु भएको होला ।
तर, के तपाइँले एउटा तरबुजाका लागि युद्ध लडिएको थाहा पाउनु भएको थियो रु जहाँ हजारौं सैनिकहरू मारिए पनि ।
यो संसारको पहिलो युद्ध हो जुन एउटा मात्र फलको लागि लडिएको थियो ।
यो युद्ध इतिहासमा 'माटिरेको राड' को रूपमा लिपिबद्ध छ । तरबुजालाई भारतको राजस्थानका धेरै इलाकामा मटिरा भनिन्छ र राड भनेको लडाइँ हो । यो अनौठो युद्ध ३७६ वर्षअघि सन् १६४४ मा भएको थियो । तरबुजाको लागि दुई रियासतका जनताबीच लडाइँ भएको थियो ।
वास्तवमा त्यसबेला बिकानेर रियासतको सिल्भा गाउँ र नागौर राज्यको जखानियाँ गाउँको सिमाना एक अर्कासँग जोडिएको थियो । यी दुई गाउँहरू यी रियासतहरूको अन्तिम सिमाना थिए ।
बिकानेर राज्यको सिमानामा तरबुजाको रुख र नागौरको सिमानामा फलफूल रोपिएको थियो । यही फल युद्धको कारण बन्यो ।
सिल्भा गाउँका बासिन्दाले आफूले रुख लगाएमा फलफूलमा आफ्नो अधिकार रहेको बताउँथे भने नागौरका जनताले आफ्नो सिमानामा फलफूल लगाएकाले आफ्नो हो भन्थे ।
यस फलमाथिको अधिकारका लागि दुवै रियासतमा शुरू भएको लडाइँले रक्तपातपूर्ण युद्धको रुप लियो ।
सिंघवी सुखमलले नागौरको सेनाको नेतृत्व गरेका थिए भने रामचन्द्र मुखियाले बिकानेर सेनाको ।
सबैभन्दा ठूलो कुरा यो हो कि दुवै रियासतका राजाहरूलाई यो युद्धबारे भने जानकारी थिएन । जब यो युद्ध भइरहेको थियो, बिकानेरका शासक राजा करण सिंह अभियानमा थिए, जबकि नागौरका शासक राव अमर सिंह मुगल साम्राज्यको सेवामा खटिएका थिए ।
यी दुवै राजाहरूले मुगल साम्राज्यको अधीनता स्वीकार गरे। जब दुवै राजाहरूलाई यस युद्धको बारेमा थाहा भयो, उनीहरूले मुगल राजालाई यसमा हस्तक्षेप गर्न अपील गरे । तर जबसम्म यो कुरा मुगल शासकहरूसम्म पुग्यो, युद्ध भइसकेको थियो ।
यस युद्धमा बिकानेरको रियासत विजयी भएको थियो तर दुवै पक्षका हजारौं सैनिक मारिएको बताइएको छ ।
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...