×

NMB BANK
NIC ASIA

रहस्यमय हत्या

उखुबारी शव फेला प्रकरणः पार्टनरको हत्या गरी व्यवसाय कब्जा गर्ने दाउ !

माघ २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

व्यावसायिक पार्टनरको हत्याका तीन जना आरोपीहरूलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । 

Muktinath Bank

पक्राउ पर्नेमा सिरहा नगरपालिका–२१ घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न व्यवसायमा साझेदारी गरेका पार्टनरलाई हत्या गरी एकल बनाउने उद्देश्यले मण्डलले योजनाबद्ध रुपमा हत्या गरेको प्रहरीले जनाएको छ । तीनमध्ये मण्डल मुख्य आरोपित हुन् । पक्राउ परेका अन्य दुई जना सहयोगी भएको प्रहरीको भनाइ छ ।  


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार उनीहरूले सप्तरीका शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी उखुबारीमा गाडेका थिए । तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं महानगर–८ गोठाटार बस्दै आएका ६३ वर्षीय मोहन लिम्बुको पनि हत्या गरी शव गाडेको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

चौधरीको शव माघ १२ गते र श्रेष्ठको शव माघ १३ गते उत्खनन गरी निकालिएको थियो । लिम्बुको माघ २० गते हिजो चरङ्गखेलको गोदामबाट उत्खनन गरेर निकालिएको थियो । 

पक्राउ पर्ने मण्डलसहित मारिएका तीनै जना व्यावसायिक साझेदार हुन् । हाइड्रोपावर, जग्गा कोराबारलगायत अन्य व्यवसायमा समेत साझेदार साथीहरूको हत्या गरेर एकलौटी कब्जा गर्ने उद्देश्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी  जनार्दन जिसीले बताए ।

उनका अनुसार पक्राउ परेका साह र नासिरलाई पैसा दिएर हत्या गर्न लगाइएको हो । उनीहरूको हत्यामा अन्य व्यक्तिको पनि संलग्नता रहेकाले थप अनुसन्धान बढाएको प्रहरीले जनाएको छ । 

प्रहरी अनुसन्धानअनुसार शुरूमा लिम्बुको हत्या गरेर शव गाडेपछि मण्डलले दुवैजनालाई विराटनगरमा लगेका थिए । विराटनगरको बसपार्क छेउमा रहेको मेट्रोसिटी होटेलमा बसेका थिए । त्यही होटलमा हत्या योजना बनाएको मोरङ प्रहरीले जनाएको छ । 

मण्डलले लिम्बुको हत्या गरेको थाहै नदिई श्रेष्ठ र चौधरीलाई लिएर आएका थिए । लिम्बुको श्रेष्ठ र चौधरीले  खोजी गर्दा आउँदै गरेको भनेर मण्डलले ढाँटेको प्रहरीको भनाइ छ । 

होटेलबाट श्रेष्ठलाई लगेर हत्या गरेको पनि चौधरीलाई जानकारी नभएको अनुसन्धानबाट खुलेको एसपी जिसी बताउँछन् । 

तीनैजनालाई डोरी तथा गम्छाले घाँटी कसेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । शव कुहाउन नुनको समेत प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जिसीले जानकारी दिए । 

श्रेष्ठको हत्या पुस ५ मा, चौधरीको पुस ७ र लिम्बुको मंसिर २८ गते हत्या भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भएपछि मात्रै थप विषय खुल्ने मोरङ प्रहरीको भनाइ छ । 

धनपालथान गाउँपालिका–७ स्थित बजरंगी सिंह र गंगाप्रसाद सिंहको छुट्टाछुट्टै उखुबारीमा खाल्डो खनेर पुरिएको देखेपछि शंका लागेर उखु काट्न गएका मजदुरले प्रहरीलाई खबर गरेका थिए । 

 

यो पनि पढ्नुहोस्

 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x