×

NMB BANK
NIC ASIA

उपनिर्वाचन मतगणना अपडेट

इलाममा पहिचानवादी थेगिमले कांग्रेसलाई टक्कर दिँदा रास्वपालाई एक हजार मतकै लागि संघर्ष

काठमाडाैं | बैशाख १७, २०८१

NTC
Premier Steels

इलाम २ को उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थगिम लिम्बूले कांग्रेसका डम्बरबहादुर खड्कालाई टक्कर दिने गरी मत प्राप्त गरेका छन् । तर ठूला दललाई चुनौती दिने ठानिएको रास्वपा (घण्टी) इलाममा अहिलेसम्मको मतगणनामा भने कमजोर देखिएको हो ।

Muktinath Bank

फाकफोकथुमका सबै ७ वटा र चुलाचुलीका ३ वटा वडाको मतगणना सकिंँदा एमालेका सुहाङ नेम्वाङ ७ हजार ६७७ मतका साथ पहिलो नम्बरमा छन् । २ हजार २८२ मतले कांग्रेसका डम्बर खड्का पछाडि रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खड्काको ५ हजार ३९५ मत आएको छ । तर उनलाई स्वतन्त्रका थेगिमले पछ्याएइरहेका छन् । थेगिमले ४ हजार ५८ मत ल्याएका हुन् । चुलाचुली मतगणनामा थेगिमले एमालेपछिको बढी मत प्राप्त गरेका हुन् । रास्वपाका मिलन लिम्बूले १ हजार १६२ मत मात्रै ल्याएका हुन् । चार पक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिए पनि रास्वपा भने कमजोर देखिएको हो । इलाम नगरपालिका र केही बजारी क्षेत्रमा रास्वपाले अझै कमब्याक हुने दाबी गर्दै आएको छ । 


Advertisment
Nabil box
Kumari

चुलाचुलीमा पनि रास्वपाले राम्रो मत पाउने आशा गरेको थियो । तर चुलाचुली ३ र ४ मा एमालेले ६४४, मुढा चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार थेगिमले  ५४५ र कांग्रेसले २८६ मत प्राप्त गर्दा रास्वपाले ६० मात्रै मत पाएको छ । 

Vianet communication

शनिबार भएको उपनिर्वाचनअन्तर्गत इलाम २ मा ६९ हजार २८७ मत खसेको थियो । जसमा  १६ हजार १४३ मत गणना भइसकेको छ । यो भनेको साढे २३ भन्दा बढी प्रतिशत हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x