×

NIC ASIA

टेलिकमलाई सञ्चारमन्त्री कार्कीको निर्देशन- गुणस्तरीय सेवा प्रवाह गर्नू

माघ २२, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । 

नेपाल टेलिकमको १८ औं वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले टेलिकमको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अझ प्रभावकारी ढंगले सहज रुपमा उपलब्ध गराउन निर्देशन दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, ‘जस्तोसुकै प्राकृतिक विपत्तिको समयमा पनि यो कम्पनीले दुर्गम क्षेत्रमा समेत सुलभ सेवा दिएको छ, यसलाई अझै ग्राहकमुखी बनाउँदै लक्ष्य प्राप्त गर्नुपर्नेछ ।’ 


Advertisment
Rupse Holidays
Nabil box

उनले सरकारले अघि सारेका नीतिनियम र कानूनको अवलम्बन गर्दै नेपाल टेलिकमले देशको आर्थिक, सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे । 

Vianet communication

मन्त्री कार्कीले टेलिकमलाई अझै अग्रणी र जिम्मेवार बनाउन अप्टिकल फाइवरको जतिसक्दो चाँडो विस्तार गर्नुपर्ने बताउँदै मुलुकका सबै स्थानीय तहमा जतिसक्दो चाँडो तीव्रगतिको इन्टरनेट सेवा पुर्‍याउनुपर्नेमा जोड दिए । 

उनले टेलिकमले आफ्ना सेवाहरूलाई समयसापेक्ष परिवर्तन गरी लैजानुपर्ने बताउँदै कम्पनीको समग्र विकास र विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

मन्त्रालयका सचिव तथा टेलिकमका बोर्ड अध्यक्ष डा। वैकुण्ठ अर्यालले ग्राहक मात्रै बढाउनेभन्दा पनि गुणस्तरीय सेवा विस्तारमा जोड दिन टेलिकमका कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘अहिले मोबाइलको नेटवर्कको समस्या छ, सेवा विस्तार गुणस्तर कस्तो छ, त्यो महत्वपूर्ण हुन्छ, ग्राहक बढाएसँगै गुणस्तर पनि बढाउनुपर्छ ।’

आजभन्दा १८ वर्षअघि स्थापना भएको सो कम्पनीको ग्राहक आधार करीब चार लाख २२ हजार रहेकामा २०७८ मंसिर मसान्तसम्ममा दुई करोड २७ लाख नाघेको छ ।  

टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले हाल मुलुकको करीब ७५ प्रतिशत जनसंख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको जानकारी दिए । 

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको कूल आय ४२ अर्ब २१ करोड रूपैयाँ पुगेको छ । कम्पनीको खुद मुनाफा सात अर्ब १३ करोड भएको बताइएको छ । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड राजस्व प्राप्त गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५।७५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x