×

NIC ASIA

स्थानीय निर्वाचन- यस्तो छ आन्तरिक कार्यतालिका, वैशाख ११ मा मनोनयन दर्ता

माघ २६, २०७८

Prabhu Bank
NTC
Premier Steels

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन आयोगले आन्तरिक कार्यतालिका तयार गरेको छ । 

Muktinath Bank

वैशाख ११ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समयसहितको कार्यतालिका तयार पारेर आयोगले परामर्श थालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगको स्रोतले लोकान्तरलाई दिएको जानकारीअनुसार वैशाख ११ गते नै अपरान्ह ४ देखि ६ बजेसम्ममा मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तयारी छ । यसअघि वैशाख २ मा गर्ने प्रस्ताव गरिएको  थियो । 


Advertisment
Nabil box
Kumari

यस्तै वैशाख १२ गते १० देखि ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १३ देखि १४ गते अपरान्ह ५ बजे सम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने समय निर्धारण गरिएको छ । 

Vianet communication

वैशाख १४ गते अपरान्ह ५ देखि ६ बजे सम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका बनाइएको छ । वैशाख १५ गते १० देखि ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय निर्धारण गरिएको छ । 

वैशाख १६ गते १० देखि मध्यान्ह १२ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन १२ देखि ३ बजे सम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान  गर्ने तालिका बनाइएको छ । 

त्यसै गरी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताका लागि २०७८ फागुन १ गते देखि १० गते सम्मका लागि समय निर्धारण गरिएको छ । त्यही अवधिसम्म राजनीतिक दलको तर्फबाट औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको दस्तखत नमूना प्राप्ति गर्ने समय पनि निर्धारण गरिएको छ । 

२०७८ फागुन १६ गते राजनीतिक दल दर्ता स्वीकृतिका लागि छुट्याइएको छ । १७ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाउने तालिका बनाइएको छ । 

फागुन १८ गते निर्वाचन कार्यक्रम स्वीकृति र नेपाल राजपत्रमा प्रकाशनका लागि पठाउने, फागुन २० गते बजेट प्राप्ति गर्ने समयसहितको तालिकामाथि निर्वाचन आयोगले परामर्श थालेको छ ।

आयोगले तोकेको मितिदेखि जेठ ६ गते सम्म निर्वाचन आचारसंहिता कार्यान्वयन गरिने समय निर्धारण गरिएको छ । 

२०७९ वैशाख २ गते निर्वाचन अधिकृतको नियुक्ति गरिने, वैशाख ३ गते कालोसूचीमा रहेका व्यक्तिहरूको विवरण निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने तालिका बनाइएको छ ।

वैशाख ३ गते नै राजनीतिक दलको आधिकारिक दस्तखत नमूनासहितको पत्र सबै निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने समय निर्धारण गरिएको छ । 

वैशाख २७ देखि वैशाख २९ सम्म मौन अवधि निर्धारण गरिएको छ । वैशाख २८ देखि २९ सम्म मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण गर्ने तालिका बनाइएको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले बनाएको तालिकामाथि छलफल चलिरहेको तथा एक/दुई दिनमै आयोगले उक्त निर्वाचन कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x