×

NMB BANK
NIC ASIA

त्रिपुरेश्वर चोकमा यस्तो सार्वजनिक शौचालय, जहाँ प्याडदेखि डिस्पोजल मशिनसम्म छ

माघ २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

त्रिपुरेश्वर चोकमा आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गरिएको छ । काठमाडौं महानगरपालिकाले एरोसानसँगको सहकार्यमा शौचालयको निर्माण गरेको हो । 

Muktinath Bank

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बढी भीडभाड हुने स्थान, पार्कलगायतका ठाउँमा आधुनिक शौचालय निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख शाक्यले भने, ‘हेर्दा सफा देखिने शौचालयमा महिनावारी भएका महिलाका लागि स्यानिटरी प्याड प्रयोग गर्न र त्यसको व्यवस्थापन गर्न मिल्ने डिस्पोजल मेशिनको समेत यहाँ व्यवस्था गरिएको छ ।’


Advertisment
Nabil box
Kumari

महानगरपालिकाले निर्माण गर्ने हरेक शौचालय दृष्टिविहीन, शारीरिक रुपमा फरक क्षमता भएका नागरिकका लागि समेत सहज हुने गरी निर्माण गर्ने योजना रहेको उनले बताए । 

Vianet communication
Laxmi Bank

उनले अब निर्माण हुने शौचालय स्यानिटरी प्याड, पर्याप्त पानी, बत्तीको समेत व्यवस्थासहितका हुने जानकारी पनि दिए । 

‘काठमाडौं महानगरपालिकाले जति पनि सार्वजनिक पार्क निर्माण गरेको छ, ती सबै ठाउँमा अनिवार्य शौचालय निर्माण गरेको छ,’ शाक्यले भने,  ‘हरियालीको आनन्द लिँदै पार्क घुम्न आउने हरेक नागरिकले शौचालयका लागि घर फर्किनु पर्ने वा नजिकका घरमा छिर्नुपर्ने बाध्यता नहोस् भनेर हामीले निर्माण गरेका हरेक पार्कमा पनि सेवाका लागि शौचालयको अनिवार्य व्यवस्था गरेका हौँ ।’

उनले वातावरणीय र जनवास्थ्यको पक्षलाई समेत ध्यानमा राखेर महानगरपालिकाले ३२ वटै वडामा यस्ता शौचालय निर्माण गर्दै जाने नीति लिएको जानकारी दिए । 

प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले सबै वडामा सुविधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजनाअनुसार नै यसअघि चक्रपथ सडक खण्डको स्वयम्भू बुद्धपार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको सञ्चालनमा ल्याएको जानकारी दिए । 

‘सर्वसाधारणलाई सहज शौचको व्यवस्था होस् भन्ने हेतूले काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेटमा होटल, रेष्टुरेन्ट पसल जस्ता व्यवसायहरूले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ,’ शाक्यले भने, ’काठमाडौं महानगरपालिकाले बढी भीडभाड हुने स्थानमा समेत यस्तो शौचालयलाई प्राथमिकतामा राखेको छ ।’ उनले केही महिनाअघि नयाँ बानेश्वर छक्कुपक्कु पार्कमा पनि आधुनिक शौचालय निर्माण भएको र हाल सञ्चालमा रहेको बताए । 

उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यस्ता शौचालय ३२ वटै वडामा निर्माण गर्ने योजना रहेको बताइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x