माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
माघ २९, २०७८
नेपालको भौगोलिक विविधताका कारण पहाडमा जाडो हुँदा तराई झर्न सकिन्छ भने तराईमा गर्मी हुँदा पहाड उक्लिन सकिन्छ । चिसोको बेला हिमपात हुने हिमाली र पहाडी जिल्लाका वासिन्दा तराईतिर झर्ने गर्छन् ।
जुम्लाको सिजा गाउँपालिका–६ रुगाका बिर्खबहादुर रोकाया ‘बिर्खे’ जाडो छल्न तराईतिर झरेको मौकामा गाउँमा उत्पादन भएका जडीबुटी, भेडा च्याङ्ग्राका रौंबाट बनाइएका कपडाहरू बिक्री गर्छन् ।
३३ वर्ष लागेका बिर्खे प्रत्येक वर्ष जाडोको समयमा तराई र पहाडका कम चिसो हुने जिल्लामा जाने गर्छन् । उनी जुम्लाबाट हेटौंडा, काठमाडौंसम्म पुग्छन् । कर्णाली प्रदेशका हिमाली जिल्लाहरू डोल्पा, मुगु, हुम्लाका स्थानीय पनि यसरी नै जाडो छल्न तराई र पहाडी जिल्लामा झर्ने वर्षौंदेखिको प्रचलनजस्तै रहेको उनले बताए ।
रोकायाले भने, ‘जाडोको समयमा खेतीपाती पनि हुँदैन । भएको उत्पादनले वर्षभरि खान पनि पुग्दैन । त्यहीँ भएर जाडो छल्दै व्यापार गर्दै हिँड्दा अलिअलि पैसा बचत हुन्छ ।’
जाडो मौसम शुरू हुने वित्तिकै पुुसको पहिलो हप्ता नै रोकाया घरबाट बिदावारी हुँदै पिठ्यूँमा भिरेको झोलाभित्र गाउँमा उत्पादन भएका सरसामान सिलाजित, जिम्बु, यार्सागुम्बा, टिमुर, सिम्रिक लगायत जडीबुटीहरू राखेर तराईतिर झर्ने गर्छन् । यसबाहेक उनले जुहारी कोट, भेडाको राडी, स्वीटर जस्ता सामानहरू पनि बिक्रीका लागि लिएर जान्छन् ।
जुम्लाबाट २ जना साथीसहित निस्केका उनले काठमाडौंमा ५ दिन बसेको बताए । काठमाडौंमा व्यापार गर्दै हिँड्ने क्रममा सजावटका लागि राखिने सानो नेपालको झण्डा पनि ५० वटा बिक्री गर्न किनेको उनले सुनाए ।
काठमाडौंबाट उनी सामान बेच्न सिन्धुली पुगे । सिन्धुलीको स्थानीय होटलमा ३ दिन बस्दै गाउँबजारमा व्यापार गरेको उनले सुनाए ।
सामानहरू बिक्री गर्दै रामेछाप पुगेर १ हप्ताजति बसेको उनले बताए । त्यसपछि घुम्दै व्यापार गर्दै बर्दिबास लगायत अन्य ठाउँमा पुगेर उनी अहिले हेटौंडा आइपुगेका छन् ।
रोकायाले हेटौंडा–१० स्थित वसपार्कमा रहेको हाटेलमा बसेको पनि धेरै दिन भइसकेको बताए । उनले भने, ‘अबको केही दिनमा घर फर्किने योजना छ, घरबाट आएको पनि धेरै दिन भइसक्यो । ल्याएका सामान लगभग सकियो, अब माघको अन्त्यमा घर फर्किन्छु ।’
रोकायाले यस वर्ष जुहारी कोट १०० वटा मात्र ल्याएकोमा १२–१५ सय रुपैयाँका दरले बिक्री गरेर सकिएको बताए । काठमाडौं आएर किनेको ५० वटा नेपालको झण्डा गाउँघरमा प्रतिझण्डा १३५ रुपैयाँमा बिक्री गरेको उनले बताए ।
अन्य जडीबुटीहरू ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म बिक्री गरेको रोकायाले बताए । उनले भने, ‘अब केही बाँकी सामानहरू होटलको कोठामै छन्, त्यो सकिएलगत्तै घर जान्छु ।’
बजारमा खान–बस्न महंगो रहेको बताउँदै उनले आफूले दिनको १२–१५ सय रुपैयाँसम्म तिरेको बताए । आफूले लिएर हिँड्ने सामानबाट कमाइ राम्रो हुने भए पनि घर फर्किने समयसम्म खर्च कटाएर ५०–६० हजार रुपैयाँसम्म बच्ने उनले बताएका छन् ।
उनले हाँस्दै भने, ‘सँगै व्यापार गर्दै हिँड्ने साथीहरू भएकाले खाँदा, बस्दा पैसा बराबर लाग्छ, नत्र त व्यापार गर्यो, पैसा सबै सकियो हुन्छ ।’
रोकायाको परिवारमा पत्नी, २ छोरा, १ छोरीसहित ५ जना छन् । घर फर्किने दिन नजिकिँदै जाँदा घर आउने बाटो कुर्दै बसेका पत्नी र छोराछोरीले पनि धेरै आशा गरेका उनले बताए । रोकायाले भने, ‘अहिले छोरी ५ कक्षा र छोरा ३ कक्षामा पढ्छ, अर्को चाहिँ सानो छ, उनीहरूका लागि कपडा, खेलौना, कापी–कलमहरू लैजानुपर्छ ।’
तराईको तुलनामा जुम्लामा सबै सामान महंगो हुने हुँदा घर फर्किंदा घरायसी सामान पनि लैजाने तयारी रहेको उनले बताए ।
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...