×

NMB BANK
NIC ASIA

१९ वर्षदेखि बमका छर्रासहित फोक्सोमै गोली बोकी हिँड्न बाध्य जनसेनाका कमाण्डर ‘ड्राइगन’

फागुन १, २०७८

NTC
Premier Steels

कैलालीको कैलारी गाउँपालिका ७ बसन्ताका ४७ वर्षीया पतिराम चौधरी (ड्राइगन) ती १० वर्षे सशस्त्र जनयुद्धका दिनहरू र आज जनयुद्ध दिवसको अवसरमा भलाकुसारी गर्दा एकाएक भावुक बने । आफूले प्रत्यक्ष लडेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको अनुभूति गर्न पाउँदा उनको छाती गर्वले फुलेर आउँछ । तर, त्यही छाती क्षणक्षणमै पीडाले दुखिरहँदा उनको मन रोएर आउँछ । शरीरका अंगहरुमा प्राण वायु सञ्चार गर्ने फोक्सो वर्षौदेखि बुलेटको विषले थिचिरहँदा उनी जीवन मरणको दोसाँधमा रहेको अनुभूति गर्छन् ।

Muktinath Bank

हो, यो सुखानुभूति र दुखानुभूतिको एउटै कारण हो, निको नहुने १० सशस्त्र जनयुद्धले दिएको घाउ । उनी तत्कालीन माओवादीका सैन्य कमाण्डर हुन् । देश र जनताको लागि युद्धमा मोलिएका उनी युद्धकै मोर्चामा १५ गोली छातीमै थापेर युद्धबाट विश्राम लिए । तर हतियारको युद्धबाट विश्राम लिएका उनी त्यही युद्धको क्रममा खाएको असंख्य बमका छर्रा र बन्दुकका गोलीहरू बोकेर निरन्तर जीवन संघर्षमा हिँडिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी भन्छन्, ‘युद्ध लडियो, देशमा आएको नयाँ शासन व्यवस्थाले खुशी पनि लाग्छ । तर हामी जस्ता जनताको लागि आएको व्यवस्थाले अवस्था परिवर्तन हुन नसक्दा दुःख लाग्छ । १९ वर्ष भयो, टाउको र हातमा बमका छर्रा छन् । फोक्सोमा बन्दुकको गोली । राज्यबाट पाउँदै आएको जीवन निर्वाह भत्ता पनि कटौती भयो । बडो दुःख लाग्छ ।’


Advertisment
Nabil box
Kumari

ड्राइगन स्कूले जीवनदेखि नै तत्कालीन माओवादी निकट गोचारी परिवारमा संलग्न थिए । २०४८ सालमा कक्षा ८ मा पढ्दै गर्दा गोचारी परिवारमा आवद्ध भएको बताउने उनी २०५२ फागुन १ गते शुरु भएको सशस्त्र जनयुद्धमा मोमिए । युद्ध चर्किदै गर्दा २०५६ भूमिगत भए । विद्रोही स्वाभावका उनी शुरुदेखि नै शैन्य दस्तामा आवद्ध भए ।
माओवादीको जनमेलिसियाबाट आफ्नो विद्रोही सैन्य जीवन शुरु गरेका उनी स्क्वाइट, प्लाटुन कमाण्डर, कम्पनी कमाण्डर हुँदै बटालियन कमाण्डर समेत बने ।
२०५९ सालमा बटालियन कमाण्डर बनेका उनी ४० बढी ठूला घटनामा आफू संलग्न भएको सम्झिन्छन् । उनी ३ पटक शाही नेपाली सेनासँग दोहोरो भिडन्त हुँदा घाइते भएको बताउँछन् ।

Vianet communication

२ दिनपछि होस् खुल्दा अस्पतालको शैयामा पाए
पहिलो पटक २०५८ मंसिर ११ गते दार्चुलाको गोकुलेश्वरमा प्रहरीको चौकी कब्जा गर्ने क्रममा हातमा बमको छर्रा लागेको बताउँछन् । दायाँ हातमा बमको छर्रा अझै रहेको बताउने उनी युद्धबाट चाहिँ विश्राम नलिएको सुनाउँछन् ।

केही समयपछि म्याग्दीको बेनीमा आक्रमण गर्दा पुनः घाइते भएको ड्राइगनले बताए । बेनी घटनामा बमको छर्रा आफ्नो टाउकोमै लागेको र २ वटा छर्रा झिक्न नमिल्ने भएपछि हालसम्म उनको टाउकोमै छर्रा रहेको छ ।
ती २ घटनाले पनि उनी युद्धको मोर्चाबाट पछि हटेनन् । २०५९ फागुन १४ गते विहान ८ बजेको कुरा हो । कैलालीको गौरीगंगा नगरपालिकास्थित बडैपुरमा ड्राइगन आवद्ध जनमुक्ति सेनाको बटालियन र शाही नेपाली सेनाको बटालियनबीच दोहोरो भिडन्त भयो ।

घटना स्मरण गर्दै उनले भने, ‘बिहानै दोहोरो भिडन्त शुरु भयो । सँगै रहेका एक जनालाई सेनाको गोली लाग्यो । उनी त्यही ढले । उनको बन्दुक र उनलाई अन्यन्त्र लैजान खोज्दा पछाडिबाट सेनाको १५ गोली छातीमै बर्सियो । बेहोस भएर त्यहीँ ढलेछु । साथीहरुले बोकेर जंगलमा लगे । २ दिनपछि भारतको लखनऊस्थित नुवा हस्पिटलमा लगिएछ । १० वटा बुलेट झिकिएछ । होस खुलेपछि आफूलाई अस्पतालको शैयामा पाए ।’

युद्धको घाउ दुखिरहन्छ
थप उपचारको लागि उनलाई सो अस्पतालले दिल्लीको बतरा हस्पिटलमा रेफर गर्‍यो । एमआरआई गर्दा उनको फोक्सोबाट अझै ५ गोली झिक्न बाँकी थियो । दिल्लीस्थित सो अस्पतालले फोक्सोमा रहेको बाँकी ५ गोली झिक्न नमिल्ने सुझाएछ । त्यसदिनदेखि उनी दुस्मनसँग लड्ने बन्दुक होइन, 'दुस्मन'ले पछाडिबाट रोपेको ५ गोली फोक्सोमै बोकेर हिँड्न बाध्य छन् ।
बडैपुरको घटनाले उनलाई जीवनभरी पीडा दिएको छ । युद्धको निसानी बनेर दुख्दै आएको छ ।

युद्ध विरामसँगै माओवादी शान्ति प्रक्रियामा आएपछि उनी जनयुद्धका घाइतेका रुपमा राज्यबाट मासिक ६२ सय रुपैयाँ जीवन निर्वाह भत्ता पाउँदै आएका थिए । तर त्यही जीवन निर्वाह भत्ता रकम गत वर्षदेखि बन्द भएपछि उनलाई जीविकोपार्जनमा समस्या हुँदै आएको हो ।

‘पहिले भारतका अस्पतालहरुमा उपचार गराएको रिपोर्टहरू युद्धकालमै हरायो । हाल परीक्षण गराउँदा डाक्टरहरु शरीरको कम भागमा असर गरेको रिपोर्ट बनाइदिएछन् । सायद त्यही कारणले होला जीवन निर्वाह भत्ता नै रोकियो’, दुखेसो पोख्दै उनले भने,  ‘तर मेरो फोक्सो र टाउकोमा भएको घाउ देख्दैनन् । गह्रौँ काम गर्न सकिन्न । परिवारको आश्रयमा बस्नु परेको छ । यो जाडोमा त झनै घाउ दुख्छ । कहिलेकाहीँ त झनै रक्तश्राव नै हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x