×

NMB BANK
NIC ASIA

सम्झनामा डा तारानाथः निर्भिक र विराट प्रतिभा

फागुन ३, २०७८

NTC
Premier Steels

लेखनीमा झर्रो नेपालीपनको सुगन्ध पस्कने नेपाली साहित्याकारका विराट प्रतिभा डा तारानाथ शर्माको निधनबाट साहित्य क्षेत्रमा अपुरणीय क्षति पुग्न गएको छ ।

Muktinath Bank

बहुआयामिक र निर्भिक व्यक्तित्व डा शर्मा कुशल शब्दशिल्पीका साथै नेपाली र अङ्ग्रेजी दुवै भाषाका प्रखर विद्वान् थिए । उनको भौतिक शरीर हामीमाझ आजदेखि रहेन । अब उनका कृतित्व र व्यक्तित्व सम्पत्तिका रुपमा रहन पुगेका छन् । समालोचक एवं साहित्यिक अग्रजले डा शर्माप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनका कृतित्व र व्यक्तित्व बहुआयामिक भएकाले उहाँको योगदान अन्य कुनै स्रष्टासँगका योगदानभन्दा पृथक भएको बताएका छन् । वरिष्ठ साहित्यकार डा मोदनाथ प्रश्रितले डा शर्मालाई संक्षेपामा सम्झँदै भने, “उहाँ प्रखर मान्छे हुनुहुन्थ्यो । लागेको कुरा बोल्न र विश्लेषण गर्न सक्ने स्वभावका धुरन्धर विद्वान् हुनुहुन्थ्यो । प्रगतिशील साहित्यका क्षेत्रमा उहाँको विशेष योगदान रहेको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्कृतिविद् प्रश्रितले डा शर्मामा हरेक विषयमा अध्ययन गहिरो हुने भएकाले कुनै अभिव्यक्ति दिनुपर्दा लुकाएर र छिपाएर नभई खरोरुपमा  प्रस्तुत गर्ने स्वभाव पाइने स्मरण गरे । वरिष्ठ साहित्यकार श्यामल अधिकारीले डा शर्मा आफ्नो समयका बाघ भएको र उनी एक प्रकारले नेपाली समालोचना र निबन्धको सन्दर्भमा परम्परा र प्रचलित मान्यताभन्जक मानिने टिप्पणी गरे । “नेपाली समालोचना विधालाई नयाँ मोड र आकार दिनेमध्येका उनी अगुवा थिए । केही आफ्नो अध्ययन र दृढ निजी विचारका कारण जति नै आलोचित भए पनि उहाँले  जतिबेला जे उचित ठाने, स्पष्ट बोले, स्पष्ट लेखे । यद्यपि उहाँले स्वयं आफ्नै मान्यता खण्डित गर्नु परेका उदाहरण पनि उल्लेख गर्ने गरिन्छ”, साहित्यकार श्यामलले भने, “शर्माले निजात्मक शैलीमा उत्कृष्ट निबन्ध दिए, यात्रा निबन्धलाई उहाँले उचाईमा पु¥याए । निर्भिकता उहाँको लेखनको सबैभन्दा महत्वपूर्ण गुण थियो । आकर्षक भाषा र विशिष्ट शैलीका कारण उहाँले हामीलाई आफनो विशिष्ट अभिव्यक्ति कौशल देखाएका छन् ।”


Advertisment
Nabil box
Kumari

मूल रुपमा उनलाई देवकोटा र शङ्कर लामिछानेको शैली र परम्पराबाट उठेर फरक निजात्मक नेपाली निबन्धको श्रीगणेश गर्ने श्रेय जान्छ भन्दै साहित्यकार श्यामलले अनुज पुस्ताका प्रेरक रहिआएका उनी प्रतिभाको पहिचान र कदर गर्न सक्ने दरो मुटु भएका समालोचक थिए । उनको निधनले नेपाली साहित्यको यस्ता निर्भिक तर विराट प्रतिभाको अस्त भएको अनुभव हुने श्यामलले बताए । प्रतिभाविहीन लेखनदासलाई डा शर्माले कहिल्यै लेखक नमान्ने र ठीक बेठीकको निर्णय दिन नसक्ने समालोचकलाई शर्माले समालोचक नमानेको साहित्यकार श्यामलको बुझाइ छ ।

Vianet communication

त्रिभुवन विश्वविद्यालयका नेपाली केन्द्रीय विभागका प्रा डा लक्ष्मणप्रसाद गौतमले डा शर्मा साहित्यका सबै विधामा अब्बल रहेकाे मूल्याङ्कन गर्दै नियात्रादेखि भाषा अभियान मात्र नभएर कथा लेखनमा पनि उनको सशक्त र मौलिक पहिचानको प्रशंसा गरे । त्रिवि नेपाली विषय समितिका  सदस्य डा गौतमले भने, “मेरो जागीरे जीवनको सुरुआत डा शर्माको लेखनी रहेको कक्षा ८, ९ र १० को पाठ्यक्रममा समावेश ‘महेन्द्रमाला’ नेपाली विषय पढाएर भएको हो । त्यस प्रकारको विशिष्ठ र मर्मज्ञखालको पाठ्यपुस्तक त्यसपछि मैले कुनै पनि पाएको छैन । उहाँमा बालबालिकाले कस्तो रुचाउँछन् र उनीहरुलाई कसरी शिक्षा दिनुपर्छ भन्ने राम्रो ज्ञान थियो ।”

डा गौतमले आफू महासचिव रहेको मानव नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सल्लाहकार रहेका र भाषाप्रतिको डा शर्माले दर्शाएको असाध्यै गहिरो प्रेमको पनि स्मरण गरे । नेपाल प्रज्ञा प्रतिष्ठानले शर्माको निधनबाट भरपर्दा र उच्च बौद्धिक अभिभावक गुमाउनुपरेको जनाएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ र सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा डा शर्माका कृतिहरु राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, आत्मगौरव, स्वाभिमान, विश्व मानवताका सन्देशयुक्त भएको जनाइएको छ ।

इलामको सूर्याेदयन नगरपालिका–९, बरबोटमा विसं १९९१ असार ९ गते जन्मिएका डा शर्माको आज बिहान ८७ वर्षको उमेरमा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । झर्राेवादी आन्दोलनका अगुवा डा शर्मा उनी मधुमेह र बिर्सने रोगबाट पीडित थिए। उनको कृति ‘बेलाइततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार तथा ‘सम र समका कृति’ले २०२९ सालमा साझा पुरस्कार पाएको थियो भने उनले २०२३ सालमा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत पाएका थिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x