×

NMB BANK
NIC ASIA

दशैं साहित्यः काठमाडौं किस्सा

जब काकाले बाँसको झाङमा चढेर दारी काट्दै गरेका राजा वीरेन्द्रलाई देखे...

काठमाडाैं | कात्तिक ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेटो (उखुको रसलाई पकाएर खुदो बनाउने ठूलो अगेनो)मा उम्लिँदै गरेको उखुको तातो रस खान पाइने भएपछि उनी पहाड आउने गरेका थिए । 

Muktinath Bank

लहरे खोकीका बिरामी ती काकालाई उम्लिँदै गरेको उखुको रातो रस अमृतसरहको औषधी हुन्थ्यो । त्यही सिजनमा कोइरालो, काप्रो र सिम्लिकानका मुन्टाको अचार र काफल पाइने भएकाले उनलाई पहाडले आकर्षण गरिरहन्थ्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले बाँदरको राजधानी भएका पहाडका ती बारीभरि उखु हुन्थे । सरकारी जागिर या लाहुर नगएका पहाडका किसानका लागि त्यही नै आम्दानीको स्रोत थियो, नगदे बाली थियो । खुदो बेचेरै किसानहरू आफ्नो वर्षभरिको खर्च जुटाउँथे । चाडबाड मनाउने र बालबच्चालाई लत्ता कपडा जोडिदिने काम पनि यहीबाट हुन्थ्यो ।


Advertisment
Nabil box
Kumari

गुल्मीको दिगाम– दार्सिङबासको खुदो पश्चिम नेपालका जिल्लामा चर्चित थियो । बाग्लुङको ढोरपाटनसम्म जान्थ्यो । खासगरी दशैंतिहारको समयमा सेल र अर्सा (पश्चिम नेपालमा प्रख्यात)रोटी खुदोमै पकाउने चलन थियो । अहिले शहरका लागि कोसेली बनेको खुदो र गुँडले गाउँको अर्थतन्त्र धानेको थियो ।

Vianet communication
Laxmi Bank

चैत वैशाखको समयमा गाउँमा कम्तीमा एक दर्जन ठाउँमा उखु पेल्ने फलामका कोल गाडिएका हुन्थे । भारतको वनारससम्मबाट ५० औं वर्ष पहिले ल्याइएका ती कोल अहिले क्रमशः हराउँदै गएका छन् ।

दुई हल गोरुले आलोपालो गरेर दिनभरमा झण्डै ७ सय लिटर उखुको रस पेल्ने र मध्यरातिसम्म खुदो पकाउने काम चल्थ्यो । ७ सय लिटर रस पकाउँदा झण्डै १ सय लिटर खुदो बन्छ । बारीभरिको उखु पेल्न हप्तादेखि महिना दिनसम्म लाग्थ्यो । 

गोरु, कोल र खुदोको सुरक्षाका लागि किसानहरू रसेटोको छेउमा ओछ्यान लगाएर सुत्थे । धेरै दिन रसेटोनजिक सुत्नुपर्ने भएकाले अस्थायी छाप्रो बनाइएको हुन्थ्यो । साँझको समयमा रसेटोमा मान्छेहरू भेला भएर गफगाफ चल्थ्यो । मध्यरातसम्म आगो बाल्नुपर्ने भएकाले दुईतीन जना रसेटोनजिक सुत्थे । 

बर्दियाबाट राजेन्द्र काका आएको थाहा पाएपछि उनका रसिला गफ सुन्न गाउँलेहरू हाम्रो रसेटोमा आउँथे । गाउँ जाँदा काकाले एउटा टेपरेकर्डर (गाउँलेहरू टेप्रिकोट भन्थे) लिएर जान्थे । प्रायः भारतीय लाहुरेले दशैंको बेला काँधमा बोकेर ल्याउने गरेका थिए ।

गुजरातमा नोकरी गरेका बेला उनको मालिकले उपहार दिएकाले उनी हिँडडुल गर्दा लिएर हिँड्ने गरेका थिए । राजेन्द्र काकाले बमबहादुर कार्की, प्रेमराजा महत र कोमल वलीले गाएका गीतका क्यासेट बोकेर ल्याउँथे । ‘राजा हिन्दुस्तानी’ फिल्मलगायत केही हिन्दी गीतका क्यासेट पनि ल्याएका थिए, तर गाउँलेले हिन्दी भाषा नबुझ्ने भएकाले नेपाली गीत नै बज्थे ।

राजेन्द्र काकाको गफ र गीत सुन्नका लागि गाउँका काका, दाइहरू रसेटोमा झुम्मिन्थे । देश, दुनियाँ र राजनीतिका गफ गर्न खप्पिस उनले गाउँलेलाई रनभूल्लमा पार्थे । 

रातिमा काकाहरू रसेटोमा झुम्मिनुको अर्को कारण पनि थियो, बारीबाट हातले खोस्रेर ल्याएका आलु रसेटोको खरानीमा पोलेर र खुदोसँगै पकाएर खानुको मज्जै बेग्लै हुन्थ्यो । काकाले तरुल र पिंडालु पनि खोजेर ल्याउँथे । खासमा राजेन्द्र अंकल हाम्रो कुनै नातेदार थिएनन्, बर्दियाको नेउलापुर भुरिगाउँमा सँगै खेत रहेका बाका साथी थिए । 

रेडियो नेपालमा पुरुषोत्तम दाहालले सञ्चालन गर्ने घटना र विचार कार्यक्रम सुनेपछि उपस्थित गाउँलेमाझ काकाको गफ शुरू हुन्थ्यो । घटना र विचार कार्यक्रमका प्रस्तोताले भन्दा बढी उनले राजनीतिको विश्लेषण र चिरफार गर्ने । गाउँका जनताले उनले भनेको कुरामा सही थप्नेबाहेक कुनै प्रतिवाद गर्दैनथे । 

२५–३० वर्षअघि राजधानी काठमाडौं शहर सर्वसाधारणका यति सहज थिएन । बिरलै मानिस मात्र काठमाडौं आउने गरेका थिए । पहाडी जिल्लामा कच्ची बाटो भएका कारण काठमाडौं आउन दुईदिन लाग्थ्यो । युवाहरू वैदेशिक रोजगारीमा जान थालेपछि मात्र काठमाडौंमा धेरै आवतजावत भयो । काठमाडौं आएकाहरूले गाउँमा पुगेर शहरको गफ गर्थे । 

रातिको समयमा एकदिन काकाले काठमाडौं शहरको बखान गर्न थाले । राजेन्द्र काकाको गफ गाउँलेले बढो उत्सुकतापूर्वक सुनिरेहका थिए । काठमाडौं गएको बेला काका लाजिम्पाटस्थित एकजना आफन्तको डेरामा बसेका रहेछन् । उनका आफन्त सरकारी स्कूलका शिक्षक थिए ।  

काकाले सुनाए अनुसार, शनिवारको दिन बिहान खाना खाएर उनीहरू नारायणहिटी राजदरबारको पछाडिबाट हिँड्दै घण्टाघर र धरहरा हेर्न रत्नपार्कतिर जाँदै रहेछन् । आफन्तले नारायणहिटी दरबार देखाउँदै राजा बस्ने यही घर हो भनेछन् । काकालाई राजाको दरबार हेर्ने रहर जाग्यो । ‘दरबार बाहिर ठूल्ठूला बाँसका घारी रहेछन्, राजा बस्ने दरबारभित्र कस्तो रहेछ भनेर यसो बाँसमा चढेर हेरेको राजा वीरेन्द्रले दारी काट्दै रहेछन्,’ काकाले यसरी नारायणहिटी दरबारको बखान गर्दा गाउँलेहरू रनभुल्लमा परे । 

गाउँमा टेलिभिजन नभएको त्यो बेला राजालाई देख्नु असामान्य कुरा थियो । ‘कति नजिकबाट देख्नुभयो ?’ कसैले सोधेको प्रश्नमा काकाले भनेका थिए, ‘नजिकैबाट देखें !’ राजालाई प्रत्यक्ष देखेको मान्छे भनेपछि गाउँलेहरूले काकालाई ठूलो मान्छे ठाने । धन्न काकाले, राजासँग भेटें, बोलें भनेर भन्न छुटाए । पर्खाल बाहिरबाट राजालाई बोलाएँ, नमस्कार गरें भनेको भए पनि गाउँले काकाहरूले प्रतिवाद भने गर्ने थिएनन् ।

९ कक्षामा पढ्दै गर्दा म पहिलोपटक काठमाडौं आएको थिएँ, भाइटीका लगाउन आउन लागेकी आमाको पछि लागेर । काठमाडौं आउन २ दिन लाग्थ्यो । गुल्मीबाट बुटवल एक दिन, बुटवलबाट काठमाडौं अर्कोदिन ।

‘तानसेनमा बिजुली दाइ साइँला, तम्घासैमा बस ...’ भन्ने गीत रेडियामा सुनेको थिएँ, तर बिजुली देखेको थिइनँ । पोलमा झिलिमिली बलेको बत्ती देख्दा आफैंलाई अनौठो लागेको थियो । पहाडको कच्ची सडकका कारण बुटवल आउनै झण्डै दिनभर लाग्थ्यो, त्यो बेला ।

काठमाडौं आएपछि मेरो एउटै धोको थियो, त्यो नारायणहिटी दरबार हेर्ने । लाजिम्पाटपट्टि बाँसमा चढेर भित्र राजाले के गर्दैछन् हेर्ने । यसै वर्ष दिवंगत भएका कान्छा मामालाई अनुरोध गरेर म नारायणहिटी दरबार हेर्न नयाँ बानेश्वर बुद्धनगरबाट हिँड्दै लाजिम्पाट पुगेका थिएँ । तर, काकाले गफ लगाएजस्तो स्थिति त्यहाँ थिएन । अर्को ठाउँबाट देखिन्छ कि भनेर हामीले नारायणहिटीलाई एक फन्को लगायौ । त्यहाँबाट बाँसमा चढेर राजालाई हेर्न मिल्दो रहेनछ । मान्छेभन्दा अग्लो इँटाको पर्खाल थियो, अहिले पनि छ । काकाले भनेको एउटै सत्य थियो, त्यो के भने नारायणहिटी दरबारको पछाडि बाँसघारी चाहिँ थियो ।

अहिले पनि लाजिम्पाटको बाटो हिँड्दा मलाई झण्डै २६ वर्षअघि काकाले भनेको त्यो कुरा झल्झली याद आउँछ । त्यो बाटो हिँड्दा त्यही कुरा सम्झेर म हाँस्छु । रकमी काकाले गाउँका सोझालाई कतिसम्म ढाँट्न सकेका हुन् । 

अफसोच, काका अहिले हाम्रो सम्पर्कमा छैनन् । भुरीगाउँको खेत बेचेर काका अर्कैतिर बसाइ सरिसके । यदि भेट हुन्थ्यो भने काकासँग मेरा कयौँ प्रतिप्रश्न हुने थिए । शायद काकाले अन्यत्र पनि यस्तै बतासे गफ लगाए होलान् । 

बोर्डिङ पास छैन, सरकारी पढेको हो !

काठमाडौंबाट बर्दिया फर्किनुअघि काकाले आफन्तलाई भेट्न रुकुमको चौरजहारी जान भनेर त्यो बेलाको रोयल नेपाल एयरलाइन्सको टिकट किनेछन् । बिहान ६ बजेको जहाज भेटाउन काका राति २ बजे लाजिम्पाटबाट हिँडेछन् । सबै यात्रु आए भने जहाज समयभन्दा पहिल्यै छुट्ला भनेर उनी ३ बजे नै विमानस्थल पुगेका रहेछन् । 

५ बजे मात्र विमानस्थलमा निगमको काउन्टर खुल्यो । उनले टिकट पाए । जब विमानस्थलभित्र प्रवेश गरे, तब सुरक्षाकर्मीले बोर्डिङ पास मागेछन् । 

काकालाई एकछिन फसाद पर्‍यो । बोर्डिङ पासको कुरा किन आयो बुझेनछन् । उनले हत्तपत्त जवाफ फर्काएछन्, ‘म सरकारी स्कूल पढेको सर, बोर्डिङ पास गरेको छैन !’ 

पढाइको कुरा होइन, जहाजको टिकट देखाउन भनेको भनेर प्रहरीले सम्झाएपछि हिस्स पर्दै काकाले टिकट देखाएछन् । उनले यो कुरा पनि गाउँमै सुनाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x