×

NMB BANK
NIC ASIA

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन थिएन । जति नै टाढा भए पनि पैदल नै हिँड्नुपर्ने हुन्थ्यो । तथापि सानीमाको न्यास्रोले गर्दा त्यसलाई पनि केही झैँ मानेन र घरबाट हिँडेको चौथो दिन घाम अस्ताउने बेला पुगेको थियो ऊ । 

Muktinath Bank

भाइ बुद्धि र विवेक आँगनमा खेल्दै रहेछन् । सानीमा भने भैँसीलाई घाँस कुडो गर्दै थिइन् । बाहिनी कता थिई कुन्नि थाहा पाएन । सानाबा गाईबस्तु लिएर फर्कँदै थिए धुलाम्ये बनेर । हिउँदको महिना तराईको धुलो किन खपिसाध्ये हुन्थ्यो र । शुरूमा त झण्डै नचिनेको उनले आफ्नै सानाबालाई । कृषकलाई कृषि नै प्यारो, जति नै धुलो र हिलो भए पनि । त्यसैमा सुत्छन्, त्यसैमा उठ्छन् । त्यही ओड्छन्, त्यही ओछ्याउँछन् । यसमा उसका सानाबा सानीमा मात्र अपवादमा पर्ने कुरै थिएन ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोपाललाई देख्नेबित्तिकै सानीमाले आश्चर्य मान्दै भनिन्– 
‘ए लौ ! यो त एक्लै आ’को र’च । कुनै साथै नखोज्या ? कसैलाई भन्या’भा हुन्थ्यो नि ! कि भागेर हिँड्या हो ?’
‘खोइ, भन्या भा’ त हुन्थ्यो । किन दुःख दिनु भन्या नि !’ छोटो उत्तर थियो उसको ।   
‘भोक लाग्या होला, पख है एकघान मकै भुट्छु,’ सानीमाले माया पोखिन् । 
‘भो पर्दैन, भातै खाने बेला हुन लाग्या’ होइन र ? किन दुःख गर्नुहुन्छ ।’ 


Advertisment
Nabil box
Kumari

रात पर्न लागेकोले दुःख दिन चाहेन उसले । एकैछिनमा गाईबस्तु बाँधेर सानाबा पनि थपिन आए ऊ बसेको खाटमा । 
‘ए ऽ यो त मापाको र’ च । त्यति टाडा’ र एक्लै आ’को ?’ सानाबाको पहिलो वाक्य थियो यो ।   
‘ही ही ।’ ङिच्च दाँतमात्र देखायो उसले । 

Vianet communication
Laxmi Bank

सानाबा भतिज गफिन लागे, सानीमा खाना पकाउन भन्छातिर छिरिन् । एकैछिनमा खाना तयार भएको खबर आयो । खानामा मकैको ढिँडो र मुसुरोका दाल रहेछ । साथमा थियो गुन्द्रुकको अचार ।  

भान्छा कोठा भने अनौठो लाग्यो उसलाई । गाउँमा चुलो र मझेरी हुन्थे भान्छामा । कर्म चलेकाले चुलोमा खान्थे नचलेकाले मझेरीमा । कर्म नचलेकाले भान्छा छुनुहुँदैन भन्ने मान्यता थियो । उनीहरूले छुन खोजे छुइछुई भन्दै चुलाको डिलमा आगोको कोइला राखिदिन्थे आमाहरू, तर त्यहाँ त्यस्तो थिएन । कर्म चलेका र नचलेका सबैले एउटै हारमा बसेर खान्थे । शुरूमा त कम्ती आश्चर्य लागेको थिएन उसलाई । तथापि मुखले भने केही भनेन । 

खाना खाएर सबै सुते भित्रबाहिर गरी । भोलिपल्ट बिहानै सानाबा कामतिर लागे । उसले भने खाट छाडेन । सानीमाले खाना पाक्यो भनेपछि मात्र उठ्यो र नजिकैको हाते कलबाट पानी तानेर मुख धोयो । त्यतिबेलासम्म सानाबा पनि आइसकेका थिए । सँगै बसेर खाना खाए उनीहरूले ।

तेस्रो दिन सानाबाले घुम्न लाने विचार गरेका थिए, तर बिहानैदेखि चर्को घाम घाम लागेकाले निस्कने आँट गरेन उसले । त्यसैले दिनभर घरै बसी घाम अस्ताउने बेलातिर गैँडा देखाउन लगे सानाबाले । 

उनको घरनजिक सानो नदी थियो । राप्ती नदीको शाखा होला सायद । उनीहरू इतर्नी नदी भन्थे त्यसलाई । नदी तरेर छोटो दूरीको जङ्गल पार गरेपछि राप्तीको किनारमा पुगिन्थ्यो, जहाँ गैँडाहरू साँझपरख पानी खान आउने गर्दा रहेछन् । नजिकै सानो रुखमा चढेर गैँडाको पर्खाइमा बसे उनीहरू । निकैबेर बस्दा पनि एउटै गैँडा नदेखेपछि गोपालले भन्यो–
‘ह्याँ थुपै्र गैँडा हुन्चन् भन्नु’ भा होइन खै त ?’ 

राम्रोसित वाक्य पूरा हुन नपाउँदै सानाबाले हातले चुप लाग्न सङ्केत गर्दै तल हेर्न इसारा गरे । उसले तलतिर आँखा के लागाएको थियो बाफरेबाफ ! एक हुल गैँडा रुखकै फेदमा आएर माथितिर हेर्दैै रहेछन् । त्यसपछि त के चाहियो र । कालोनीलो मात्र भएन सासै जालाजस्तो भयो उसको । जति बढी बिस्तारै सास फेर्न खोज्थ्यो मुटुको धड्कन त्यति नै बढेर आउँथ्यो । एकै छिनमा खोलाकिनार गैँडाले भरिए तर कसैले पनि धर्म छाडेनन् । अन्यथा उनीहरूलाई मात्र होइन उनीहरू बसेकै रुखलाई नै धुलो चटाउने थिए ।  

गैँडाहरू पानी खाएर बाटो लागेपछि उनीहरू घरतिर दौडिए । साससमेत घरमा पुगेर मात्र फेरे होलान् सायद । यस्तैयस्तै अनुभव सँगाली घरफक्र्यो ऊ केही दिन बसेर । फर्कँदा नुन लिएर आउनु भनेकी थिइन् आमाले । त्यसैले बेनीघाट आइपुगेपछि एकपाथी नुन लिएर हिँडेको थियो ऊ । दर्बुङघाट तरेपछि उकालो चडेर मैदी सातदोबाटोहुँदै आउन पनि सकिन्थ्यो, बुढीगण्डकीको किनारैकिनार हिँडेर चैनपुरको उकालो हुँदै जान पनि सकिने अवस्था थियो, तर ऊ थियो अल्छी प्राणी । उकालो भनेपछि मरेतुल्य । त्यसैले बुढीगण्डकीको किनारको बाटो समात्यो उसले । 

जब चैनपुरको उकालो चड्नुपर्ने ठाउँ पुग्यो तब भने ठूलै आपत पर्‍यो उसलाई । यत्तिकैमा एउटा कुलो देख्यो नजिकै कतै । सायद चैनपुरको खोचबाट पानी ल्याउन बनाएका होलान् गाउँलेहरूले । कुलो देख्नासाथ गद्गद् हुँदै त्यसैबाट तेर्सिएको थियो ऊ । निकै पर पुगेपछि गाउँ सकियो तर कुलो भने सकिएको थिएन । निकै पर पुगेपछि अर्को आपत आइलाग्यो । किनकि भीरको बीचमा कुलो भत्केकाले डुड हालेर पानी ल्याइएको रहेछ । 

डुँड लामै थियो त्यसमाथि पुरानो तर ऊ थियो मूर्खको राजा । जे त पर्ला भन्दै डुँडबाटै अघि बढ्ने विचार गर्‍यो । कदाचित डुड भाँचिएमा एकैचोटी सयौँ फिट तल बुढीगण्डकीको किनारमा बजारिन पुग्थ्यो । बीचतिर पुगेपछि रिगाँटा लागेकाले उभिएर हिँड्न सकेन र घुँडाले घिस्रिन लाग्यो । पहिले नुनको झोला साथ्र्यो अनि आफू अगाडि बढ्थ्यो । एवंरीतले घिस्रिएर डुड पार गर्‍यो । धन्य यतिबेला पनि भाग्यले साथ दिएकाले केही भएन । 

डुँडको यात्रा सकेर अगाडि बढ्यो । निकै पर पुगेपछि कुलो त सकियो तर त्यताबाट निस्कने बाटो भने थिएन । कडा पहरो फोडेर कुलो काटिएको रहेछ, जहाँबाट पास हुनु कल्पना बाहिरको कुरा थियो । निकै पर आँखुबेशीको किनार देखिएको त थियो तर त्यहाँसम्म पुग्न ठूला र अग्ला चट्टानबाट ओर्लेर जानुपर्ने हुन्थ्यो । अलिकति तलमाथि पर्नेबित्तिकै अवस्था के हुन्थ्यो विधाता नै जानून् । अब भने ठूलै धर्मसङ्कटमा पर्‍यो ऊ । न फर्कन सक्थ्यो न अघि बढ्न नै । तैपनि ‘मरता क्या नही करता’ भनेजस्तो जसरी पनि ओर्लनै पर्ने अवस्था थियो । त्यसलै जे त पर्ला भन्दै चट्टा नै टेक्ने र समाउने गर्र्दै ओर्लन लाग्यो । 

धन्य यहाँ पनि भाग्यले साथ दिएकाले केही भएन । अन्यथा इहलीला त्यहीँ समाप्त हुने निश्चित प्रायः थियो । दिउसै रात परेको भान हुने अनकन्टार ठाउँमा न देख्ने कोही थिए न खबर दिने नै । घरपरिवार वषौँसम्म बाटो हेरेर बस्थे होलान् र समय पुगेपछि किरियाकर्म गरिदिन्थे होलान् सायद । जे होस् ऊ सकुशल ओल्र्यो र आँखुबेसी हुँदै नेत्रावती तरेर घर लाग्यो । यसरी सानीमा भेट्न गएको गोपाल तीनवटा खड्गो पार गरी घर छाडेको बाह्रौँ दिनको साँझ घर पुग्यो ।  

त्यस दिनदेखि उसले काल नआई मरिन्न र भाग्यभन्दा बढी पाइन्न भन्ने बूढापाकाको कुरामा थप विश्वास गर्न थाल्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x