×

Dabur

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्तिको पुस्तक 'जीवन्त सम्बन्ध' बजारमा

काठमाडाैं | असोज ५, २०८०

NTC
Premier Steels
Marvel

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमारी देवी सिंहले पुस्तकको लोकार्पण गरेकी हुन् । 

yONNEX
Sagarmatha Cement

कार्यक्रममा प्रमुख अतिथिका रुपमा वरिष्ठ कलाकार द्वय  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थिति रहेको थियो । कलाकार मदनकृष्ण श्रेष्ठले लेखक मूर्तिको पुस्तक पढेर आफ्नो प्रेम कथा र उनको प्रेम कथा करिब करिब मिल्दोजुल्दो रहेको पाएको बताए । यस्तै हरिवंश आचार्यले किताबलाई पाठ्यक्रममै राख्नु पर्ने धारणा राखे ।     


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment

कार्यक्रममा आईओएमका पूर्वडिन प्राडा जगदीश प्रसाद अग्रवालले लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै किताबमा बुवा र छोराको प्रगाढ सम्बन्धको भावनात्मक पक्ष बढी समावेश गरिएको उल्लेख गरे । मूर्तिको किताब पढ्दा बुवा आमालाई माया र सम्मान गर्नको लागि प्रेरणा मिल्ने उनले धारणा व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

null

सो अवसरमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान् कोइराला, पूर्व राजदूत प्राडा. विश्वम्भर प्याकुरेललगायतले भिडियो सन्देश मार्फत डाक्टर मूर्तिलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा डा. रवीन्द्र समिरले एउटा चिकित्सक छोराले आफ्नो पिताको मृत्युको घोषणा आफैले गर्दाको भावुक क्षण किताबमा लिपिबद्ध भएको पाउँदा भित्रैबाट रुन मन लागेको बताए।

null

मूर्तिले पुस्तकमा  बुवा र छोराको सम्बन्धलाई विशेष जोड दिएका छन्। आफू पितृ शोकमा हुँदा कतिपयले बुवाको उमेर सोध्ने गरेको र आफूले ८८ वर्षको हुनुहुन्थ्यो भन्दा 'उमेर त भइसकेको रहेछ' भन्दा आफूलाई भित्रैबाट पिरोल्ने गरेको उनले बताए। 'किनभने बुवा र छोराको सम्बन्ध उमेरले मात्र नहुँदो रहेछ, चाहे उमेर धेरै नै किन नहोस् बुवा त बुबानै हो नि,' उनले भावुक हुँदै भने।   

null

पुस्तक संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, सङ्घर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा लेखिएको छ। 

पुस्तकमा मूर्तिले सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई पनि जिवन्तरुपमा प्रस्तुत गरेका छन् । पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई संस्मरणात्मक रूपमा समेटिएको छ। पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्ध वृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत खर्च गरिने जनाइएको छ।

null

पुस्तक दराज, ईसेवा, हाम्रो पात्रोलगायतको  अनलाइन प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमार्फत् अनलाइन बुकिङ गर्न सकिनेछ। पुस्तकको काठमाडौँ उपत्यकाभित्र निःशुल्क होम डेलिभरी हुनेछ ।  समीक्षा पब्लिकेसनमार्फत उपलब्ध हुने पुस्तक भाटभटेनी सुपर मार्केटको देशभरका आउटलेट र पुस्तक पसलहरूमा पनि उपलब्ध हुनेछ । 

null

null

भिडियो हेर्नुहोस्

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

भदौ ३१, २०८०

बाह्रखरी मिडिया प्रालिले 'पाँचौं बाह्रखरी कथा प्रतियोगिता'मा सहभागिताका लागि कथाकारहरूलाई आह्वान गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रालिले आगामी असोज मसान्...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x